मिन्स्क

मिन्स्क (बेलारुसी: Мінск [mʲinsk], रूसी: Минск) पूर्वी युरोपको बेलारुस देशको राजधानी र सबैभन्दा ठुलो सहर हो। यो सहर स्विस्लाच र नियामिहा नदीको छेउमा अवस्थित छ। राजधानी हुनुका साथै मिन्स्क सहर मिन्स्क क्षेत्र र मिन्स्क जिल्लाको विशेष प्रशासनिक केन्द्रको रूपमा रहेको छ। सन् २०१८ जनवरीको जनगणना अनुसार मिन्स्कको जनसङ्ख्या १९,८२,४४४ रहेको छ।[३] जनसङ्ख्याको आधारमा यो सहर युरोपको ११औँ ठुलो सहर हो। यो सहर स्वतन्त्र राष्ट्रमण्डल राज्यहरूको प्रशासनिक राजधानी र कार्यकारी सचिवको क्षेत्र हो।

मिन्स्क
Мінск · Минск
माथिबाट घडीको दिशामा: मिन्स्क व्यापार जिल्ला (पोबेडिटले एभिन्यू), चर्च अफ सेन्ट्स। पिटर र पल, रेलवे स्टेशन स्क्वायर, रेड चर्च, राष्ट्रिय ओपेरा र ब्याले थिएटर, र मिन्स्क सिटी हल
{{{official_name}}}को झण्डा
{{{official_name}}}को प्रतीक चिह्न
निर्देशाङ्क: ५३°५४′उ॰ २७°३४′पू॰ / ५३.९००°N २७.५६७°E / 53.900; 27.567 २७°३४′पू॰ / ५३.९००°N २७.५६७°E / 53.900; 27.567
देशबेलारुस
पहिलो उल्लेख१०६७
क्षेत्रफल
 • जम्मा४०९.५३ किमी (१५८.१२ वर्ग माइल)
उन्नतांश
२८०.६ मिटर (९२०.६ फिट)
जनसङ्ख्या
 (१ जनवरी २०२३)[१]
 • जम्मा१९९५४७१
 • घनत्व४८७३/किमी (१२६२०/वर्ग माइल)
सकल क्षेत्रीय उत्पादन
 • कुलबेलारुसी रुबल ५८.९ बिलियन
(२० बिलियन यूरो)
समय क्षेत्रयुटिसी+३ (पूर्वी यूरोपीय ग्रीष्मकालीन समय)
हुलाक कोड
२२०००१-२२०१४१
क्षेत्रीय सङ्केत+३७५ १७
वेबसाइटminsk.gov.by

इतिहास

मिन्स्कको उल्लेख सबैभन्दा पहिले सन् १०६७ मा ऐतिहासिक पुस्तकहरूमा गरिएको पाइन्छ। सो समयमा यो सहर पोलोत्स्क नामक राज्यको एक प्रान्तीय सहर थियो।[४] सन् १२४२ मा यो महान लिथुयानियाली ड्युक राज्यको भाग बनेको थियो। सन् १५६९ पछि यो पोलिसियाली-लिथुयानियाली राष्ट्रमण्डल अन्तर्गत रहेको मिन्स्क राज्यको राजधानी बनेको थियो र सन् १७९३ मा यसमाथि रुसी साम्राज्यको कब्जा स्थापित भएको थियो।[५] सन् १९१९ देखि सन् १९९१ सम्म सोभियत सङ्घको समयमा यो बेलारुसी सोभियत समाजवादी गणतन्त्रको राजधानी रहेको थियो भने सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि बेलारुस एउटा स्वतन्त्र सार्वभौमिक राष्ट्र बन्यो र मिन्स्कलाई बेलारुसको राजधानी बनाइएको हो।

मौसम

गर्मीयाममा मिन्स्कको औसत तापक्रम १७.८° सेन्टिग्रेड हुन्छ भने जाडोयाममा यहाँ निकै जाडो हुने गरेको छ। जाडो मौसममा यहाँ हुस्सु र हिमपात हुनु सामान्य जस्तो हुने गरेको छ। जनवरी महिनाको औसत तापक्रम −६.१° सेन्टिग्रेडसम्म पुग्ने गरेको छ। ऐतिहासिक तथ्याङ्क अनुसार सन् १९४० जनवरी १७ को दिन यस सहरको तापक्रम −४०° सेन्टिग्रेडमा पुगेको थियो। वार्षिक वर्षाको ३०% वर्षा जाडोमा र बाँकी ६०% वर्षा गर्मीयाममा हुने गरेको छ।

मिन्स्क (सन् १९८१– सन् २०१०)को मौसम जानकारी
महिनाजनवरीफेब्रुअरीमार्चअप्रिलमेजुनजुलाईअगस्टसेप्टेम्बरअक्टोबरनोभेम्बरडिसेम्बरवर्ष
उच्चतम रेकर्ड °से (°फे)१०.३
(५०.५)
१३.६
(५६.५)
१८.९
(६६.०)
२८.८
(८३.८)
३०.९
(८७.६)
३४.०
(९३.२)
३५.०
(९५.०)
३५.८
(९६.४)
३१.०
(८७.८)
२४.७
(७६.५)
१६.०
(६०.८)
११.१
(५२.०)
३५.८
(९६.४)
उच्चतम औसत °से (°फे)−२.१
(२८.२)
−१.४
(२९.५)
३.८
(३८.८)
१२.२
(५४.०)
१८.७
(६५.७)
२१.५
(७०.७)
२३.६
(७४.५)
२२.८
(७३.०)
१६.७
(६२.१)
१०.२
(५०.४)
२.९
(३७.२)
−१.२
(२९.८)
१०.६
(५१.१)
दैनिक औसत °से (°फे)−४.५
(२३.९)
−४.४
(२४.१)
०.०
(३२.०)
७.२
(४५.०)
१३.३
(५५.९)
१६.४
(६१.५)
१८.५
(६५.३)
१७.५
(६३.५)
१२.१
(५३.८)
६.६
(४३.९)
०.६
(३३.१)
−३.४
(२५.९)
६.७
(४४.१)
न्यूनतम औसत °से (°फे)−६.७
(१९.९)
−७
(१९)
−३.२
(२६.२)
२.६
(३६.७)
८.१
(४६.६)
११.७
(५३.१)
१३.८
(५६.८)
१२.८
(५५.०)
८.२
(४६.८)
३.७
(३८.७)
−१.३
(२९.७)
−५.५
(२२.१)
३.१
(३७.६)
न्यूनतम रेकर्ड °से (°फे)−३९.१
(−३८.४)
−३५.१
(−३१.२)
−३०.५
(−२२.९)
−१८.४
(−१.१)
−५
(२३)
०.०
(३२.०)
४.३
(३९.७)
१.७
(३५.१)
−४.७
(२३.५)
−१२.९
(८.८)
−२०.४
(−४.७)
−३०.६
(−२३.१)
−३९.१
(−३८.४)
औसत वर्षा मिमी (इन्च)४५
(१.८)
३९
(१.५)
४४
(१.७)
४२
(१.७)
६५
(२.६)
८९
(३.५)
८९
(३.५)
६८
(२.७)
६०
(२.४)
५२
(२.०)
४८
(१.९)
४९
(१.९)
६९०
(२७.२)
वर्षा दिनको औसत१११११३१८१९१८१५१८१८१७१३१८०
हिमपात दिनको औसत२४२११५०.३०.०४१३२२१०२
औसत सापेक्ष आर्द्रता (%)८६८३७७६७६६७०७१७२७९८२८८८८७७
मासिक सौर्यप्रकाश घण्टा औसत४४६६१३४१८१२५७२७३२६९२४२१६५९७३६२७१,७९०
घामको सम्भावित प्रतिशत१८२४३७४३५२५४५३५३४३३०१४१२४०
स्रोत १: मौसम र वातावरण वेबसाइट[६]
स्रोत २: मौसम पूर्वानुमान विभाग, बेलारुस[७]


सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड