मिया खलिफा

अश्लिल चलचित्र अभिनेत्री

मिया खालिफा (/mə kəˈlfə/; अरबी: ميا خليفة, लेबनानी अरबी उच्चारण: [ˈmiːa xaˈliːfe]; जन्म फेब्रुअरी १०, १९९३), मिया क्यालिस्टाको रूपमा पनि चिनिने,[१] एक लेबनानी-अमेरिकी मिडिया व्यक्तित्व, खेल टिप्पणीकर्ता, वेबक्याम मोडेल, र पूर्व अश्लील अभिनेत्री हुन्। अश्लील चलचित्र अभिनेत्रीको रूपमा उनी सन् २०१४ देखि २०१५ सम्म सक्रिय थिइन्।[२]

मिया खालिफा
ميا خليفة
जन्म (1993-02-10) १० फेब्रुअरी १९९३ (उमेर ३१)
बेरुत, लेबनान
अन्य नाममिया कलिस्टा
पेशामिडिया व्यक्तित्व, खेल टिप्पणीकर्ता, वेबक्याम मोडल, अश्लील अभिनेत्री
कार्यकालसन् २०१४–वर्तमान
उचाइ५ फिट २ इन्च (१.५७ मी)[१]
जीवनसाथीअज्ञात
(वि. २०११; सवि. २०१६)
रोबर्ट स्यान्डबर्ग
(
वि २०२०)

लेबनानको राजधानी बेरुतमा जन्मिएकी, खलिफा सन् २००१ मा संयुक्त राज्यमा बसाइसराइ गरेकी थिइन्।[३] उनले अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, र डिसेम्बर २०१४ मा पोर्नहब नामक क्यानडेली अश्लील वेबसाइटले उनलाई शीर्ष स्थानकी प्रस्तुताको रूपमा स्थान दिएको थियो। उनको कर्यकाल बिबादास्पद रहेको थियो, विशेष गरी एक श्रव्य दृश्यको लागि उनले इस्लामी हिजाबमा लगाएर यौन कार्यहरू गरेकी थिइन्।[३] तीन महिनापछि, खलिफाले अन्य रूचिहरूको अनुसरण गर्नका लागि अश्‍लील उद्योग छाडेकी थिइन्।

प्रारम्भिक जीवन

मिया खलिफा, १० फेब्रुअरी १९९३ मा बेरूत, लेबनानमा जन्मिएकी थिइन्।[१] उनी र उनका परिवारले दक्षिण लेबनानको द्वन्द्वका कारण आफ्नो घर छोडि[४][५] सन् २००१ मा संयुक्त राज्य अमेरिकामा बसाइसराई गरेका थिए।[४] उनको परिवार क्याथोलिक हुन् र उनी पनि सोही धर्ममा हुर्किएकी थिइन् जसलाई उनले "धेरै रूढीवादी" भनेर वर्णन गर्दै त्यसको पालना गरेकी थिइनन्।[४] खलिफाले बेरूतको फ्रान्सेली निजी विद्यालय अध्यापन गरेकी थिइन् जहाँ उनले अङ्ग्रेजी बोल्न सिकेकी थिइन्। संयुक्त राज्य अमेरिका बसाइसराई पछि, उनी मोण्टगोमेरी काउण्टि, मेरील्याण्डमा बसोबास गर्थिन् जहाँ उनले उच्च विद्यालयमा लेक्रोस नामक खेल खेल्थिन्।[६] खलिफाले "त्यहाँको सबैभन्दा काला र अनौठो केटि साथी" भएका कारण उच्च विद्यालयमा बदमाशीको कुरा गरेकी थिइन् जून सेप्टेम्बर ११ को आक्रमण पछि झन् तिव्र भएको थियो।[४]

खलिफाले मसान्टेन मिलिटेरी एकेडेमीमा पढेकी थिइन् र त्यसपछि उच्च विद्यालय पढ्नका लागि टेक्सस गएकी थिइन्।[४] उनी टेक्सस विश्वविद्यालयबाट इतिहासमा स्नातक हासिल गरेकी थिइन्।[७]

अश्लील भिडियो

उच्च विद्यालयमा छँदा, खलिफा पेय सेवकको रूपमा काम गर्थिन् र उनले केही मोडलका कार्य पनि गर्दथिन्। उनी एक स्थानीय स्पेनी भाषाको डिल अर नो डिल जस्तै दूर्दशन खेल कार्यक्रममा "ब्रिफकेस गर्ल" थिइन्।[४] स्नातक पछि, उनी मियामीमा सरेकी थिइन् जहाँ उनलाई नग्न मोडल गर्न अनुरोध गरिएको थियोे जून उनले स्वीकार गरेकी थिइन्।[४]

खलिफाले अक्टोबर २०१४ मा अश्‍लील चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।[८]उनी मियामीमा हिंडिरहेको बेलामा उनलाई अश्लील चलचित्रमा देखा परेको वा नपरेको बारेमा केही कुरा सोधिएको थियो।[९] ब्याङब्रोजको एक दृश्यमा उनले त्रि यौन क्रियाकलापमा इस्लामी हिजाब लगाई यौन क्रियाकलाप गरेका कारण उनी सञ्चार माध्यममा व्यापक चर्चामा आएकी थिइन्।[३][४]यो दृश्यले खलिफालाई लोकप्रिय बनाएको थियो र साथसाथै लेखक र धार्मिक व्यक्तित्वहरूद्वारा उनलाई आलोचना गरिएको थियो र यही कारणले तत्कालिन समयमा शक्तिशाली रहेको मुसलमान उग्रवादी सङ्गठन आइएसले उनलाई ज्यान मार्ने धम्की पनि दिएको थियो। [१०]

दृश्यका निर्माताले खलिफाको जातीयताको शोषण गर्न कोशिस नगरेको र यसलाई अँगाल्न चाहेको बताएका थिए र कसैले पनि यसको नकारात्मकता अनुमान गर्न नसक्ने पनि उनले बताएका थिए।[४]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड