मोहम्मद सलाह

इजिप्टको फुटबल खेलाडी

मोहम्मद सलाह घाली (अरबी: محمد صلاح غالي, अरबी उच्चारण: [मोहामदु सलाह]; ( जन्म १५ जुन १९९२) मिश्रका व्यवसायीक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब लिभरपुलमिश्र राष्ट्रिय फुटबल टोलीको लागि अग्रपङ्क्तिबाट खेल्ने गर्छन्।

मोहम्मद सलाह
मोहम्मद सलाह २०२१ मा लिभरपुलसँग
व्यक्तिगत जानकारी
पुरा नाममोहम्मद सलाह हामेद धली तह[१]
जन्म मिति (1992-06-15) १५ जुन १९९२ (उमेर ३१)[२]
जन्म स्थाननाग्रिग, मिश्र[३]
उचाइ१.७५ मि[४]
खेल्ने स्थान(हरू)अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
लिभरपुल
सङ्ख्या११
युवा करियर
२००४–२००५इतिहाद बस्युन[५]
२००५–२००६ओथमासन तनका[५]
२००६–२०१०एल मक्वालोन
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२०१०–२०१२एल मक्वालोन३८(११)
२०१२–२०१४एफसी बाजेल४७(९)
२०१४–२०१६चेल्सी१३(२)
२०१५→ एसिएफ फ्योरेन्तिना (ऋणमा)१६(६)
२०१५–२०१६रोमा (ऋणमा)३४(१४)
२०१६–२०१७रोमा३१(१५)
२०१७–लिभरपुल७४(५४)
अन्तर्राष्ट्रिय करियर
२०१०–२०११मिश्र २० वर्ष मुनी११(३)
२०११–२०१२मिश्र २३ वर्ष मुनी११(४)
२०११–मिश्र६२(३९)
सम्मान
 इजिप्टको प्रतिनिधित्व गर्दै
अफ्रिकी युथ च्याम्पियनसिप
Third place२०११ दक्षिण अफ्रिका
अफ्रिकी राष्ट्र कप
उप-विजेता२०१७ गबोन
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९:४९, १५ सेप्टेम्बर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:२३, ८ सेप्टेम्बर २०१८ (युटिसी)

सलाहले उनको फुटबल कार्यकाल सन् २०१० मा मिश्र प्रिमियर लिग अन्तर्गतको कायरो स्थित एल मक्वमलोन फुटबल क्लबबाट सुरुवात गरेका थिए।[६] त्यसपछिको केही महिना उक्त क्लबमा आफ्नो पदोन्नति गराएपछि उनी बाजेल फुटबल क्लबमा आवद्ध भएका थिए। स्विट्जरल्याण्डको एक क्लबमा पर्दापण गर्दै सलाहले उक्त टोलीलाई उपाधिको विजेता बनाउने महत्त्वपूर्ण भूमिका खेलेका थिए भने उनले उक्त प्रतियोगितामा सुनौलो जुत्ता समेत हात पार्न सफल भएका थिए। सलाहको प्रस्तुतबाट प्रभावित हुँदै उनलाई प्रिमियर लिगको एक क्लब चेल्सीले सन् २०१४ मा ११ मिलियन पाउण्डमा उनलाई उक्त क्लबमा आवद्ध बनाएको थियो। चेल्सीसँग आवद्ध भएको केही महिना पछि उनी इटालीको माथिल्लो श्रेणीको फुटबल लिग सिरी एको क्लब रोमा र पछि फ्लोरेण्टिनामा केही महिनाका लागि ऋणमा आवद्ध भएका थिए। अन्ततः एएस रोमाले उनलाई सन् २०१६ मा सोही क्लबमा आवद्ध गराएको थियो।

एएस र‍ोमामा एक वर्ष आफ्नो फुटबल कार्यकाल अगाडि बढाइसके पछि उनलाई प्रिमियर लिगको क्लब लिभरपुलले सन् २०१७ मा ३६.९ मिलियन पाउण्डमा खरिद गरेको थियो। सलाहले लिभरपुलमा आवद्ध भ‌ैसकेपछि उनले प्रमियर लिगको ३६अौँ संस्करण सम्म कायम भएको कीर्तिमान तोडेका थिए जहाँ उनले ३६ लिग चरणका खेलहरूमा ३२ गोल गर्न सफल भएका थिए भने उनले त्यस लिगमा सुनौलो जुत्ता समेत हात पारेका थिए।

सलाहले प्रमियर लिगमा उत्कृष्ट खेल खेलका कारण उनले थुप्रै पुरस्कार पनि जितेका थिए जसमा पिएफए वर्षको उत्कृष्ट खेलाडी, एफपीए वर्षको उत्कृष्ट फुटबल खेलाडी आदि पुरस्कारहरू समावेश छन्। सन् २०१८ मा सलाह फिफा द्वरा पुरुष खेलाडी अवार्डको तेस्रो स्थानमा पर्न सफल भएका थिए। उनले सन् २०१८-१९ प्रमियर लिग अन्तर्गत सर्वाधिक गोल गर्न सफल खेलाडी पनि बने भने उनले लिभरपुललाई सन् १०१८-१९ च्याम्पियन्स लिगको अन्तिम खेल जिताउन ठूलो भूमिका पनि निर्वाह गरेका थिए।

क्लब कार्यकाल

अन्तर्राष्ट्रिय कार्यकाल

युवा कार्यकाल

सलाहाले सन् २००४ देखि अौपचारिक रूपमा फुटबल खेल्न सुरु गरेका थिए जस अन्तर्गत उनी सन् २००४ मा मिश्रको एक फुटबल क्लब इतिहाद बस्युनसँग आवद्ध भएका थिए भने उनले उक्त क्लबका लागि एक वर्ग फुटबल खेलेका थिए।[७] सलाहले मिश्र राष्ट्रिय फुटबल टोली (बीस वर्ष मुनिको)मा ११ उपस्थिति र मिश्र राष्ट्रिय फुटबल टोली (२३ वर्ग मुनिको)मा पनि ११ उपस्थिति जनाएका थिए जहाँ उनले सन् २०११ फिफा यु-२० विश्वकप र सन् २०१२ को ग्रीष्मकालीन ओलम्पिकमा मिश्रको प्रतिनिधित्व गर्दै भाग लिएका थिए।[८] सलाहले उक्त प्रतियोगिता अन्तर्गत उत्कृष्ट १६ को चरणमा अर्जेण्टिना विरुद्ध पेनाल्टी गोल गरेका थिए तर उक्त खेलमा मिश्र राष्ट्रिय फुटबल टोलीले २-१ को हार बेहोर्नु परेको थियो।[९]

सलाह सन् २०१२ को ग्रीष्मकालीन ओलम्पिकमा मिश्र युवा राष्ट्रिय टोलीको खेलाडीको रूपमा मैदान उत्रिँदै समूह चरणका तीन खेल मध्य तीनै खेलमा गोल गर्न सफल भएका थिए।[१०] उक्त प्रतियोगिता अन्तर्गत सलाहले २६ जुलाई २०१२ का दिन ब्राजिल विरुद्ध दोस्रो गोल गरेका थिए तर उक्त खेल ब्राजिलले ३-२ अङ्कले जितेको थियो।[११] २९ जुलाई २०१९ का दिन सलाहले न्युजिल्याण्ड विरुद्ध एक गोल गर्दै खेललाई बराबरी सम्म पुर्‍याउन सफल भएका थिए। १ अगष्ट २०१२ का दिन मिश्र युवा फुटबल टोलीको सामना बेलारुस विरुद्ध भएको थियो जुन समूह चरढको अन्तिम खेल थियो।[१२] बेलारुसको विरुद्धमा सलाहले मिश्रका लागि पहिलो गोल गर्न सफल भएको थियो भने उक्त खेल मिश्रले ३-१ गोल अन्तरले हात पार्न सफल भएको थियो। ४ अगष्ट २०१२ का दिन मिश्र राष्ट्रिय फुटबल टोली जापान विरुद्धको खेलमा पराजित हुँदै प्रतिस्पर्धाबाटै बाहिरिन पुगेको थियो।[१३]

राष्ट्रिय टोली तथा पदोन्नति

सलाहले ३ सेप्टेम्बर २०११ का दिन मिश्रको राष्ट्रिय फुटबल टोलीबाट वरिष्ठ फुटबल कार्यकालको सुरुवात गरेका थिए जहाँ मिश्र सियरे लियोन विरुद्ध २-१ गोल अन्तरले पराजित भएको थियो।[१४] सलाहले राष्ट्र टोलीबाट उनको व्यक्तिगत पहिले गोल नाइजर विरुद्ध गरेका थिए जुन खेलमा मिश्रले ३-० गोल अन्तरले खेल जित्न सफल भएको थियो जुन खेल ८ अक्टोबर २०११ का दिन २०१२ अफ्रिकी राष्ट्रकपको छनोटका लागि भएको थियो।[१५] १० जुन २०१२ का दिन २०१४ फिफा विश्वकप छनोट खेलमा मिश्रको सामना गिनीसँग भएको थियो जहाँ सलाहले ९३अौँ मिलेटमा गोल गर्न सफल भए भने उक्त खेल मिश्रले ३-२ गोल अन्तरले जित्न सफल भएको थियो।[१६] ९ जुन २०१३ का दिन सलाहले २०१४ फिफा विश्वकप छनोट खेल अन्तर्गत मिश्र विरुद्ध जिम्बाब्वेको खेलमा सलाहले एकै खेलमा तीन गोल गर्न सफल भएका थिए।[१७] उक्त खेलको एक हप्ता पछि सलाहले मोजाम्बिक विरुद्ध एक गोल गरे जसकारण मिश्र राष्ट्रिय फुटबल टोली विश्वकप छनोट खेलको फाइनलमा प्रवेश गरेको थियो।[१८] १० सेप्टेम्बर २०१२ मा दिन सलाहले गिनी विररुद्ध एक गोल गर्न सफल भएका थिए।[१९]

कार्यकाल तथ्याङ्क

क्लब

अद्यावधिक १ जुन २०१९ सम्मको[२०]
क्लबमा जनाएका उपस्थितिहरू र गोलहरू
क्लबसिजनलिगराष्ट्रिय कप[क]लिग कप[ख]अन्तरमहादेशीयजम्मा
विभागखेलगोलखेलगोलखेलगोलखेलगोलखेलगोल
एल मक्वालोन२००९–१०मिश्री प्रिमियर लिग
२०१०–११मिश्री प्रिमियर लिग२०२४
२०११–१२मिश्री प्रिमियर लिग१५१५
जम्मा३८११४४१२
एफसी बाजेल२०१२–१३सुइस सुपर कप२९१७५०१०
२०१३–१४सुइस सुपर लिग१८१०२९१०
जम्मा४७२६७९२०
चेल्सी२०१३–१४प्रिमियर लिग१०११
२०१४–१५प्रिमियर लिग
जम्मा१३१९
एसिएफ फ्लोरिन्टिना (ऋण)२०१४–१५सिरी ए१६२६
रोमा (ऋण)२०१५–१६सिरी ए३४१४४२१५
रोमा२०१६–१७सिरि ए३११५४११९
जम्मा६५२९१५८३३४
लिभरपुल२०१७–१८प्रिमियर लिग३६३२१५११५२४४
२०१८–१९प्रिमियर लिग३८२२१२५२२७
जम्मा७४५४२७१६१०४७१
कार्यकाल जम्मा२५३१११२११०७८२७३५१४८

अन्तर्राष्ट्रिय

अद्यावधिक १६ नोभेम्बर २०१८ सम्मको[२१]
राष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति, खेलेको खेल र गरेको गोल
राष्ट्रिय टोलीवर्षखेलगोल
मिश्र२०११
२०१२१५
२०१३
२०१४
२०१५
२०१६
२०१७११
२०१८
जम्मा६२३९

अन्तर्राष्ट्रिय गोलहरू

अद्यावधिक १६ नोभेम्बर २०१८ सम्म सलाहले खेलेका अन्तर्राष्ट्रिय खेलहरू[२१]
मिती, स्थान, उपस्थिति, प्रतियोगी, नतिजा र प्रतिस्पर्धीको आधारमा गरिएको अन्तर्राष्ट्रिय गोलहरू
क्र.समितीस्थानउपस्थितिविरोधीअङ्कनतिजाप्रतिस्पर्धासन्दर्भ
८ अक्टोबर २०११कायरो अन्तर्राष्ट्रिय रङ्गशाला, कायरो, मिश्र  नाइजर२–०३–०२०१२ अफ्रिकी राष्ट्र कप छनोट[२२]
२७ फेब्रुअरी २०१२थानी बिन जिसम रङ्गशाला, दोहा, कतार  केन्या१–०५–०मैत्रीपूर्ण खेल[२३]
२९ मार्च २०१२खार्टुम रङ्गशाला, खारटुम, सुडान  युगान्डा१–१२–१[२४]
३१ मार्च २०१२खार्टुम रङ्गशाला, खार्टुम, सुडान  चाड१–०४–०[२५]
२२ मे २०१२अल-मेरिख रङ्गशाला, सुडान१०  टोगो२–०३–०[२६]
३–०
१० जुन २०१२स्टुड डु २८ सेप्टेम्ब्रे, कोनेक्रि, गिनी१२  गिनी३–२३–२२०१४ फिफा विश्वकप छनोट[२७]
१५ जुन २०१२बोर्ग एल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र१३  मध्य अफ्रिकी गणतन्त्र२–१२–३२०१३ अफ्रिकी राष्ट्र कप छनोट[२८]
६ फेब्रुअरी २०१३भिसेन्टे काल्डिरोन रङ्गशाला, म्याड्रिड, Spain१८  चिली१–२१–२मैत्रीपूर्ण[२९]
१०9 जुन 2013राष्ट्रिय खेलकुद रङ्गशाला, हरारे, जिम्बाब्वे२०  जिम्बाब्वे२–१४–२२०१४ फिफा विश्वकप छनोट[३०]
११३–१
१२४–२
१३१६ जुन २०१३Estádio da Machava, Maputo, Mozambique२१  मोजाम्बिक१–०१–०[३१]
१४१४ अगष्ट २०१३El Gouna Stadium, El Gouna, Egypt२२  युगान्डा२–0३–०मैत्रीपूर्ण[३२]
१५१० सेप्टेम्बर २०१३El Gouna Stadium, El Gouna, Egypt२३  गिनी३–२४–२2014 FIFA World Cup qualification[३३]
१६५ मार्च २०१४Tivoli-Neu, Innsbruck, Austria27  बोस्निया र हर्जगोभिना2–02–0Friendly[३४]
१७३० मे २०१४Estadio Nacional Julio Martínez Prádanos, Santiago, Chile२८  चिली1–0२–३[३५]
1810 अक्टोबर 2014बोत्स्वाना राष्ट्रिय रङ्गशाला, बोत्स्वाना३२  बोत्स्वाना२–०२–०२०१५ अफ्रिकी राष्ट्रकप[३६]
१९१५ अक्टोबर २०१४कायरो अन्तर्राष्ट्रिय रङ्गशाला, कायरो, मिश्र३३  बोत्स्वाना२–०२–०[३७]
२०१९ फेब्रुअरी २०१४Stade Mustapha Ben Jannet, Monastir, Tunisia३५  ट्युनिसिया१–०१–२[३८]
२११४ जुन २०१५बोर्ग अल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र३७  तान्जनिया३–०३–०२०१७ अफ्रिकी राष्ट्रकप छनोट[३९]
२२६ सेप्टेम्बर २०१५Stade Omnisports Idriss Mahamat Ouya, N'Djamena, Chad३८  चाड३–१५–१[४०]
२३२५ मार्च २०१६Ahmadu Bello Stadium, Kaduna, नाइजेरिया४०  नाइजेरिया१–११–१[४१]
२४४ जुन २०१६राष्ट्रिय रङ्गशाला, ताञ्जानिया, Dar es Salaam, ताञ्जानिया४२  तान्जनिया१–०२–०[४२]
२५२–०
२६९ अक्टोबर २०१६Stade Municipal de Kintélé, Brazzaville, Republic of the Congo४४  कङ्गो१–१२–१२०१८ फिफा विश्वकप छनोट[४३]
२७१३ नोभेम्बर २०१६बोर्ग अल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र४५  घाना१–०२–०[४४]
२८२५ जनवरी २०१७Stade de Port-Gentil, Port-Gentil, Gabon४९  घाना१–०१–०२०१७ अफ्रिकी राष्ट्र कप[४५]
२९१ फेब्रुअरी २०१७Stade de l'Amitié, Libreville, गाबोन५१  बुर्किना फासो1–0१–१ (४–३ (पेनाल्टी)२०१७ अफ्रिकी राष्ट्र कप[४६]
३०५ सेप्टेम्बर २०१७बोर्ग अल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र५५  युगान्डा१–०१–०२०१८ फिफा विश्वकप छनोट[४७]
३१८ अक्टोबर २०१७बोर्ग अल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र५६  कङ्गो१–०२–१२०१८ फिफा विश्वकप छनोट[४८]
३२२–१
३३२३ मार्च २०१८लेज्जिग्रुण्ड, जुरिच, स्वीट्जरल्याण्ड५७  पोर्तगाल१–०१–२मैत्रीपूर्ण[४९]
३४१९ जुन २०१८क्रेष्टोभस्काई रङ्गशाला, सेन्ट पिट्सबर्ग, रुस५८  रुस१–३१–३२०१८ फिफा विश्वकप[५०]
३५२५ जुन २०१८भोलगराड एरिना, रूस५९  साउदी अरब१–०१–२[५१]
३६८ सेप्टेम्बर २०१८बोर्ग अल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र६०  नाइजर३–०६–०२०१९ अफ्रिकि राष्ट्र कप[५२]
३७५–०
३८१२ अक्टोबर २०१८अल सलाम रङ्गशाला, कायरो, मिश्र६१  एस्वातिनी४–०४–१[५३]
३९१६ नोभेम्बर २०१८बोर्ग एल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र६२  ट्युनिसिया३–२३–२[५४]

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड