पृथ्वीनारायण शाह
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह | |
---|---|
गोरखाको राजा | |
शासनकाल | १७९९ चैत २५- १८२५ |
पूर्वाधिकारी | नरभूपाल शाह |
उत्तराधिकारी | पद खारेज गरियो |
नेपालको राजा | |
शासनकाल | १८२५ - १८३१ माघ १ |
पूर्वाधिकारी | पद स्थापित |
उत्तराधिकारी | प्रतापसिंह शाह |
जन्म | १७७९ पुष २७[१] गोरखा दरबार |
मृत्यु | १८३१ माघ १ (५२ वर्ष)[२] देवीघाट नुवाकोट |
जीवनसाथी | इन्द्रकुमारी देवी नरेन्द्रलक्ष्मी शाह |
सन्तान | प्रतापसिंह शाह बहादुर शाह विलासकुमारी |
वंश | शाह वंश |
बाबु | नरभूपाल शाह |
आमा | कौसल्यावती शाह |
धर्म | हिन्दु |
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहवंशीय राजा थिएँ। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्।[३] उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।[४] नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिएँ।[५]
पृथ्वीनारायण शाहले स-साना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिएँ।[६] पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो।[७] १८७१ कात्तिक १८ गते सुरु भएको नेपाल अङ्ग्रेज युद्ध पश्चात् सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनमा रहेको थियो। पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहेका थिएँ। नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही उनको पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल-अङ्ग्रेज नेपाल अङ्ग्रेज युद्ध पछि भएको थियो। वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो। २००९ सालदेखि योगी नरहरीनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको थियो।[८]
पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पुष २७ गते बिहिबार गोरखा दरबारमा पिता नरभूपाल शाह आमा रानी कौसल्यावतीको कोखमा भएको थियो।[९] शाहको हेरविचार महारानी चन्द्रप्रभावतीले गरेकी थिइन् र सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो।[९] धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण भएको मानिन्छ।[९]
उनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसॅंग भएको थियो। गोरखा र मकवानपुरबीच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियालेका थिएँ। सो समयमा गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएँन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौँ उपत्यकालाई विजय गर्ने मनसाय बनाइसकेका थिएँ।[१०] वि.स. १७९८ मा काठमाडौँ आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसँग उनको मितेरी लगाई दरबारमा स-सम्मान लामो अवधिसम्म राखेका थिएँ।[११] गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौँका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई उनीसँग मितेरी लगाएका थिएँ।[१२]
उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सँग वि.सं. १७९४ मा भएको थियो।[१३] मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो तर पछि हेमकर्ण सेन ले असमर्थता जनाएका थिएँ। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।
वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भएका थिएँ। उनले प्रचलित नियम अनुसार आफू राज-सिंहासनमा रहने बित्तिकै माहिला भाइ महिद्दाम्कीर्ति शाहलाई चौतारा पदवी दिएका थिएँ। आफ्ना मुख्यमन्त्री र सेनापति भर्ना गर्नलाई यस अघिका काजी विराज थापा बूढा भैसकेका हुनाले एक योग्य नवयुवकको खोजी गरिरहेका थिएँ। गोरखाका रैतीले भीमराज पाँडेका छोरा कालु पाँडे रोजेका र यिनले लमजुङका राजासँग चलाखीका साथ सन्धी गरी राजनीतिमा योग्यता देखाएका हुनाले यिनैलाई कज्याईँ दिई मुख्यमन्त्री बनाएका थिएँ।
राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौँ उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिएँ। पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा एक सन्धि गरेका थिई जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तमा उल्लेख थियो।
पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराएका थिएँ तर नुवाकोटबाट गोर्खालीहरूले पराजयको सामना गर्नु परेको थियो।[१४]
नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरू सङ्कलनार्थ पृथ्वीनारायण शाह वनारस पुगेका थिएँ। उनले काशी जाँदा शासनको बागडोर जेठी आमा चन्द्रप्रभाका हातमा छोडेका थिएँ। पिता नरभूपालले पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा गोत्र परिवर्तन गरेका थिएँ।[१५] सोहि बेलामा तिर्थ गर्न भनी गएका जाजरकोटका राजा हरी शाहसँग उनले राज्य विस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई वाधा र कुभलो नचिताउने कुराहरू बारे सन्धि गरेका थिएँ।
दोस्रो पटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथि हमला गरेका थिएँ।[१६] यस पटक गोर्खाका १२-२० वर्षसम्मका सबै युवाहरूलाई सशस्त्र तयारी गरीएको थियो भने सैनिकहरूको सङ्ख्या १ हजार भन्दा माथि थियो। यी मध्ये केही सैनिक खेतालाहरूको रूपमा नुवाकोट पुराइएको थियो। तत्पश्चात कालु पाँडेले नुवाकोट रक्षा तैनाथ रहेका जयन्त रानालाई गोर्खामा मिल्नु बाहेक उनको लागि अन्य भलाइ नभएको पत्र पठाएका थिए। तर जयन्त रानाले काठमाडौँ पुगी गोर्खालीहरूबाट सम्भावित आक्रमणको जानकारी दिँदै थप सैनिक र हातहतियार माग गरेका थिएँ। तर उपत्यकामा इन्द्रजात्राको चहलपहल रहेकाले जयप्रकाश मल्लले जयन्त राणाको मागको उपेक्षा गरेका थिएँ। जयन्त रानाको छोरा शङ्खमणी राणाले नुवाकोटको सुरक्षामा तैनाथ रहेकको समयमा गोरखाबाट पृथ्वीनारायण शाह, दलदर्मन शाह, चौतारा विष्णु शाह, काजी शुरप्रताप शाह आदिले नुवाकोटलाई घेरा हाली एकैपटक आक्रमण गरेका थिएँ। दलमर्दन शाहको हातबाट शखमणी राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरेका थिएँ।[१७]
नुवाकोटमा गोरखालीहरूको कब्जा भएकाले नुवाकोटका सिपाहीहरू भागि वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाँडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरेका थिएँ। जयन्त राना यहाँ पक्राउ परेका थिएँ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ जात र ३६ वर्णको साझा फूलबारीको सृष्टि गरेका थिएँ[१८]। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबिसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बूवान क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिएँ।
नुवाकोट र वेलकोटको विजयपछि गोरखालीहरूले लामीडाँडामा कब्जा गरेका थिएँ।[१९] तर तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोरखालीहरूबीच भिडन्तको सम्भावना बढेेेेको थियो। तर पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाई तनहुँको राजा सॅंग सन्धि गर्ने भन्ने खबर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनविच केही समय वार्तालाप भएपछि निर्धारित समयानुसार तिरमा लुकी बसेमा गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई बन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरेका थिएँ। यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.स. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरेका थिएँ। वि.स. १८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसँग युद्ध गर्न परेको थियो। यस युद्धमा गोर्खाले ठुलो जनधनको क्षति बेहोर्न परेको थियो। तर पनि नालदुम, दहचोक, महादेव पोखरी, सिरानचोकको साथै कुलेखानि, इपा, माल्टा आदिमा कब्जा भएकाले गोरखाको सिमाना मकवानपुरसम्म पुग्यो।[२०]
वि.स. १८१४ मा पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गरेका थिएँ।[२१] यसमा गोरखाको तर्फ १२०० सैनिक थिएँ। तर कीर्तिपुरले काठमाडौँ, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग मागेकाले किर्तिपुरतर्फ ३०० जति सैनिक थिएँ। यी दुईपक्षवीच बल्खु खोलामा ६ घन्टासम्म लडाइँ हुँदा धेरै गोरखालीहरूले वीरगति प्राप्त गरेका थिएँ। किर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाचेका थिएँ। कीर्तिपुरको पहिलो युद्धमा विरगती प्राप्त गरेका काजी कालु पाण्डेका ठाउँमा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिएका थिएँ।[२२] वि.स. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरेका थिएँ।
वि.स. १८१९ को भदौ महिनामा वंशराज पाँडे र केहरसिंहले सङ्गठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरूका साथ पठाएको ठुलो सङ्ख्यामा मकवानपुरमा आक्रमण गरेका थिएँ। यहा १० घन्टासम्म लडाइँ चलेको थियो र अन्तत: दिग्वन्ध्न सेनले आत्मसम्पर्ण गरेका थिएँ। [२३]
वि.स. १८२० मा दिग्वन्धन सेनलाई मद्धत गर्ने निहुमा तनहुँका राजा त्रिविक्रम सेन, पाल्पाको राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधिनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवाङ्गली, धौराली, लकान्कोटमाथि आक्रमण गरी लुटपाट गरेका थिएँ।
वि.स. १८२१ को भदौ महिनामा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा किर्तिपुर माथि दोस्रो आक्रमण भएको थियो। यस युद्धमा पनि कीर्तिपुरलाई पहिले जस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभए पनि किर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गोपुर किल्ला तोडी किर्तिपुरमा प्रवेश गर्ने मौका दिएनन्। यस युद्धमा कीर्तिपुरद्वारा निसाना लगाइएको तिरबाट शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केही फौज फर्कन वाध्य भएका थिएँ।[२४]
किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिएँ। उनले चारैतिरबाट गोपुर किल्लालाई घेरी खेतालाका रूपमा केही सैनिक कीर्तिपुर पठाएका थिएँ। त्यसबखत किर्तिपुरमा धान भित्राउने समय परेकाले वंशराज कीर्तिपुरेहरूलाई आत्मसम्पर्ण गर्न भनेका थिएँ। यो युद्धमा किर्तिपुरलाई छिमेकी राज्यहरूबाट सैनिक सहयोग भएको थिएँन। वि.स. १८२२ चैत ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरेका थिएँ।[२५]
वि.स १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभिम शाहसँग आफ्ना छोरी विलासकुमारीको विवाह गराई मैत्री सम्बन्ध कायम गरेका थिएँ। छिल्ली, दाङ, देउखरीलाई दाइजोको रूपमा दिएका थिएँ।
किर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसँग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिएँ। तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अङ्ग्रेजहरूसँग सैनिक तथा हातहतियारको सहयोग मागेका थिएँ। राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुँदै काठमाडौँ तिर बढेको थियो। यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाँडे र वीरभद्र उपाध्याय र वंशु गुरुङको समूह ढुङ्गेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रूपमा चढाई गरे भने अघि बढीसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अङ्ग्रेज फौज आफुसँग रहेको हातहतियार र बन्दुकहरू छाडी आफ्नो प्राण बचाउन जङ्गलतर्फ भागाभाग गरेका थिएँ।[२६]
पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक सङ्कट छाएको थियो। त्यसमा पनि काठमाडौँका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र संकालु प्रवृतिका भएकाले रानी र भारदारहरू रिसाई उनलाई पदच्युत गरी उनका छोरा राज्यप्रकाश शाहलाई राजा बनाएका थिएँ। तर पछि उनले पुन: आफ्नो सत्ता प्राप्त गरे तर उनलाई आफ्नो छोरा, रानी र भारदारहरूको सहानुभूति प्राप्त भएन। आफ्नो शक्ति कायम राख्न विदेशी सैनिक झिकाई देवी देवताको गुठि मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिएँ भने विदेशी सैनिकलाई बढी तलब समेत दिने गरेकाले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो।
यस्तो स्थति बुझेर पृथ्वीनारायण शाहले वि.स. १८२५ असोज १३ मा इन्द्र जात्राको समय पारि नरदेवी, टुडिखेल र भिमसेनस्थान गरी ३ तर्फबाट आक्रमण गरी कान्तिपुर माथि विजय गरेका थिएँ। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिह मल्लका गई शरण लिएका थिएँ। वि. स. १८२५ असोज २५ गते पृथ्वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई आत्मसम्पर्ण गराउन पठाएका थिएँ। पाटनका राजा विना कुनै युद्ध भागेका थिएँ।
काठमाडौँका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगेका थिएँ। राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अङ्ग्रेजसँग समेत सीक सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिंंह थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाएका थिएँ। भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भएको थियो। झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भएको थियो। हार स्वरूप वि.स. १८२६ मङ्सिर १ गते रणजित मल्लले आत्मसमर्पण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोलि लागेको थियो। उनको इच्छा अनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाई दिएका थिएँ ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छा बमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाएका थिएँ। त्यहाँ पुगेको १८ महिना पछि उनको मृत्यु भएको थियो। ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरिएको थियो।
उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स। १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स। १८२८ मा घमासान युद्ध भएको थियो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरू पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौँ पुगेका थिएँ। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरूको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिएँ। यो पराजयले गोर्खालीहरूको महत्त्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरूमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।[२७]
वि.सं. १८३१ (सन् १७७४) मङ्सिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परेका थिएँ। स्वास्थ्य झन्-झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगिएको थियो। नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भएको थियो।[२८] कतै कतै सिकार खेल्न गएको बेलामा बाघको आक्रमणमा परी गहिरो चोट परी घाइते भएको हिँदा मृत्यु भएको समेत उल्लेख छ।[२९] घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरू दिएका थिएँ, जसलाई 'दिव्योपदेश' समेत भनिन्छ। [३०] "नेपाल दुई ढुङ्गाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।" इत्यादि सान्दर्भिक उपदेशहरू पृथ्वीनारायण शाहले दिएका थिएँ।[३१] माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा उकुच र ठेउला आएर नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको सङ्गम 'मोहन तिर्थ' वा देवीघाटमा उनको मृत्यु भएको थियो।[३२]
पृथ्वीनारायण शाहले आर्थिक समृद्धिका बारेमा पनि धेरै कुरा व्यक्त गरेका छन्। मुलुक गरिब भयो भने सुरक्षित रहन सक्दैन भन्ने उनको मान्यता रहेको थियो। सरकारले कर उठाउनका लागि कसैलाई ठेक्का नदिइकन आफैँले सो कार्य गर्नु पर्छ भन्ने उनले धारणा रहेको थियो।[३३] तात्कालिक समयमा, उनले पूर्व र पश्चिमको बाटोहरू बन्द गर्दै काठमाडौँसम्मको यातायातको बाटो खुलाउने इच्छा राखेका थिएँ।पृथ्वीनारायण शाहले स्थानीय उत्पादनलाई जोड दिएका थिएँ। उनको कृति दिव्योपदेशमा उनले विदेशी व्यापारीहरू नेपाल प्रवेश गरेभने यसलाई मरुभूमि बनाएर छोड्ने धारणामा रहेका थिएँ।[३४] यस्तै सन्दर्भमा उनले विदेशी कपडा लगाउनलाई बहिष्कार गर्ने सल्लाह दिएका थिएँ र स्थानीय मानिसहरूलाई कपडा बुन्न प्रशिक्षण समेत दिएका थिएँ। स्थानीय सम्पत्ति देशबाट बाहिर जान नहुने उनको विश्वास रहेको थियो। उनले नेपाली जडिबुटीलाई विदेशी भूमिमा बेच्न र यसबाट प्राप्त सम्पत्तिलाई देशमा फिर्ता ल्याउन प्रोत्साहित गरेका थिएँ। उनी पैसा देश भित्र मात्र रहेको हेर्न चाहन्थे। उनले प्रसिद्ध भनाइमा उनले, "प्रजा मोटो भए दरबार पनि बलियो रहन्छ" भनेर बताएका थिएँ।[३५]
पृथ्वीनारायण शाहले किल्लाहरू निर्माणमा जोड दिएका थिएँ। उनले नेपालको भूमिलाई भगवान आफैले बनाएको प्राकृतिक किल्लाको रूपमा लिएका थिएँ। उनले शिवपुरी, फूलचौकी, चन्द्रगिरी, महादेवपोखरी, पालुङ, डापाचा र काहुलेमा बलियो किल्ला तयार पार्न र प्रत्येकमा तोप राख्न सुझाव दिएका थिएँ।[३६] भन्ज्याङमा फलामेका ढोकाहरू निर्माण गर्न र ती सबैमा तोपहरू तयारी अवस्थामा राख्ने गरि उनले निर्माण गराएका थिएँ जसमा उनले देशलाई जासूस, शरणार्थी, हत्यारा आदिबाट जोगाउने विश्वास गरेका थिएँ।[३७]
पृथ्वीनारायण शाहमा धार्मिक श्रद्धा निकै रहेको थियो। यीनी काली र गोरखनाथका उपासक थिए। यसकारण ले उनले आफ्ना छापमा आफ्नो नाम नलेखी कालीको नामान्तर भवानी र यिनको हतियार खड्ग राखिदिए। कालीका पूजामा सिन्दूरको प्रयोग हुने हुनाले यो छापमा लगाउँदा पनि सिन्दूरकै व्यवहार गर्ने नियम गरे। यस कारण यो छाप लालमोहर भन्ने नामले प्रसिद्ध भयो। राज्य भवानीको हो, संरक्षक मा हुँ भन्ने भावना यिनको मनमा थियो। यिनका उत्तराधिकारी महाराजहरूले पनि यस छापलाई आफ्नो छाप मानेर त्यस भावनालाई कायमै राखे। पृथ्वीनारायण शाहले चाँदीका टकमा एकापट्टि आफ्नो नाम राखेर अर्कापट्टि भवानी र गोरखनाथ को नाम समेत छपाउने नियम गरे। पृथ्वीनारायण शाह सनातन धर्मका पक्षपाती भए पनि बौद्ध धर्मको आदर गर्दथे। यिनले नुवाकोट दखल गरे पछी भोटका सक्य लामाले सिम्भु चैत्य मर्मत गर्न लाग्दा मेरुदण्डको लागि चाहिने अग्राखको लिङ्गो नुवाकोटबाट पथाइदिएका थिए। कीर्तिपुर दखल हुने बित्तिकै त्यहाँका चैत्यका निमित्त केही जमीन दाङ पनि दिए। सेसातका मल्ल राजाहरोका इष्टदेवता टावर वा तलेज्यूका पूजाआज्ञा पनि पूर्ववत् कायम राखे। नयाँ रियासत जितिएपछी त्यहाँका देवीदेवताका देवलहरू मर्मत गर्ने र यिनका आजापूजालाई गुठी जमिन बढाइदिने भारदारहरूको पहिलो काम हुन्थ्यो। यस काममा अमरसिंह थापा (बडा) विशेष प्रसिद्ध थिए.[३८]
मेरा साना दुखले आर्ज्याको मुलुक होइन यो चार जात छात्तिस वर्णको साझा फूलबारी हो सबलाई चेतना भया।
श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह आफ्नो अन्तिम समयमा शेरा दरबार दिएका दिव्योपदेशका कारणले चर्चित छन्। उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ रहेको छ।[३९]
पृथ्वीनारायण नारायण शाहका अनुसार "बुढाहरू मर्दा कोहि अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुरा गतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन्।[४०] पृथ्वीनारायणले आफ्नो अन्तिम समय तिर भारदारहरूलाई उपदेश दिएका दिए। उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन्।[४१][४२]
नाम | जन्म | विवाह | मृत्यु | बच्चाहरू | |
---|---|---|---|---|---|
जीवनसाथी | मिति | ||||
युवराजाधिराज प्रतापसिंह | ५ बैशाख १८०८ | राजेन्द्र लक्ष्मी देवी(अरु थप पनि छन्) | वि.सं। १८४२ | युवराजाधिराज रणबहादुर अधिराजकुमार विदुरबहादुर अधिराजकुमार शेरबहादुर (अरु थप पनि छन्) | |
अधिराजकुमार बहादुर | वि सं ६ असार १८१४ | विद्या लक्ष्मी देवी | वि सं १५ असार १८५४ | अधिराजकुमार रिपू मर्दन अधिराजकुमार शत्रु मन्जन | |
अधिराजकुमारी विलासकुमारी | रणभीम शाह | १७६६ | |||
परिवार |
| |
---|---|---|
घटनाक्रमहरू | ||
सम्बन्धित | ||
नामाकरणहरू |
नेपालका राष्ट्रिय विभूतिहरू | |
---|---|
नेपालको शाह राजपरिवार वंशवृक्ष | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
नेपालका शाहवंशीय राजाहरू | |
---|---|
पृथ्वीनारायण शाह जन्म: २७ पुस १७७९ मृत्यु: १ माघ १९३१ | ||
राजकीय पद | ||
---|---|---|
पूर्वाधिकारी | गोरखाका राजा १७९९–१८३१ | पछिल्लो नेपालको राजाको रूपमा |
पूर्वाधिकारी गोरखाको राजाको रूपमा | नेपालको राजा १८३१–१८३४ | पछिल्लो प्रतापसिंह शाह |