एलेक्सिस सिप्रास
एलेक्सिस सिप्रास ( प्राचीन युनानी: Αλέξης Τσίπρας , pronounced ; जन्म २८ जुलाई १९७४ ) २०१९ देखि विपक्षी दलका नेताको रूपमा काम गरिरहेका ग्रीक राजनीतिज्ञ हुन्। २००९ देखि वामपन्थी पार्टी सिरिजाको नेताका सिप्रासले, २०१५ देखि २०१९ सम्म ग्रीसको प्रधानमन्त्रीको रूपमा काम गरे। [१]
Alexis Tsipras Αλέξης Τσίπρας | |
---|---|
प्रतिपक्षी नेता (ग्रीस) | |
कार्यकाल ८ जुलाई २०१९ – 29 जुन 2023 | |
प्रधानमन्त्री | किरियाकोस मिट्सोटाकिस |
पूर्वाधिकारी | किरियाकोस मिट्सोटाकिस |
कार्यकाल २० जुन २०१२ – २६ जनवरी २०१५ | |
प्रधानमन्त्री | Antonis Samaras |
पूर्वाधिकारी | आन्तोनिस समरस |
उतराधिकारी | आन्तोनिस समरस |
ग्रीसका प्रधानमन्त्री | |
कार्यकाल २१ सेप्टेम्बर २०१५ – ८ जुलाई २०१९ | |
राष्ट्रपति | Prokopis Pavlopoulos |
सहायक | Yannis Dragasakis |
पूर्वाधिकारी | Vassiliki Thanou-Christophilou |
उतराधिकारी | काइरियाकोस मिचोटाकिस |
कार्यकाल २६ जनवरी २०१५ – २७ अगस्ट २०१५ | |
राष्ट्रपति | Karolos Papoulias Prokopis Pavlopoulos |
सहायक | Yannis Dragasakis |
पूर्वाधिकारी | Antonis Samaras |
उतराधिकारी | Vassiliki Thanou-Christophilou |
विदेश मन्त्रो | |
कार्यकाल २० अक्टोबर २०१८ – १५ फेब्रुअरी २०१९ | |
पूर्वाधिकारी | Nikos Kotzias |
उतराधिकारी | Georgios Katrougalos |
सिरिजा पार्टीका नेता | |
कार्यकाल ४ अक्टोबर २००९ – 24 सेप्टेम्बर 2023 | |
पूर्वाधिकारी | Alekos Alavanos |
उतराधिकारी | Stefanos Kasselakis |
व्यक्तिगत विवरण | |
जन्म | एथेन्स, ग्रीस | २८ जुलाई १९७४
राजनीतिक दल | कम्युनिष्ट पार्टी (१९९१ पहिले) Synaspismos (1991–2013) सिरिजा (२०१३-हाल) |
अन्य राजनीतिक संलग्नता | Party of the European Left |
घरेलु साझेदार | Peristera Baziana |
सन्तान(हरू) | 2 |
शिक्षा | National Technical University of Athens |
हस्ताक्षर | |
सिप्रास २००९ देखि कट्टरपन्थी बाम समुह (सिरिजा), वामपन्थी राजनैतिक पार्टीको नेता रहीआएका छन् । उनी २०१०को दशकको ग्रीक ऋण सङ्कट को क्रममा चौथो ग्रीक प्रधानमन्त्री हुन्। मूलतः
मितव्ययिता उपायको प्रष्ट आलोचक रहेका सिप्रास, तेश्रो ऋण जमानत (२०१५-२०१९)को सन्दर्भमा गहन मितव्ययिता नीतिले चिनिन्छ ।
सिप्रसको जन्म १९७४ मा एथेन्समा भएको थियो। उनी १९८० को दशकको अन्त्यतिर ग्रीक कम्युनिष्ट युथमा सामेल भए र १९९० को दशकमा शिक्षा सुधार योजनाको बिरुद्ध विद्यार्थी बिरोधमा राजनैतिक रूपमा सक्रिय थिए , उनी त्यस आन्दोलनको प्रवक्ता बने। उनले एथेन्सको नेशनल टेक्निकल युनिभर्सिटीमा सिभिल इन्जिनियरिङको अध्ययन गरे, २००० मा स्नातक गरे, पछि शहरी र क्षेत्रीय योजनामा स्नातकोत्तर अध्ययन गरे। उनले निर्माण उद्योगमा सिभिल इन्जिनियरको रूपमा काम गरे, जुन एथेन्समा रहेको थियो।
जनवरी २०१५ मा, २०१५ को ग्रीक संसदीय निर्वाचनमा सिरिजा पार्टीलाई विजयी नेतृत्व प्रदान गरे। ३०० सिट मध्ये १४९ सिट जितेको सिरिजा ले इन्डीपेन्डेन्ट ग्रीक्ससँग गठबन्धन बनाए । २० अगस्ट २०१५ मा, प्रधानमन्त्री कार्यकालको सात महिना पछि उनले आफ्नो बहुमत गुमाए , त्यसपछी उनले राजिनामा दिएर र अर्को महिना चुनावको घोषणा गरे। त्यसपछिको सेप्टेम्बर २०१५ मा चुनाव भयो। सिप्रसले सिरिजालाई अर्को विजयमा पुर्याए। उनले ३०० सीटहरू मध्ये १४५ सिट जित्दै इन्डीपेन्डेन्ट ग्रीक्ससँग फेरि गठबन्धनको गठन गरे। प्रधानमन्त्रीकालको दौडान उनले ग्रीक सरकारको कर्जा सङ्कटसम्बन्धी वार्ताहरूको निरीक्षण गरे, र ग्रीक बेलाउट जनमत सङ्ग्रहको आरम्भ गरे र युरोपियन आप्रवासी सङ्कट प्रति प्रतिक्रिया दिए। २०१५ मा, उनलाई टाइम (पत्रिका) पत्रिकाले विश्वव्यापी १०० प्रभावशाली व्यक्ति मध्ये एकको रूपमा राखेको थियो। [२]
ग्रीसका प्रधानमन्त्रीका रूपमा विपक्षी दलहरूले सिप्रासलाई चुनावको पूर्वआश्वासन विपरित कडा मितव्ययी कदम चालेकोमा आरोप लगाएका थिए र पहिले नै विद्यमान समस्याहरूलाई झनै खराब बनाएको आरोप लगाए। ग्रीसको अर्थव्यवस्था, देशले सङ्कट भएदेखि यता २५ % जीडीपी गुमाएको थियो। [३]
प्रारम्भिक जीवन र क्यारियर
राजनीतिक क्यारियर, १९९९-२०१५
प्रधानमन्त्री
२५ जनवरी २०१५ मा सम्पन्न आम निर्वाचनमा सिप्रासाले सिरिजाको विजयको लागि नेतृत्व गरे , जसमा संसदमा पूर्ण बहुमतको लागि केवल दुई सिट कम थियो। भोलिपल्ट बिहान, सिप्रसले गठबन्धनको गठन गर्न दक्षिणपन्थी लोकतान्त्रिक इन्डीपेन्डेन्ट ग्रीक पार्टीसँग सम्झौता गरे।
२० फेब्रुअरीमा, युरोग्रूप ग्रीक बेलआउट चार महिना लागि थप गर्न ग्रीससंग सम्झौता गर्न आयो। [४] सिप्रासले पनि ८ अप्रिलमा रसियाको सहयोगको लागि मस्को भ्रमणको घोषणा गरेका थिए। [५] महिना
बेलआउट जनमत
२७ जुन २०१५ मा, सिप्रासले ग्रीसलाई जुनन्कर आयोग, अन्तर्राष्ट्रिय मुद्रा कोष र यूरोपीय केन्द्रीय बैङ्कले संयुक्त रूपमा प्रस्ताव गरेको बेलआउट सर्तहरू ग्रीसले स्वीकार्नु पर्छ कि हुँदैन भन्ने निर्णय गर्न जनमत सङ्ग्रह घोषणा गरे।
सिप्रासले "हुँदैन" भन्ने पक्षलाई मत दिन आह्वान गरे। ३ जुलाई मा, राजधानीको सिन्टाग्मा स्क्वायरमा संसदको अगाडि भेला भएका कम्तिमा २ लाख ५० हजार मानिसहरूलाई सम्बोधन गर्दै उनले ""हुँदैन" भन्ने पक्षले जिते ग्रीस युरोजोन छोड्न बाध्य हुने" केहि नेताले दिएको चेतावनीलाई अस्वीकार गरे। उनले घोषणा गरे "आइतवार, हामी केवल युरोपमा रहने निर्णय गरिरहेका छैनौं - हामी युरोपमा मर्यादाका साथ बाँच्ने निर्णय गर्दैछौं"। [६] जनमत संग्रहको नतीजा ६१.३ प्रतिशत मतदान "हुँदैन" को पक्षमा थियो। [७]
फिदेल कास्त्रोले सिप्रासलाई एउटा पत्र पठाई उनलाई "हुँदैन " भन्ने पक्षको जीतको लागि बधाई दिए। त्यो पत्रमा उनले भने कि ग्रीसको साहसलाई ल्याटिन अमेरिका र क्यारिबियनका मानिसहरूद्वारा प्रशंसा गरिएको छ। [८]
बेलआउट सम्झौता
धेरै दिनको वार्तालाप पछि, १३ जुलाई २०१५ मा सिप्रास ऋणदाताहरूसंग सम्झौतामा आए। [९] ग्रीसले २०१५ देखि २०१८ सम्म ८२ देखि ८६ अरब युरो पाउने थियो। यसको लागि ग्रीसले भ्याट बढाउनुपर्नेछ, पेन्सन प्रणालीमा सुधार गर्नुपर्नेछ, इलस्ट्याटको स्वतन्त्रताको सुनिश्चितता दिनुपर्नेछ, प्राथमिक बचत प्राप्त गर्न सार्वजनिक खर्चमा कटौती हुनुपर्नेछ, न्यायिक सुधार गर्नुपर्नेछ र निर्णयहरू छिटो बनाउन सकिन्छ, ओईसीडीले प्रस्ताव गरेको सुधारको पालना गर्नुपर्नेछ) "मानवीय सङ्कट" सम्बन्धी एक बाहेक सिप्रासले पास गरेका कानूनहरू रद्द गर्नुपर्नेछ , बैङ्कहरूलाई पुनः पूंजीकरण गर्नुपर्नेछ, ५० अर्ब राष्ट्रिय सम्पत्तिको निजीकरण गर्ने, र सार्वजनिक क्षेत्रको लागत घटाउनु पर्नेछ। यसको बदलामा ग्रीसलाई जंकर प्याकेज,३५ अर्ब युरो, जुन ग्रीसको अर्थतन्त्र विकास गर्न मद्दतको लागि हो। [१०] ग्रीसको सिरिजाको नेतृत्वमा रहेको सरकारले ठूलो पेन्सन कटौती र कर बृद्धि रहेको बेलआउट प्याकेज स्वीकार्यो जसलाई े जनमत संग्रहमा ग्रीस मतदाताहरूले अस्वीकार गरेको थियो। [११]
राजीनामा
२० अगस्ट २०१५ मा, साइप्रसले आफ्नै पार्टी सिरिजाबाट सांसदहरूको विद्रोहको कारण ग्रीसको प्रधानमन्त्रीको पदबाट राजीनामा गरे र तुरुन्तै चुनावको लागि आह्वान गरे। [१२] उनले एउटा टेलिभिजन राज्य ठेगानामा यो घोषणा गरे। विपक्षी दलहरूले सरकार गठन गर्न असफल भएपछि भसिलिकी थानौ-क्रिस्टोफिलुलाई चुनाव नभएसम्म अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त गरियो।
दोस्रो अवधि (सेप्टेम्बर २०१५ – जुलाई २०१९)
पुन: चुनाव
दोस्रो सरकार
सिरिजाले २६ मे २०१९ मा भएको युरोपेली निर्वाचनमा कडा पराजय भोग्नु पर्यो र विपक्षीदल न्यु डेमोक्रेसीसँग पराजित भयो । पराजय पश्चात तुरुन्त निर्वाचन आह्वान गरियो । [१३]
२०१९ को संसदीय निर्वाचनमा सिरिजाले पराजय बेहोर्यो । सिरिजाले ८६ सिट मात्र हात पार्यो । सिप्रासले हार स्वीकार गरे र भोलिपल्ट राजीनामा दिए। [१४]