विकिमिडिया फाउन्डेसन

संयुक्त राज्य अमेरिकाको गैर-मुनाफा परोपकारी संगठन

१२२°२३′५९″W / ३७.७८६९७°N १२२.३९९६७७°W / 37.78697; -122.399677

विकिमिडिया फाउन्डेसन एक अमेरिकी आधार भएको विश्वव्यापी गैर नाफामूलक च्यारिटी सङ्गठन हो।, यसको कार्यालय सान फ्रान्सिस्को, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा छ। फ्लोरिडा राज्यमा दर्ता भएको हुँदा त्यसै कानुन बमोजिम सञ्चालित छ। यो सङ्गठनले विकिपिडिया लगायत धेरै वटा खुला ज्ञानका परियोजनाहरूलाई सम्वर्द्धन र सहयोग गर्ने गर्दछ। जस्तै:- विक्सनरी, विकिस्रोत, विकिमीडिया कमन्स, विकिकथन, विकिभर्सिटी, मीडियाविकी आदिलाई संचालित गर्दछ। यद्यपी यी परियोजनामा रहेका सूचना तथा सामग्रीहरूमा यसले कुनै हस्तक्षेप गर्दैन। विकिपिडिया संसार भरमा सबैभन्दा अधिक हेरिने वेबसाइटहरूमा मुख्य दसौँ स्थानमा पर्छ। विकिमीडिया फाउन्डेसनको उपस्थितिको आधिकारिक घोषणा विकिपिडियाका सह संस्थापक जिमी वेल्सले २० जून, २००३ मा गरेका थिए। विकिमीडिया फाउन्डेसन का नियम इन्टरनेटमा उपलब्ध छन्।

विकिमिडिया फाउन्डेसन इन्कर्पोरेशन

विकिमीडिया फाउन्डेसनको लोगो
गठनसेन्ट पीट्सबर्ग, फ्लोरिडा, संयुक्त राज्य अमेरिका
२० जुन २००३ (2003-06-20)
संस्थापकजिमी वेल्स
प्रकार501(c)(3) गैर नाफामूलक च्यारिटी सङ्गठन
उद्देश्यनिःशुल्क, मुक्त सामग्री, विकि-आधारित इन्टरनेट परियोजनाहरू
स्थान
  • सान फ्रान्सिस्को, क्यालिफोर्निया, संयुक्त राज्य / लस एन्जिलस, क्यालिफोर्निया (दर्ता भएको एजेन्ट)
सेवा क्षेत्र
विश्वव्यापी
तरिकाविकिपिडिया, विक्सनरी, विकिकथन, विकिपुस्तक, विकिस्रोत, विकिमीडिया कमन्स, विकिस्पीशिज, विकिसमाचार, विकिभर्सिटी, विकिडेटा, विकियात्रा, मीडियाविकी
प्रमुख व्यक्ति
क्रिस्टोफ हेनर, बोर्ड अध्यक्ष [१]
क्याथरिन माहेर, कार्यकारी निर्देशक
राजश्व
US$38,479,665 (2011/2012 (अधिकांशतः दानबाट)
कर्मचारीहरू
१४२ (सेप्टेम्बर २०१२ का अनुसार)[२]
स्वयंसेवकहरू
350,000 (2005)[३]
वेबसाइटविकिमिडियाफाउन्डेसन.ओर्ग
फाउन्डेसन.विकिमिडिया.ओर्ग

उद्देश्य

विकिमिडिया फाउन्डेसनको उदेस्य स्वतन्त्र लाईसेंस वा सार्वजनिक कार्यक्रम (public domain) को अन्तर्गत, शैक्षणिक सामग्री एकत्रित गरेर विश्वका मान्छेहरूलाई सशक्त एवं व्यस्त बनाउनु एवं यसलाई भूमण्डलमा प्रभाविकताको साथ प्रसारित गर्नु हो।

अध्यायहरूको अन्तरजालका सहायताले फाउन्डेसन एक भन्दा अधिक भाषाको लागि विकि प्रोजेक्ट एवं अन्य प्रयत्न जो कि उदेस्यमा अग्रसर छ त्यसको सहायता एवं विकासको लागि मुलभुत र संगठित ढांचा प्रदान गर्दछ। फाउन्डेसन यी प्रोजेक्टोहरूको मदतले निरन्तर इन्टरनेटमा स्वतन्त्र र नि:शुल्क उपयोगी सूचना उपलब्ध गराउँछ।

दानपुण्य संस्था

विकिमिडिया फ्लोरिडा, अमेरिकाको कानुनका अंतर्गत एक विना-लाभार्जनको दानपुण्य संस्था हो। सबै तर्फबाट हिसाब राख्ने विकिमिडिया फाउन्डेसन गाइडस्टार एवं यसको भागीदार साइटोहरूमा एक दानपुण्य संस्थाको रूपमा सूचित छ। विकिमिडिया फाउन्डेसन अमेरिकामा ५०१(सी)(३) कर-मुक्त स्थितिमा छ।

सहयोग कार्यक्रम

विकिमिडिया फाउन्डेसन प्रसिद्ध कार्यकारी इनसायक्लोपीडिया, विकिपिडिया, (२००६ को अन्त सम्म विश्वमा सब भन्दा धेरै हेरिने १५ वेबसाइटहरूमा एक मानिएको छ), लाई सहयोग दिन्छ। जनवरी, २००१ मा विकिपिडियाको स्थापना, एवं जून, २००३ मा विकिमिडिया फाउन्डेसनको समविष्टिले यसको प्रगति विस्मयित रहेको छ। अङ्ग्रेजी-भाषा विकिपिडिया, यसको प्रथम कार्यक्रम, समाविष्टि पछिबाट १.३५ लाख लेखहरूले आज १५० लाख लेख सम्म पुगी सकेको अवस्था छ। ३९ अन्य-भाषाहरूको विकिपिडियामा हिन्दी भाषामा १००,००० भन्दा ज्यादा लेहरूख लेखीसकिएका छन् भने हाम्रो नेपाली भाषामा ३३,०५७ लेखहरू लेखि सकिएका छन्। यसका साथै फाउन्डेसन विकिपिडियाका अतिरिक्त, अन्य धेरै प्रोजेक्टहरूलाई सन्चालित गर्छ। जस्तै:-

  • विकिमिडिया कमन्स- यो एक स्वतन्त्र चित्रहरू एवं मीडियाको सङ्ग्रहण हो। यसले नवंबर २००६ सम्म दस लाख चित्रहरूको हाराहारी पार गरेको छ।
  • विकिस्नरी- यो एक स्वतन्त्र शब्दकोष हो। अलग-अलग भाषाहरूमा ५०,००० शब्दहरू भन्दा पनि बढी शब्दहरूको सङ्ग्रह राखेको छ जुन शब्दहरूमा २००,००० भन्दा बढी परिभाषा राख्दछन्।
  • विकिसोर्स- यो एक भौतिक स्रोत सङ्ग्रहण हो। लगभग १५०,००० पृष्ठहरूको सङ्ग्रहण हो।
  • त्यस्तै विकिकथन (उद्धरण), विकिबुक्स (आपसी सहयोगबाट लेखिएका पुस्तकहरू), विकिन्यूज (नगरीय समाचार पत्र), विकिवर्सिटी (पाठ्यक्रम विकास), यि सबै उस्तै तिब्रताले अग्रसर छन्।

सबै मिलाएर, यो कार्यक्रमा ७८ लाख भन्दा बढि पृष्ठ, २२ लाख भन्दा बढि चित्र, एवं ५० लाख भन्दा बढि पंजीकृत खाता रहेको छ।

विकिट्रेवल, ओमेगाविकि, एवं विकिआ, फाउंडेशन द्वारा संचालित कार्यक्रम हैन।

सन्दर्भ सूची

ढाँचा:स्रोत

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड