२०२० बेरुत विस्फोट

लेबनानको राजधानी बेरुतमा सन् २०२० अगस्ट ४ मा दुई शक्तिशाली विस्फोट भएको थियो।[१][२] [३] [४] बेरुत बन्दरगाहमा भएको दुई विस्फोटमा परि कम्तिमा २२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने[५] ७,००० भन्दा बढी व्यक्ति घाइते, लगभग १५-२० बिलियन अमेरिकी डलरको क्षति र ३,००,००० परिवार घरबिहीन भएका थिए।[६] [७] लेबनाली सुरक्षा महानिर्देशकले विस्फोटनको मुख्य कारण सरकारले बन्दरगाहमा जफत गरी राखेको करिब २,७५० टन एमोनियम नाइट्रेट थियो र विस्फोटको समय पछिल्लो ६ वर्षदेखि भण्डार गरी राखिएको बताएका छन्। [८]

२०२० बेरुत विस्फोट
को भाग
विस्फोटपछिको दृश्य
समय१८:०८:१८ इइएसटी (१५:०८:१८ युटिसी) (दोस्रो विस्फोट)
मिति४ अगस्ट २०२० (2020-08-04)
स्थानबेरुत, लेबनान
निर्देशाङ्क३३°५४′०४″N ३५°३१′०८″E / ३३.९०१°N ३५.५१९°E / 33.901; 35.519 ३५°३१′०८″E / ३३.९०१°N ३५.५१९°E / 33.901; 35.519
कारणFire
मृत्यु१७१ +
घाइते६,०००+
बेपत्ता३०-४०
क्षतिUS$15+ billion

पृष्ठभूमि

बेरुतमा विस्फोट हुनुपूर्व लेबनानको अर्थव्यवस्था सङ्कटको स्थितिमा थियो भने सरकार कर्जामा डुबिसकेको थियो। लेबनानी मुद्रा लेबनानी पाउन्डको स्थिति कमजोर भइसकेको थियो भने त्यहाँको गरीबी दर ५०% भन्दा बढी रहेको थियो। लेबनानको राजधानी सहर बेरुतमा रहेको यो बन्दरगाहलाई देशको प्रमुख समुद्री प्रवेशद्वार र दुर्लभ वस्तुहरू आयात गर्ने प्रमुख नाका थियो। लेबनानी सरकारको स्वामित्वमा रहेको यो बन्दरगाहमा चार बेसिन र बाह्र गोदाम सामेल थियो।[९]

घटनाको भिडियो

स्थानीय समय अनुसार १८:०० बजे (युटिसी +०३:००) बेरुत बन्दरगाहमा रहेको एउटा गोदाममा लागेको आगोलाई निभाउन वारुणयन्त्रको अग्नी नियन्त्रक टोलीलाई पठाइएको थियो। सोही बन्दरगाहमा भण्डार गरेर राखिएको अमोनियम नाइट्रेटको गोदाममा भएको पहिलो विस्फोटले आगोको मुस्लोको निर्माण गरेको थियो भने त्यसै गोदाममा लगभग स्थानीय समय अनुसार १८:०८ बजे भएको दोस्रो विस्फोट शक्तिशाली थियो। यसले बेरुत सहरलाई हल्लाएको थियो र हावामा रातो रङ्गको बाक्लो धुँवाको बादल बनाएको थियो।[१०] दोस्रो विस्फोट २४० किलोमिटर (१५० माइल) टाढा उत्तरी इजरायलसाइप्रससम्म महसुस गरिएको थियो।[११][१२][१३][१४][१५][१६][१७][१८]

क्षति

दुर्घटना

प्रतिक्रियाहरू

आन्तरिक प्रतिक्रिया

लेबनानी प्रधानमन्त्री हसन दियाबले घटना भएको भोलिपल्ट सन् २०२० अगस्ट ५ मा राष्ट्रिय शोकको घोषणा गरेका थिए।[१९] लेबनान सरकारले घटनाको कारण देशमा दुई हप्ताको सङ्कटकालको घोषणा गरेको थियो।[२०] राष्ट्रपति अओउनले सरकारले विस्थापित मानिसलाई सहयोग गर्ने र स्वास्थ मन्त्रालयले घाइतेको उपचारको खर्च व्यहोर्ने घोषणा गरेका थिए।[२१] हिजबुल्लाहले ५ अगस्ट मा रक्तदान अभियान सुरु गर्यो। [२२]

बिरोध पछि कयौं लेबनानी सांसदले राजीनामा दिए ।,[२३] [२४] ,[२४][२५] ,[२५]: Script error: The function "hyphen2dash" does not exist.,[२६] [२७] जोर्डन को लागि लेबनानी राजदुत ले पनि राजिनामा दिए । [२८][२९] ६ On the night of 6 August, the protests against the government that had been ongoing since the previous October resumed, with dozens of protestors near the parliament building calling for the resignation of Lebanese government officials.[२९]: Script error: The function "hyphen2dash" does not exist.[३०]

विरोध

सन् २०२० अगस्ट ६ तारिख राति हजारौ प्रदर्शनकारीहरूले सरकारको विरोधमा प्रदर्शन थालेका थिए। प्रदर्शनकारीहरूले लेबनानको संसद भवन नजिकै सुरु गरेको प्रदर्शनको मुख्य माग लेबनानका सरकारी अधिकारीहरूको राजीनामा रहेको थियो।[३१] प्रदर्शन उग्र भएपछि लेबनानी सुरक्षाकर्मीद्वारा अश्रु ग्यास प्रयोग गरिएको थियो जसबाट प्रदर्शनकारीहरू भागाभाग भएका थिए भने कयौँ प्रदर्शनकारी घाइते भएका थिए।

८ अक्टोबर मा , प्रधानमन्त्री हसन दियाबले प्रारम्भिक निर्वाचन को आह्वान गरे । उनले यसले देशलाई सङ्कटबाट मुक्त गर्ने एक मात्र माध्यम रहेको बताए ।[२४]: Script error: The function "hyphen2dash" does not exist.

९ अगस्ट मा, लेबनानी सुचना मन्त्री , मनाल अब्देल समाद र वातावरण मन्त्री ले राजीनामा दिए, जुन विस्फोटन यता सरकारको तर्फबाट पहिलो राजिनामा थियो ।[३२][३३] १० अगस्ट मा, कानुनमन्त्री मारिया क्लाउड नाज्मले पनि राजीनामा दिए , त्यसपछी लेबनानको सबै मन्त्रीमण्डल ले राजिनामा दियो ।[२७]: Script error: The function "hyphen2dash" does not exist.[३४][३५] क्याबिनेट को राजिनामा लगत्तै , लेबनानी प्रधानमन्त्री हसन दियाबले ले राजिनमा दिए ।[३६] राष्ट्रपति मीसेल आउनले सरकार र प्रधानमन्त्री को राजिनामा स्वीकृत गरे र नयाँ सरकार नबनुन्जेल कामचलाउन सरकारका रूपमा अहिलेकै सरकारलाई काम गर्न भनेका छन्।[३७]

अन्तर्राष्ट्रिय प्रतिक्रिया

आजादी टावर, इरान

धेरै राष्ट्रका राष्ट्रप्रमुख लगायत संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिहरूले,[३८] घटनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड