पूर्ण राजतन्त्र

पूर्ण राजतन्त्र [१][२] राजतन्त्रको यस्तो रुप हो जहाँ एक नेताको हातमा सर्वोच्च अधिकार र अख्तियार हुन्छ र त्यो अधिकार कुनै लिखित कानुन, संबिधान र परम्पराले छेक्दैन । [३] राजतन्त्र प्राय वंशाणु हुन्छ तर सधै नहुन पनि सक्छ। यस विपरित संवैधानिक राजतन्त्रमा, राष्ट्रप्रमुखको अख्तियार संविधानद्वारा प्रदान गरिएको र बाधिएको हुन्छ । [४]

कुनै राजतन्त्रमा कमजोर वा सांकेतिक व्यवस्थापिका हुन्छ जुन शासकले तत्कालै फेर्न वा भंग गर्न सक्छ । पूर्ण राजतन्त्र अझै कायम रहेको देशहरूमा: ब्रुनाई, ओमान, साउदी अरब, स्वाजिल्याण्ड, भ्याटिकन सिटीसंयुक्त अरब इमिरेट्स यु.ए.इ. का सङ्घीय इमिरेट्सहरु पर्छन् ।

ऐतिहासिक उदाहरण

युरोप बाहिर

प्राचीन इजिप्टमा फराह (राजा)सँग देशमा जे गर्न पनि पूर्ण अधिकार रहन्थ्यो र प्रजाहरु उनलाई जीवित देवता मान्थे । प्राचीन मेसोपोटमियामा, बेबिलोनमा र समरमा धेरै राजाहरु पूर्ण शासक थिए। प्राचीन भारतवर्षमा मौर्य, सतावहन, गुप्त र चालुक्य साम्राज्यका धेरै शासकहरू पूर्ण राजतन्त्र थिए ।

प्राचीन चीनमा, धेरै सम्राट र सम्राज्ञीसंग स्वर्गको आदेशको नाममा पूर्ण शक्ति रहेको थियो। [५]

फ्रान्स

फ्रान्सका राजा लुई चौधौ

केहि इतिहासकारका अनुसार फ्रान्सका राजा लुई चौधौले भनेका थिए,”म नै राज्य हुँ। म जे भन्छु त्यो कानुन हो। “[६] केहि इतिहासकारका अनुसार फ्रान्सका राजा लुई चौधौले भनेका थिए ,”म नै राज्य हुँ । म जे भन्छु त्यो कानुन हो । “ फ्रान्सका राजासँग नै व्यवस्थापिका , कार्यपालिका र न्यायपालिका केन्द्रित थियो । राजा नै सर्वोच्च न्यायकर्ता थिए । उनले कुनै पनि व्यक्तिलाई कुनै अपिलको अफ्हिकर बिनानै मृत्युदण्ड दिन सक्थे ।[७][Need quotation toverify]

रुस

१९०५ सम्म रसियामा जारले पूर्ण शासकको रूपमा शासन गरका थिए । पिटर प्रथम महानले अन्य भारदारहरूको अधिकार कटौती गरेर जारको केन्द्रिय अख्तियार बढेका थिए ।

समसामयिक राजतन्त्र

पूर्ण राजतन्त्रको लोकप्रियता अमेरिकी क्रान्ति र[ [ फ्रान्सेली राज्यक्रान्ति]] पछी घट्दै गयो । 

जोर्डन, कुवेतमरक्को जस्ता पूर्ण राजतन्त्र भएका देशहरू संवैधानिक राजतन्त्रमा गए।

भुटानमा २००३ मा पूर्ण राजतन्त्र संबैधानिक राजतन्त्रमा परिणत भयो। नेपालमा संबैधानिक राजतन्त्र र प्रत्यक्ष शासन नेपाली गृहयुद्ध, जनयुद्धनारायणहिटी दरबार हत्याकाण्डको सेरोफेरोमा घुमिरह्यो र २०६५ जेठ १५ मा राजतन्त्र नै अन्त्य भयो ।

लिश्टेनस्टाईनमा राजतन्त्रको अधिकारमा वृद्धि भयो ।[८]

उत्तर कोरियामा सत्तारुढ किम परिवारलाई (किम इल-सुङ, किम जोङ् इल , किम जोङ उन ) सांकेतिक राजतन्त्र [९][१०][११] वा वंशाणुगत तानाशाहीको रूपमा हेरिन्छ। [१२] [१३]

यो पनि हेर्नुहोस्

संवैधानिक राजतन्त्र

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड