लसुन

लसुन (Allium sativum अथवा Garlic) र हिन्दी प्रभावित क्षेत्रहरूमा लहसुन पनि भनिने यो Alliaceae परिवारमा पर्ने प्याज प्रजातिको मसला हो। यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन्।[१][२] परापूर्वकालदेखि नै लसुन पकवान र औषधीको रूपमा प्रयोग हुदै आएको छ। लसुनका पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ। एक पोटि मात्र फाल्ने लसुन बाहेक अरु लसुनका दानामा धेरै पोटिहरू हुन्छन। पोटिहरू काँचो वा पकाएर खाइन्छ वा औषधिको रूपमा प्रयोग गरिन्छ। यसको स्वाद पर्पर्याउने (pungent) हुन्छ तर जब पकाइन्छ यो केही गुलियो र स्वादिलो हुँदै जान्छ.[३] यसको पात, जमिनमुनि रहेको काण्ड(पोटी) र फूल पनि खान योग्य हुन्छ । लसुनमा एन्टिअक्सिडेन्ट पाईने हुनाले यो निकै लाभदायक छ।

लसुन
Allium sativum, अर्थात् लसुन, विलियम वुड्सभिलको, Medical Botany, 1793 बाट
वैज्ञानिक वर्गीकरण
जगत:
Plantae
(श्रेणीविहीन):
Angiosperms
(श्रेणीविहीन):
एकदलीय वनस्पती
गण:
Asparagales
कुल:
Alliaceae
उपकुल:
Allioideae
वंश:
Allieae
वंश:
Allium
प्रजाति:
A. sativum
वैज्ञानिक नाम
Allium sativum
L.

लसुन खानुका फाइदाहरू

लसुनमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ ।

यसरी परम्परागत घरेलु औषधिको रूपमा तथा आयुर्वेदिक औषधिको रूपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरू पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरूले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यहाँ हामीले लसुन खाँदा के-के फाइदा हुन्छ भन्ने विषय प्रस्तुत गरेका छौँ:

लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।

दमका रोगीहरूका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ ।

सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले सरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि टाडा भगाईदिन्छ । सुन्निएको, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ । दिनहु एक पोटी लसुन खानासंगै खानाले वायु विकार हटाउनमा पनि उत्तिकै मद्धत गर्छ ।

औषधी उपचार

  • कान दुख्ने, पिप आउने, खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
  • घाँटी बसेमा
एक/दुई पोटी लसुन चपाएर मन तातो पानीमा निलेमा पनि घाँटी बसेको दुई/तीन मात्रामै ठीक हुन्छ ।
  • दाद आएमा
घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
  • काला ज्वरो आएमा
दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिस्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
  • लशुन सहितको घरेलु उपचार कोठी सखाप पार्न अत्यन्तै भरपर्दो उपायका रूपमा लिइने गरिन्छ । किनकि यसमा इन्जाइमको मात्रा लुकेको हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरूलाई नै सखाप पार्ने काम गर्छ । लशुनको केस्रालाई सिलौटोमा पिन्नुहोस् र कोठीमाथी लशुनको लेप लगाउनुहोस् । अनि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्नुहोस् र करिव २-३ घण्टा सम्म छोडिदिनुहोस् । यो प्रक्रिया केही दिन सम्म अपनाउनुहोस् । कोठी झरेर जानेछ । यो घरेलु बिधि अपनाउनाले पाँचदिन भित्रमै परिणाम देखा पर्न थाल्छ । प्रत्येक दिन, प्रक्रिया अपनाउनु भन्दा पहिले अल्कोहल तथा संक्रमणनाशक वैकल्पिक उपायले कोठी वरिपरी सफागर्न नविर्सिनुहोस् ।


चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस


बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड