बाकु (राजधानी)

बाकु (अङ्ग्रेजी: Baku /bəˈk/ bə-KOO, /ˈbɑːku/ BAH-koo; अजरबैजानी: Bakı, IPA: [bɑˈcɯ]) अजरवैजानको राजधानी तथा क्यासपियन समुद्रमा अवस्थित ठूलो शहर पनि हो । यो शहर समुद्री सतह भन्दा २८ मिटर माथि अवस्थित छ, जसले गर्दा यो शहर संसारको सबैभन्दा तल्लो सतहमा अवस्थित राजधानी रहेको छ । सन् २००९ को शुरूवातमा बाकुको शहरी जनसङ्ख्या जम्मा २० लाख रहेको अनुमान गरिएको थियो । आधिकारिक रूपमा देशको जनसङ्ख्याको २५ प्रतिशत जनसङ्ख्या यस शहरमा बसोबास गर्दछन् ।

बाकु
Bakı
बाकुको प्रतीक चिह्न
उपनाम: 
हावाको शहर
निर्देशाङ्क: ४०°२३′४३″उ॰ ४९°५२′५६″पू॰ / ४०.३९५२८°N ४९.८८२२२°E / 40.39528; 49.88222 ४९°५२′५६″पू॰ / ४०.३९५२८°N ४९.८८२२२°E / 40.39528; 49.88222
देश अजरबैजान
क्षेत्रफल
 • नगर२८५ किमी (११० वर्ग माइल)
उन्नतांश
−२८ मिटर (−९२ फिट)
जनसङ्ख्या
 (2012)[३]
 • नगर३,२०२,३००
 • घनत्व९९६.३८/किमी (२५८०.६/वर्ग माइल)
 • सहरी
२८१[२]
 • महानगर
४,३०८,७४०
वासिन्दाBakuvian[४]अजरबैजानी: Bakılı
समय क्षेत्रयुटिसी+4 (AZT)
Postal code
AZ1000
क्षेत्रीय सङ्केत(+994) 12
सवारी दर्ता10–90 AZ
वेबसाइटwww.baku-ih.gov.az

बाकु १२ प्रशासनिक जिल्लाहरू तथा ४८ शहरी क्षेत्रमा बाडिएको छ । लोन्ली प्लानेटको सूचीकरण अनुसार बाकु शहरी रात्री जीवनको लागि संसारको प्रमुख दश शहरहरू मध्ये पर्दछ । [५]

यो शहर अजरवैजानको बैज्ञानिक, सांस्कृतिक तथा औद्योगित केन्द्रको रूपमा रहेको छ । अजरवैजानका ठूला संस्थाहरूका केन्द्रीय कार्यालयहरू यस शहरमा रहेको छ । बाकु अन्तरराष्ट्रिय समुद्रीय व्यपारिक बन्दरगाहले प्रत्येक वर्ष बीस लाख टन कार्गो लाई धान्न सक्दछ । [६]

यो शहर यहाँको कडा हावाको लागि पनि प्रसिद्ध छ, त्यस कारण यस शहरलाई हावाको शहर भनेर पनि चिनिने गर्दछ ।

अर्थतन्त्र

बाकुको ठूलो उद्योग भनेको पेट्रोलियम पदार्थ हो र यसको पेट्रोलियम पदार्थको निर्यातले अजरवैजानको भुक्तानी सन्तुलन गर्न मद्दत गरी रहेको छ । पेट्रोलियम पदार्थ रहेको जानकारी ८ औँ शताब्दिमा भएको थियो । १० औँ शताब्दिमा अरेबियन यात्रु मुरूडे बाकुबाट सेतो तथा कालो तेल प्राकृतिक रूपमा निकालेको जानकारी दिएका थिए ।[७] १५ औँ शताब्दि भित्र बत्तीको लागि आवश्यक तेल हाले खोदेको कुँवाबाट लिने गरिन्थ्यो । व्यावसायिक रूपमा पेट्रोलियक पदार्थको उत्खन्न सन् १८७२ देखि शुरूवात भएको थियो र २० औँ शताब्दिको शुरूवातमा बाकुको तेल संसारको ठूलो तेल उत्खन्न क्षेत्र रहेको थियो । २० औँ शताब्दिको अन्त्य तिर मैदानमा रहेको पेट्रोलियम पदार्थ समाप्त भए पश्चात समुद्रि क्षेत्रमा उत्खन्न शुरूवात भएको थियो । सन् १९०० सम्म बाकुमा ३००० तेलको कुँवाहरू रहेको थियो, जस मध्येको २००० तेलको कुँवाले व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्पादन गर्ने गर्दथ्यो । दोश्रो विश्व युद्ध भन्दा अघि बाकु पेट्रोलियम पदार्थ उत्पादनको ठूलो केन्द्रको रूपमा रहेको थियो । दोश्रो विश्व युद्धको स्टालिनग्राडको युद्ध बाकुको तेल रहेको क्षेत्र कसले नियन्त्रण गर्दछ भन्ने बारेमा भएको थिइव । युद्धको पचास वर्ष अघि बाकु संसारको तेल आपूर्तिको आधामा तेल उत्पादन गर्ने गर्दथ्यो ।[८]


सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड