प्रिमियर लिग

इङ्गल्याण्डको फुटबल लिग

प्रिमियर लिग अङ्ग्रेजी फुटबल सङ्घ आवद्ध फुटबल क्लबहरूको व्यावसायिक लिग हो । यो लिग अङ्ग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ ।यस लिगको सञ्चालन द फुटबल लिगसँगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रूपमा कार्य गर्दछ । यस लिगको आयोजना अगस्ट देखि मे महिनासम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्ने गर्छन्, एक वर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरू शनिबार र आइतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ ।

प्रिमियर लिग
देशइङ्ल्यान्ड
सङ्घयुइएफए
स्थापना२० फेब्रुअरी १९९२; ३२ वर्ष पहिले (१९९२-०२-20)
टोलीको सङ्ख्या२०
लेभल पिरामिड
पदघटमाफुटबल लिग च्याम्पियनसिप
घरेलु कपएफए कप
एफए सामुदायिक शिल्ड
लिग कपलिग कप
अन्तर्राष्ट्रिय कपयुइएफए च्याम्पियन्स लिग
युइएफए युरोपा लिग
वर्तमान विजेताम्यानचेस्टर सिटी (चौथो उपाधि)
(२०१८-१९)
सबैभन्दा धेरै पटक विजेताम्यानचेस्टर युनाइटेड (१३ उपाधि)
टिभी साझेदारस्काई स्पोर्ट्स र बिटी स्पोर्ट (प्रत्यक्ष प्रसारण)
स्काई स्पोर्ट्स र बिबिसी (हाइलाइट)
वेबसाइटआधिकारिक वेबसाइट
२०१८-१९

वास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिगबाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबल लिग फर्स्ट डिभिजनका क्लबहरूको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए प्रिमियर लिगको स्थापना भएको हो ।[१]त्यस पश्चात प्रिमियर लिग विश्वको सबैभन्दा धेरै हेरिने लिगको रूपमा उदय भएको हो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरूले यस लिगलाई हेर्दै आएका छन् ।[२] सन् २०१०-२०११ प्रिमियर लिग सिजनमा औषत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि जर्मनीको बुन्डेसलिगा पछिको सबैभन्दा बढी हो ।[३]

प्रतियोगिता

यस प्रतियोगितामा २० टिमको सहाभागिता रहने गरेको छ ।

क्लब

सन् १९९२ देखि चल्दै आएको प्रिमियर लिगमा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । प्रिमियर लिगको सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । आर्सनल, एस्टन भिल्ला, चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेड तथा टोटन्ह्याम हटस्पर एफ.सीले प्रत्येक वर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।[४]

तल रहेका २० वटा क्लबले सन् २०१३-१४मा सहभागिता जनाएका छन् ।

क्लबस्थान
२०१२-१३मा स्थिति
प्रथम संस्करणमा
शिर्ष स्थान
उपस्थित संस्करणको संख्या
शिर्ष स्थान
प्रिमियर लिगमा उपस्थिति संख्या
प्रथम संस्करण
मा हाल
शिर्ष डिभिजन
शिर्ष डिभिजन
उपाधि
अन्तिम शिर्ष डिभिजन उपाधि
आर्सनलa, b004चौथौ१९०३-१९०४९७२२१९१९-२०१३२००३-०४
एस्टन भिल्लाa, b, c015१५ औ१८८८-१८८९१०३२२१९८८-८९१९८०-८१
कार्डिफ सिटीb, d018प्रथम च्याम्पियनशिप१९२१-१९२२१६२०१३-१४n/a
चेल्सीa, b003तेश्रो१९०७-१९०८७९२२१९८९-९०२००९-१०
क्रिस्टल प्यालेसa020पाँचौ च्याम्पियनशिप१९६९-१९७०१४२०१३-१४n/a
एभर्टनa, b, c006छैठौ१८८८-१८८९१११२२१९५४-५५१९८६-८७
फुलह्यामb012१२ औ१९४९-१९५०२५१३२००१-०२n/a
हल सिटी019दोश्रो च्याम्पियनशिप२००८-२००९२०१३-१४n/a
लिभरपुलa, b007सातौ१८९४-१८९५९९२२१९६२-६३१८१९८९-९०
म्यानचेस्टर सिटीa002दोश्रो१८९९-१९००८५१७२००२-०३२०११-१२
म्यानचेस्टर युनाइटेडa, b001 प्रथम१८९२-१८९३८९२२१९७५-७६२०२०१२-१३
न्युक्यासल युनाइटेड016१६ औ१८९८-१८९९८३२०२०१०-१११९२६-२७
नर्विच सिटीa011 ११ औ१९७२-१९७३२४२०११-१२n/a
साउथ ह्याम्प्टनa014 १४ औ१९६६-१९६७३७१५२०१२-१३n/a
स्टोक सिटीb, c013 १३ औ१८८८-१८८९५८२००८-०९n/a
सन्डरल्याण्ड017 १७ औ१८९०-१८९१८३१३२००७-०८१९३५-३६
स्वान्सी सिटीb, d009 नौ१९८१-१९८२२०११-१२n/a
टोटनह्याम हट्सपरa, b005 पाँचौ१९०९-१९१०७९२२१९७८-७९१९६०-६१
वेस्ट ब्रोमविचc008 आठौँ१८८८-१८८९७७२०१०-१११९१९-२०
वेस्टह्याम युनाइटेड010दशौ१९२३-१९२४५६१८२०१२-१३n/a

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड