हिजबुल्लाह

हिजबुल्लाह (शाब्दिक अर्थ: अल्लाहको पार्टी) लेबनानको एक सिया इस्लामी राजनैतिक पार्टी तथा लडाकु समूह हो।[१][२] सन् १९९२ देखि हिजबुल्लाहको नेतृत्व महासचिव हसन नसरूल्लाहले गरिरहेका छन्। हिजबुल्लाहको अर्ध सैनिक शाखालाई जिहाद परिषद भनिन्छ।[३] यसको पुरै संगठनलाई वा सैनिक शाखालाई मात्र युरोपेली युनियन र २०१७ यता लेबनान र इराक बाहेकका अरब लिगका सदस्य राष्ट्र सहित धेरै राष्ट्रहरूले आतंककारी संगठन घोषित गरेका छन्।[४] रसियाले हिजाबुल्लाहलाई "आतंककारी संगठन" मान्दैन तर एक "बैधानिक सामाजिक राजनैतिक शक्ति"को मान्यता दिएको।[५] हिजबुल्लाह समूहलाई इजरायलले आफ्नो प्रमुख सुरक्षा चुनौती मान्छ । इरानले सिरियामा सैन्य उपस्थिति बढाउँदै लेबनानको विद्रोही हिजबुल्लाह समूहलाई संरक्षण दिने गरेको इजरायलको आरोप छ ।

२००६ लेबनान युद्धपछि हिजबुल्लाह पोस्टर

इतिहास

स्थापना

१९८२ मा लेबनान माथि इजरायली आक्रमण पछी, हिजबुल्लाहको परिकल्पना मुस्लिम धर्मगुरुहरुद्वारा गरिएको र इरानको वित्तीय सहायतामा भएको थियो । [६] यसका नेताहरू आयोतोल्लाह खमेनीका समर्थक थिए, र यसको फौजलाई सिरिया सरकारको अनुमतिमा इरानबाट आएका इस्लामीक रिभोलुसनरी गार्डले तालिम दियो र संगठित गर्यो ।[७]

१९८० को दशक

१९९० पश्चात

विचारधारा

सङ्गठन

सामाजिक सेवा

हिजबुल्लाह ले धेरै सामाजिक विकास कार्यक्रम, अस्पताल तथा शैक्षिक संन्स्था पनि सञ्चालन गर्छ।[८][९] यसको एक संस्थान, जिहाद अल बिन्ना, लेबनानमा असंख्य आर्थिक तथा पूर्वाधार विकास परियोजना को लागि जिम्मेवारी लिएको छ। [१०] हिजबुल्लाहले लडाइँमा "शहादत हुने लडाकुको परिवार"लाई भत्ता दिने सहिदको संस्थान (अल-सहिद सोसल एसोसिएसन) पनि नियन्त्रण गर्छ। [११] संयुक्त राष्ट्र सङ्घको मानवीय समन्वय कार्यलयको एक समाचार रिपोर्ट मा टिप्पणी छ:

Hezbollah not only has armed and political wings – it also boasts an extensive social development program. Hezbollah currently operates at least four hospitals, twelve clinics, twelve schools and two agricultural centres that provide farmers with technical assistance and training. It also has an environmental department and an extensive social assistance program. Medical care is also cheaper than in most of the country's private hospitals and free for Hezbollah members.[८]

सिएनएन का अनुसार, "एक सरकारले गर्नु पर्ने सम्पूर्ण काम, फोहोर उठाउनु पर्ने देखि अस्पताल सञ्चालन गर्ने, स्कुल मर्मत गर्ने सबै काम, हिजबुल्लाहले गर्छ।"[१२] जुलाई २००६ मा, इजरायलसंगको युद्धको समयमा, जब बेरुतमा खानेपानी थिएन, हिजबुल्लाहले सहरमा खानेपानीको प्रबन्ध गरिरहेको थियो।

राजनैतिक क्रियाकलाप

गुप्तचर

हिजबुल्लाहको गुप्तचरीलाई "संसारको एक उत्कृष्ट" गुप्तचर मानिन्छ। यसले इजरायली सेना भित्र पनि प्रवेश गरिसकेको छ। हिजबुल्लाहको गुप्तचर संस्थाले लेबनानको गुप्तचर संस्थासँग सहकार्य गर्छ। [१३]

सैन्य शक्ति

सैन्य क्रियाकलाप

लेबनान युद्ध २००६

मुख्य लेख : २००६ लेबनान युद्ध

हिजबुल्लाह र इजरायलबीच सन् २००६ मा भीषण लडाइँ भएको थियो । गजर भन्ने स्थानबाट सुरु भएको युद्धमा इजरायली सेना दक्षिण लेबनान कब्जा गर्दै राजधानी बेरुतसम्म पुगेको थियो । त्यसपछि संयुक्त राष्ट्र सङ्घको प्रयासमा इजरायली सेना फिर्ता भए भने शान्ति स्थापक सैनिकको संख्या बढाइएको थियो ।

सिरियाली गृहयुद्ध

सिरियाली गृहयुद्धमा हिजबुल्लाहले बसर अल असदको पक्षमा लड्यो । हिज्बुल्लाहको प्रमुख सहयोगी इरानबाट उसले सिरियाको बाटो हुदै हतियार र सैनिक सामग्री आयात गर्छ। यदि सिरियामा बसर अल असदको सत्ता पल्टियो भने हिज्बुल्लाहलाई समेत संकट पर्ने भएकाले, उसले असद सत्ता टिकाउन पुरै बल लगायो ।

यो पनि हेर्नुहोस

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड