म्यानचेस्टर सिटी फुटबल क्लब म्यानचेस्टरमा स्थापना गरिएको अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । म्यानचेस्टर सिटी फुटबल क्लबलाई पहिला सेंट मार्क (वेस्ट गोर्टोन) को रूपमा सन् १८८० मा स्थापना गरिएको थियो पछि सन् १८८७ मा आर्डविक एसोसिएशन फुटबल क्लबको रूपमा रुपान्तरण गरियो र पछि यसलाई सन् १८९४ मा म्यानचेस्टर सिटी क्लबको रूपमा पूर्णरुप दिईयो । क्लबले सन् २००३ पछि आफ्नो सबै घरेलु म्याच सिटी अफ म्यानचेस्टर स्टेडियममा खेल्दै आएको छ । क्लबको इतिहास हेर्दा सबैभन्दा सफल अवधि सन् १९६० को दशक र सन् १९७० को दशक रूपमा लिन सकिन्छ , त्यति बेला क्लबले लिग च्याम्पियनशिप र लिग कप जितेको थियो ।सन् १९८१ पछि क्लबको प्रदर्शनमा क्रमशः उतार चढाव हुदैं गयो र सन् १९९८ तिर उसको प्रदर्शन तेश्रो स्तरमा झर्यो । सन् २००८ मा क्लबलाई आबु धाबी युनाइटेड ग्रूपले खरिद गर्यो र यो त्यसपछि संसारकै सबैभन्दा महँगो क्लबको सुचीमा सामेल हुन पुग्यो । यसकै फलस्वरूप: क्लबले ४४ वर्षपछि सन् २०१२ मा प्रिमियर लिगको उपाधि जित्न सफल भयो ।
म्यानचेस्टर सिटी |
पुरा नाम | म्यानचेस्टर सिटी फुटबल क्लब |
---|
उपनाम(हरू) | 'सिटी,द सिटीजन्स र द स्काई ब्लुज' |
---|
स्थापना | सन १८९४ अप्रिल १६ |
---|
मैदान | सिटी अफ म्यानचेस्टर स्टेडियम |
---|
मैदान क्षमता | ५५,०९७[१] |
---|
मालिक | द सिटी फुटबल ग्रुप |
---|
अध्यक्ष | खाल्दुन अल मुबारक |
---|
म्यानेजर | पेप ग्वार्दिओला |
---|
लिग | प्रिमियर लिग |
---|
|
|
|
आफ्नो स्थापना यता, यस क्लबले ९ लिग उपाधी, ७ एफ ए कप्, ८ लिग कप, ६ एफ ए कम्युनिटी सिल्ड, एक युएफा च्याम्पियन्स लिग, १ युरोइयन कप विनर कप, १ युएफा सुपर कप र १ फिफा क्लब विश्वकप्(२०२३) जितेको छ।
इतिहास
वर्ष खेलाडी
रेकर्ड
रङ्गशाला
महत्वपूर्ण व्यवस्थापकहरू
सन्दर्भ सूची