मरिन ले पेन

मारियन एनी पेरीन " मरिन " ले पेन ( फ्रान्सेली: [maʁin lə pɛn] ; जन्म ५ अगस्ट १९६८), (कहिलेकाहीँ उनको नामको पहिलो अक्षर MLP द्वारा उल्लेख गरिन्छ) एक फ्रान्सेली वकिल तथा राजनीतिज्ञ हुन् । उनी हाल २०२२को फ्रान्सेली राष्ट्रपति चुनावको दोस्रो चरणमा दुई उम्मेद्वार मध्ये एक हुन्। उनले २०११ देखी २०२१ सम्म नेसनल र्याली पार्टी (जसलाइ पहिले नेसनल फ्रन्ट भनिन्थ्यो )को अध्यक्षको रूपमा सेवा गरे। उनी २०१७ देखि पास-डे-कैलासको ११ औं निर्वाचन क्षेत्रको राष्ट्रिय सभा सदस्य बनेकी छिन्। उनलाई राजनीतिक स्पेक्ट्रममा उग्र दक्षिण पन्थी स्थानमा राखिएको छ। । [१] [२] [३] [४]

Marine Le Pen 2022 (cropped).jpg
मरिन ले पेन (२०२२ मा)

ले पेनले आफ्नो छविलाई नरम बनाउन अभियानको नेतृत्व गरेको छिन्, [५] जसमा नस्लवाद, सेमिटिज्म वा पेटेनवादको आरोप लागेका सदस्यहरूको निष्कासन सिमित गर्ने समावेश छन् । उनले आफ्ना बुबाले नयाँ विवादास्पद बयान दिएपछि अगस्ट २०१५ मा आफ्ना बुबालाई पार्टीबाट निष्कासन गरिन्। [६] [७] समलिङ्गी विवाहको विरोध, बिना शर्त गर्भपतनको विरोध र मृत्युदण्डको समर्थन जस्ता नीतिलाई खारेज गरेर पार्टीको छबी सुर्धार्दै गर्दा, ले पेनले अझै पनि कडा आप्रवासी विरोधी, राष्ट्रवादीसंरक्षणवादी उपायहरू जस्ता आफ्नो पार्टीका धेरै ऐतिहासिक नीतिहरूलाई विशेष ध्यान दिएर वकालत गर्छिन्। [८] [९] [१०]

उनी आर्थिक राष्ट्रवादको पक्षमा छिन्, सरकारको हस्तक्षेपकारी भूमिकाको पक्षमा छिन् र विश्वव्यापीकरण र बहुसांस्कृतिकताको विरोधी छिन्।

ले पेनले अध्यागमनलाई सीमित गर्न, धार्मिक वधमा प्रतिबन्ध लगाउने र खतनाको वैधानिकतालाई प्रतिबन्ध लगाउन समर्थन गर्दछ। [११] अमेरिकी र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) नीतिको आलोचक मानिने पेनले फ्रान्सलाई उनीहरूको प्रभाव क्षेत्रबाट हटाउने वाचा गरेकी छिन्। [१२] ले पेनले विगतमा भ्लादिमिर पुटिन र रुसको सहयोगी टिप्पणीहरू गरेका छन्, सन् २०२२ युक्रेनमा रूसी आक्रमणको अघि नजिकको सहयोगको वकालत गर्दै; उनले युक्रेन युद्धको कडा निन्दा गरे, तर यदि यो समाप्त भयो भने रसिया " फेरि फ्रान्सको सहयोगी बन्न" सक्ने कुरा बताइन् । [१३]

ले पेनलाई टाइम्स म्यागजिनले सन् २०११ र २०१५ मा विश्वका १०० प्रभावशाली व्यक्तिहरूमध्ये एकको रूपमा चित्रण गरेको थियो। [१४] २०१६ मा, उनलाई पोलिटिकोले युरोपेली संसदको अध्यक्ष मार्टिन शुल्ज पछि, युरोपेली संसदमा दोस्रो-सबैभन्दा प्रभावशाली युरोपेली संसद सदस्यको श्रेणीमा राखेको थियो ।   [१५]

राजनैतिक स्थान

आर्थिक नीति

उर्जाको क्षेत्रमा, ले पेनले परमाणुजलविद्युत उर्जालाई समर्थन गर्दै फ्रान्स उर्जामा आत्मनिर्भर हुनुपर्ने कुरामा जोड दिन्छन् । ले पेन वायु उर्जाको सख्त विरोधी हुन्; उनले सन् २०२२बाट नया वायु उर्जाको विकासमा प्रतिबन्ध लगाउने प्रस्ताव र अन्तत सम्पूर्ण वायु टर्बाइन हटाउने प्रस्ताव गरेकी छिन् ।[१६] ले पेन स्वतन्त्र व्यापारको विरोधी र संरक्षणवादको पक्षधर हुन् । [१७] उनी आर्थिक राष्ट्रवाद[१८], लगानी र रिटेल बैंकिंग को पृथकीकरण[१९] र उर्जा विविधता[२०] को हिमायती र सार्वजनिक सेवा र सामाजिक सुरक्षा को निजीकरण[२१], अन्तर्राष्ट्रिय कमोदिती बजारमा हुने सट्टाबाजी[२१], र साझा कृषी नीति[२२]को को विरोधी हुन्।

ले पेन भूमण्डलीकरण (विश्वव्यापीकरण)को विपक्षमा छिन्, उनी विभिन्न नकारात्मक आर्थिक प्रवृत्तिका लागि भूमण्डलीकरणलाई दोष दिन्छिन्, र युरोपियन युनियन अतिराष्ट्रवाद र संघीयताको विरोध गर्छिन्, बरु एक खुकुलो कन्फेडेरेट 'युरोप अफ द नेसन्स' को पक्षमा छिन्।[२३] उनी फ्रान्सले युरोजोन छोड्नु पर्नेमा[२४] र र फ्रान्समा युरोपेली सङ्घ त्याग्नको लागि जनमत संग्रहको लागि आह्वान गरेकी थिइन्।[२५] यद्यपि, २०१९ मा, उनले फ्रान्सलाई युरोपेली संघ वा युरो मुद्रा छोड्नको लागि वकालत गर्न छोडिन्[२६]। उनी लिस्बन सन्धीको विपक्षी[२७] हुन् र टर्कीयुक्रेनको योरोपेली संघको सदस्यताको विरोध गर्छिन्।[२८] [२९] ले पेनले फ्रान्सलाई उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकी प्रभाव क्षेत्रबाट बाहिर निकाल्ने वाचा गरेका छन्।[३०] उनले विश्व व्यापार संगठनको प्रतिस्थापन[३१][३२]अन्तर्राष्ट्रिय मुद्रा कोषको उन्मूलन प्रस्ताव गरेकी छिन्।[३३]

विदेश नीति

ले पेनले टर्कीका राष्ट्रपति एर्दोगानको आलोचना गरेका छन्।[३४] उनले कतारसाउदी अरेबिया जस्ता देशहरूसँग फ्रान्सले राखेको विशेष सम्बन्धको पनि आलोचना गरिन्, जसलाई उनले "कतारसाउदी अरेबियाले इस्लामवादी कट्टरपन्थीहरूलाई आर्थिक सहयोग गर्न र सशस्त्र बनाउन मद्दत गरिरहेको[३५]" कुरा बताएकी थिइन्, जबकि उनले संयुक्त अरब इमिरेट्सइजिप्टसँग घनिष्ठ सम्बन्धलाई जोड दिएकी छिन् ।[३६] उनले रुससँग विशेषाधिकार प्राप्त साझेदारीको स्थापनालाई समर्थन गरिन्,[३७] र युक्रेनलाई संयुक्त राज्यले "वशमा" लिएको विश्वास गर्छिन्।[३८]

उनी यस क्षेत्रमा नाटोको पूर्वी युरोपमा रुस विरोधी भावना र आर्थिक प्रतिबन्धको धम्की[३९] दिने नीतिको कडा आलोचना थिइन्।[३८] युक्रेनमा सन् २०२२ रूसी आक्रमणको प्रतिक्रियामा, ले पेनले उनको अघिल्लो रुस समर्थक अडानको बाबजुद रूसको यस कार्यको आलोचना गरिन् ।[४०] उनले युद्धबाट भागेका युक्रेनी शरणार्थीहरूलाई स्वागत गर्ने वकालत गरे।[४१] उनले निर्वाचित भएमा फ्रान्सलाई नेटोको एकीकृत सैन्य कमाण्डबाट हटाउने बताएकी छिन् ।[४२]

अन्य मुद्दा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड