टिकटक

भिडियो साझेदारी अनुप्रयोग

टिकटक, (चिनियाँ: 抖音) (उच्चारण-दोउयिन) एक प्रख्यात चिनियाँ भिडियो साझेदारी गर्ने सामाजिक सञ्जाल सेवा हो जुन जुजि थाओदोङ (बाइटडान्स : अनुवादित शीर्षक) नामक चिनियाँ प्रविधि कम्पनीको स्वामित्वमा रहेको छ।[७][८][९] चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको यसको सेवाको स्थापना सन् २०१२ मा झाङ यिमिङले गरेका थिए। यो प्रतिधि लिप-सिन्क (ओठ समक्रमण), सुखान्त तथा मनोरञ्जक तथा प्रतिभा सङ्ग्रहित भिडियोहरू सृजना गर्न प्रयोग गरिन्छ। यसको आधिकारिक अनुप्रयोग सन् २०१७ मा आइओएस र एन्ड्रोइडको लागि चीन बाहिरका बजारहरूको लागि सुरु गरिएको थियो।[१] बाइटडान्सले यसअघि सेप्टेम्बर २०१६ मा चिनियाँ बजारका लागि दोउयिन (चिनियाँ: 抖 音) सुरु गरेको थियो। टिकटक र दोउयिन समान छन्, तर चिनियाँ इन्टरनेट नियन्त्रण विधि प्रतिबन्धहरूलाई पालना गर्न छुट्टा छुट्टै सेवकहरूमा सञ्चालित छन्।[१०][११] अनुप्रयोगले ३ देखि १५ सेकेन्ड सम्मको ओठ समक्रमण समावेशको श्रव्य दृश्य सार्वजनिक गर्न अनुमति दिन्छ[१२] भने यसले छोटो दोहोरिँदो भिडियोको लम्बाईलाई ३ देखि ६० सेकेन्ड सम्ममा सीमित गरेको छ। यो एसिया, संयुक्त राज्य अमेरिका र विश्वका अन्य भू-भागहरूमा लोकप्रिय छ।[१३][१४] टिकटक चीनमा उपलब्ध छैन, र यसको सेवक अनुप्रयोगहरू उपलब्ध भएका देशहरूमा आधारित छन्।[१५]

टिकटक
निर्माणकर्ता (हरू)बाइटडान्स[१]
मौलिक संस्करणसेप्टेम्बर 2016; ७ वर्ष अघि (२०१६-०९)
स्थिर संस्करण
१४.३.४ / २३ डिसेम्बर २०१९
सञ्चालन प्रणालीआइओएस, एन्ड्रोइड, फायर (सञ्चालन प्रणाली)
आकार३०८.३ मेगाबाइट (आइओएस)[२]
८०.१९ मेगाबाइट (एन्ड्रोइड)[३]
७९.७ मेगाबाइट (फायर सञ्चालन प्रणाली)[४]
उपलब्ध भाषाहरू४० भाषाहरू[५]
प्रकारभिडियो साझेदारी सेवा
अनुमति पत्रप्रयोगका सर्त सहितको स्वामित्व सफ्टवेयर
अलेक्सा क्रम १९५ विश्वव्यापी, जुलाई २०२०[६]
वेबसाइटtiktok.com
douyin.com
दोउयिन (टिकटक)
चिनियाँ 抖音
अनुवादित अर्थ"गुञ्जित ध्वनि"

अक्टोबर २०१८ मा टिकटक संयुक्त राज्य अमेरिकामा सर्वाधिक डाउनलोड गरिएको अनुप्रयोग बन्न सफल भएको थियो उक्त सफलता प्राप्त गर्ने यो पहिलो चिनियाँ अनुप्रयोग हो।[१६] सन् २०१८ मा, यो विभिन्न देशका १८० भन्दा बढी बजारहरूमा र ​​८५ भाषाहरूमा उपलब्ध बनेको थियो। फेब्रुअरी २०१९ मा, दोउयिन सहित टिकटकले, चीनमा एन्ड्रोइड स्थापनाहरू बाहेक, विश्वव्यापी रूपमा एक अरब डाउनलोड पार गरेको थियो।[१३] सन् २०१९ मा, टिकटकले सन् २०१० देखि २०१९ सम्मको दशकको ७औं सर्वाधिक डाउनलोड गरिएको मोबाइल अनुप्रयोग बनेको घोषणा गरेको थियो।जुन २०२० देखि, केभिन मायर टिकटकका प्रमुख कार्यकारी र सञ्चालन अधिकृत हुन्।[१७]

इतिहास

विकासक्रम

दोउयिनलाई सेप्टेम्बर २०१६ मा चीनमा बाइटड्यान्सद्वारा सुरू गरिएको थियो।[१८] दोउयिनलाई २०० दिन लगाई विकसित गरिएको थियो, र यसको सञ्चालन एक वर्षमा १० करोड प्रयोगकर्ताहरू यसमा दर्ता भएका थिए। त्यस समयमा यसमा हरेक दिन १ अरब भन्दा बढी श्रव्य दृश्यहरूको अवलोकन गरिएको थियो। टिकटकलाई सेप्टेम्बर २०१७ मा अन्तर्राष्ट्रिय बजारमा प्रक्षेपण गरिएको थियो। २३ जनवरी २०१८ मा, टिकटक थाइल्याण्ड र अन्य देशहरूमा अनुप्रयोग भण्डारहरूमा नि: शुल्क मोबाइल अनुप्रयोग डाउनलोडहरूको बीचमा शीर्ष स्थानमा उक्लन सफल भएको थियो।[८][१९][२०]

मोबाइल अनुसन्धान केन्द्रले चीनमा एन्ड्रोइड प्रयोगकर्ताहरूलाई समावेश नगर्ने तथ्याङ्ककालाई जारी गर्दै अमेरिकामा टिकटकलाई लगभग ८ करोड र विश्वव्यापी रूपमा ८० करोड पटक डाउनलोड गरिएको बताएको थियो जसमा जिमी फलन र टोनी हक सहितका प्रख्यात व्यक्तित्वहरू नोभेम्बर २०१८ मा अनुप्रयोगमा सामेल भएका थिए।[२१]

३ सेप्टेम्बर २०१९ मा, टिकटक र एनएफएलले बहु वर्ष साझेदारीको घोषणा गरेका थिए। साझेदारीमा आधिकारिक एनएफएल खाताको सुरूवात समावेश छ जसले विश्वव्यापी अनुयायीहरूका लागि एनएफएलका सामग्रीहरूको प्रस्तुत गर्दछ।[२२]

म्युजिकल्लीसँग समायोजन

९ नोभेम्बर २०१७ मा, टिकटकको अभिभावक कम्पनी, बाइटड्यान्सले प्रतिस्पर्धाी म्युजिकल्लीलाई खरीद गर्न १ अर्ब अमेरिकी डलर खर्च गरेको थियो।[२३] यो साङ्घाई आधारित थियो भने यसको कार्यालय साण्टा मोनिका , क्यालिफोर्नियाको रहेको थियो जसमा यसको सेवाले अमेरिकी युवा युवतीहरूलाई लक्षित गरेको थियो। अमेरिकी युवा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै टिकटक र म्युजिकल्ली २ अगष्ट २०१८ मा समायोजित भएका थिए जसको उद्देश विद्यमान खाता र डाटालाई एक अनुप्रयोगमा संरक्षित गरी एक ठूलो श्रव्य दृश्य समुदाय सृजना गर्नु थियो जसमा यसको शीर्षक टिकटक राखिएको थियो। म्युजिकल्ली एक सामाजिक सञ्चार माध्यम श्रव्य दृश्य मञ्च हो जसले प्रयोगकर्ताहरूलाई छोटो ओठ समक्रमण र सुखान्त श्रव्य दृश्यहरू सृजना गर्न अनुमति दिन्थ्यो। यसको आधिकारिक रूपमा सुरुवात अगष्ट २०१४ मा भएको थियो।[२४]

अन्य बजारहरूमा विस्तार

सन् २०१८ सम्ममा, टिकटक १५० भन्दा बढी बजारमा र ७५ वटा भाषाहरूमा उपलब्ध छ। सान फ्रान्सिस्कोमा अवस्थित अनुप्रयोग विश्लेषक मञ्च सेन्सर टावरले सिएनबिसिलाई प्रदान गरेको तथ्याङ्कका अनुसार सन् २०१८ को पूर्ण आधा अवधिमा टिकटकलाई एप्पलको एप स्टोरमा १० करोड ४ लाख भन्दा बढी पटक डाउनलोड गरिएको जनाएको थियो। त्यस समयावधिमा यो फेसबुक, युट्युबइन्स्टाग्रामलाई पार गरी संसारको सर्वाधिक डाउनलोड गरिएको आईओएस अनुप्रयोग बन्न सफल भएको थियो। [२५]

दोउयिन

टिकटकबाट छुट्टै अनुप्रयोगको रूपमा, दोउयिन विकासकर्ताको वेबसाइटबाट उपलब्ध छ र सेप्टेम्बर २०१६ मा सुरु देखि यसले अनुप्रयोगमा सोही शीर्षक कायम गरिरहेको छ। फेब्रुअरी २०१८ मा, दोउयिनले सङ्गीत मुद्रिकरण गर्नका लागि आधुनिक स्काईको साथ साझेदारीको सुरु गरेको थियो। १६ जुलाई २०१८ मा, दोउयिनको विश्वव्यापी मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्यामम उल्लेखनिय रूपमा वृद्धि भई ५० करोड पुगेको थियो। नोभेम्बर २०१९ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी सामाजिक सञ्जाल म्युजिकल्लीलाई टिकटकले अधिग्रहण गरेको सम्बन्धमा अनुसन्धान गर्ने घोषण गरेको थियो।[१]

विशेषता

टिकटक मोबाइल अनुप्रयोगले प्रयोगकर्ताहरूलाई आफ्नै छोटो श्रव्य दृश्य सृजना गर्न अनुमति दिन्छ जसले प्रायः पृष्ठभूमिमा सङ्गीत सुविधा प्रदान गर्दछ। यसलाई चाहेको खण्डमा गति बढाउन, गति कम गर्न वा छनौटसँग सम्पादन गर्न सकिन्छ।[२६]र अनुप्रयोगसँग साङ्गीतिक श्रव्य दृश्य सृजना गर्नका लागि प्रयोगकर्ताहरूले विभिन्न पृष्ठभूमिमा छुट्टै किसिमका सङ्गीत छनौट गर्न सक्दछन् जसलाई छनौटको साथ सम्पादन गर्न पनि सकिन्छ र १५ सेकेन्डको उक्त श्रव्य दृश्यलाई उर्ध्वभरण गर्नु अघि गति समायोजनको साथ कैद गर्न सकिन्छ र उक्त निर्मित श्रव्य दृश्यलाई टिकटक सहित अन्य सामाजिक सञ्जाहरूमा साझेदारी गर्न पनि सकिन्छ। प्रयोगकर्ताहरूले लोकप्रिय गीतहरूमा छोटो ओठ समक्रमण सहितको श्रव्य दृश्यहरू पनि कैद गर्न सक्दछन्।[२०][२७][२८]

अनुप्रयोगको "प्रतिक्रिया" सुविधाले प्रयोगकर्ताहरूलाई उनीहरूको प्रतिक्रियालाई एक विशिष्ट श्रव्य दृश्यमा कैद गर्न अनुमति दिन्छ, जसमाथि यो सानो विण्डोजमा राखिन्छ जुन पर्दाको वरिपरि चल अवस्थामा रहेको हुन्छ।[२१] यसको "युगल" सुविधाले प्रयोगकर्ताहरूलाई अर्को श्रव्य दृश्य निर्माण गर्न अनुमति दिन्छ जसमा दुईवटा श्रव्य दृश्यहरू फरकफरक पर्दामा समायोजित हुन्छन्। "युगल" सुविधा म्युजिकल्लीको अर्को व्यापारी प्रतिक हो।[२९][३०]

अनुप्रयोगले प्रयोगकर्ताहरूलाई तिनीहरूको खाताहरू "निजी" रूपमा राख्न अनुमति दिन्छ त्यस्ता खाताहरूको सामग्री टिकटकमा दृश्यात्मक रूपमा रहन्छन्, तर खातावालाले उनीहरूको सामग्रीलाई अवलोकन गर्न अधिकार नदिनेहरूका लागि टिकटकले उक्त प्रयोगकर्ताहरूलाई निशेध गरेको छ।[३१] प्रयोगकर्ताहरूले अन्य कुनै प्रयोगकर्ता, वा केवल साथीहरू, उनीहरूसँग कुराकानी, सन्देश, "प्रतिक्रिया" वा "युगल" श्रव्य दृश्य मार्फत उनीहरूसँग अन्तर्क्रिया गर्न सक्दछन् भन्ने बारेमा छनौट गर्न सक्दछन्।[३२] प्रयोगकर्ताहरूले कुनै विशिष्ट श्रव्य दृश्यलाई खाता निजी भए वा नभएपनि या त "सार्वजनिक", "मित्रहरूका लागि मात्र", वा "निजी" लाई छनौट गर्न सक्दछन्।[३०][३३][३४]

टिकटकमा "तपाईंको लागि" नामक पृष्ठ अनुप्रयोगमा उनीहरूको अघिल्लो कार्यहरूमा आधारित सिफारिश श्रव्य दृश्यहरूको सङ्ग्रह हो जसले प्रयोगकर्ताहरूलाई मनपर्ने सामग्रीहरूको समावेश गर्दछ।[३५] १६ वर्ष वा टिकटकको नीति भन्दा माथि रहेमा प्रयोगकर्ताहरूलाई केवल "तपाईंको लागि" पृष्ठमा चित्रित गर्न सकिन्छ।[३६] १६ वर्ष मुनिका प्रयोगकर्ताहरू "तपाईंको लागि" पृष्ठ र कुनै ह्यासट्याग भित्र देखा पर्ने छैनन्। प्रयोगकर्ताहरूले श्रव्य दृश्य, ह्यासट्याग, छनोट, र ध्वनिरहरू उनीहरूको "बचत गरिएको" खण्डमा थप्न सक्दछन्।[३७] यो खण्डलाई प्रयोगकर्ताहरूको प्रोफाइलमा मात्र देख्न सकिन्छ[३८] जसको प्रयोग गरी प्रयोगकर्ताहरूले बचत गरेका कुनै पनि श्रव्य दृश्य, ह्यासट्याग, छनोट, वा ध्वनि अरूलाई सिफारिस गर्न सक्दछन्।[३९]

कृत्रिम बुद्धिमत्ता

टिकटकले सामग्रीको साथ उनीहरूको अन्तरक्रिया मार्फत प्रयोगकर्ताहरूको रुचि र प्राथमिकताहरूलाई विश्लेषण गर्नका लागि कृत्रिम बुद्धिमत्ताको उपयोग गर्दछ, र यसले प्रत्येक प्रयोगकर्तालाई एक व्यक्तिगत सामग्री सङ्गालो प्रदर्शन गर्दछ।

प्रयोगकर्ता विशेषता र व्यवहार

प्रयोगकर्ता

सेवा सञ्चालन भएको तीन वर्ष पछि, सेप्टेम्बर २०१६ मा टिकटोकसँग ५० करोड मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका थिए।

जनशाङ्खिकि

अमेरिकामा, ५२% टिकटोक प्रयोगकर्ताहरू आइफोन प्रयोगकर्ताहरू हुन्।[४०] टिकटकसँग तटस्थ लिङ्ग पूर्वाग्रह ढाँचा रहेको छ, जसका अनुसार यसमा ४४% टिकटक प्रयोगकर्ताहरू महिला र ५६% पुरुष रहेको देखाएको छ। टिकटकको भौगोलिक प्रयोगले ४३% नयाँ प्रयोगकर्ताहरू भारतका मानिसहरू भएको देखाएको थियो।[४१] टिकटकले युवा पुस्तालाई आकर्षित गरेको प्रमाणित गरेको छ, किनकि यसका ४१% प्रयोगकर्ताहरू १६ देखि २४ वर्षका बीचका छन्। एक सर्वेक्षणका अनुसार, टिकटक प्रयोगकर्ताहरूमध्ये ९०% ले दैनिक रूपमा अनुप्रयोग प्रयोग गर्ने बताएका थिए। [४०]

प्रयोगकर्ता संलग्नता

टिकटकको प्रयोगकर्ता संलग्नता दर २९% रहेको छ। जुलाई २०१८ सम्ममा, प्रयोगकर्ताहरूले दिनको औसत ५२ मिनेट अनुप्रयोगमा खर्च गरेको तथ्याङ्कमा जनाइएको छ। बाइटड्यान्सले, अमेरिकी प्रयोगकर्ताहरूले दिनमा आठ पटक अनुप्रयोग खोल्ने बताएको थियो।[४१]

प्रचलनहरू

टिकटक भित्र विभिन्न प्रकारका प्रचलन/प्रवृत्तिहरू रहेको छ जसमा मिम, ओठ समक्रमण गरी सार्वजनिक गरिएका गीतहरू र सुखान्त समावेश छ। युगल, एक सुविधा हो जसले प्रयोगकर्ताहरूलाई मौलिक सामग्रीको श्रव्यको साथ अवस्थित श्रव्य दृश्यमा आफ्नै श्रव्य दृश्य थप्नको लागि अनुमति दिन्छ जसले गर्दा यो प्रचलन लोकप्रिय बन्न सफल भएको मानिन्छ। प्रचलन टिकटकमा अन्वेषण पृष्ठ, वा खोज लोगो सहित पृष्ठमा देखाइन्छ। पृष्ठले उच्च प्रदर्शित ह्यासट्याग र अनुप्रयोग बीच चुनौतिहरूको सूची बनाउँदछ। # पिलो च्यालेञ्ज, #फरिवार, #बोतल क्याप च्यालेञ्ज, #मेक एभ्रि सेकेण्ड काउण्ट, #पोज च्यालेञ्ज आदी लोकप्रिय चुनौतीहरू हुन्।

जून २०१९ मा, कम्पनीले ह्यासट्याग # एजुटक प्रस्तुत गरेको थियो जसले ३७ करोड अवलोकन प्राप्त गरेको थियो। यस विकासको अनुसरण गर्दै कम्पनीले मञ्चमा शैक्षिक सामग्री सृजना गर्न एडटेकको साथ साझेदारी गर्न सुरु गरेको थियो।[४२]

लोकप्रिय गीत र प्रचलनहरूको उत्पादन

यस अनुप्रयोगले संसार भरि धेरै प्रख्यात प्रचलन र इन्टरनेट व्यक्तित्वहरू जन्माइरहेको छ। यसले गीतहरूलाई प्रसिद्धि प्रदान गर्दछ, र यसको लोकप्रियता र सामाजिक प्रभावको कारण यो मानिसहरू माझ लोकप्रिय बन्दै गइरहेको छ।[४३][४४][४५][४६][४७][४८] एक अध्ययनले, केवल एक वर्षमा चीनमा छोटो श्रव्य दृश्यहरूको सङ्ख्या ९४.७९ मिलियन पुगेको देखाएको थियो।[४९]

सन् २०१८ को पश्चिमी संसारमा सबैभन्दा प्रख्यात टिकटक मिम आइ लभ फ्राइडेको गीत "मिया खलिफा" (२०१८) हो जसमा उक्त गीत टिकटकमा ४० लाख भन्दा बढी पटक श्रव्य दृश्यमा प्रयोग भएको थियो जसले टिकटकलाई पश्चिमी दर्शकहरूका माझ परिचय गर्न मद्दत गरेको थियो।[५०]

टिकटकले गायक लिल नास एक्सको गीत "ओल्ड टाउन रोड" सन् २०१९ को सबैभन्दा प्रख्यात गीतहरू मध्ये एक भएकोमा विश्वास लिएको छ। गायकहरूको गीत वा सङ्गीत तिनीहरूको मञ्चमा प्रयोग गरिने त्यस बापत दस्तुर पनि नबुझाइने हुँदा यसले केही आलोचना खेपेको थियो।[५१][५२][५३][५४][५५]

शीर्ष खाताहरू

निम्न तालिकाले शीर्ष ५० सर्वाधिक अनुसरण गरिएका पूर्व म्युजिकल्लीसँग समायोजन भएको टिकटक खाताहरूलाई सूचीबद्ध गरेको छ।[४९][५६][५७][५८][५९]

क्र.संप्रयोगकर्ता नाममालिकअनुयायीहरू[६०]
(मिलियनमा)
मनपराइएका[६०]
(मिलियनमा)
विवरणदेशब्रान्ड खाता
@charlidamelioचार्ली डि आमिलियो५५.४३७८४.३नर्तक र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
@lorengrayलोरेन ग्रे४३.२२३७५.३गायिका र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
@zachkingज्याक किङ४२.९४६७.६रङकर्मी र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
@tiktokटिकटक४०.४२१५.०सामाजिक सञ्जाल मञ्च चीन
@addisonreएडिसन रे३९.९२०५५.४नर्तक र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
@riyaz.14रियाज अली३८.४१७३३.९सामाजिक सञ्जाल व्यक्तित्व भारत
@babyarielबेबी एरियल३२.९१७७४.४गायिका, अभिनेत्री, र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
@spencerxस्पेन्सर पोलाङ्को नाइट२९.३६६४.०सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
@mr_faisu_07फैसल शेख२८.२१६९३.८सामाजिक सञ्जाल व्यक्तित्व भारत
१०@brentriveraब्रेन्ट रिभेरा२६.९७०४.४अभिनेता र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
११@gilmhercroesजिल्महर क्रोएस२६.९६८५.२सामाजिक सञ्जाल व्यक्तित्व अरुबा
१२@_arishfakhan_अरिशफा खाा२६.३१०३१.२अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व भारत
१३@jannat_zubair29जन्नत जुबायर रहमानी२५.७६५६.२अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व भारत
१४@nishaguragainनिशा गुरागाईँ२५.२६६९.६सामाजिक सञ्जाल व्यक्तित्व भारत
१५@awezdarbarअवेज दरबार२४.८९९३.७नृत्य प्रशिक्षक र सामाजिक सञ्जाल व्यक्तित्व भारत
१६@flighthouseफाइट हाउस२४.७२१५२.०मनोरञ्जन ब्रान्ड अमेरिका
१७@therockद रक२४.२१३०.३अभिनेता र पूर्व कुस्ती खेलाडी अमेरिका
१८@dixiedamelioडिक्सी डि आमेलिओ२४.१५९५.४सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
१९@kristenhancherक्रिस्टेन हान्चेर२३.९१७०९.४अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व क्यानडा
२०@jacobsartoriusज्याकोब सार्टोरियस२३.४१५०५.४गायक र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
२१@stokestwinsस्टोर्क्स टुइन्स२३.२५७१.१सामाजिक सञ्जाल व्यक्तित्वहरू अमेरिका
२२@livetvम्युजिकल्ली२३.२३.०सामाजिक सञ्जाल मञ्च अमेरिका
२३@willsmithविल स्मिथ२३.०११५.१अभिनेता अमेरिका
२४@tiktok_indiaटिकटक भारत२३.०३७.५सामाजिक सञ्जाल मञ्च भारत
२५@sameeksha_sudसमीक्षा सुद२२.७१०२३.६अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व भारत
२६@dobretwinsलुकास र मार्कस२२.७६५३.८सामाजिक सञ्जाल व्यक्तित्वहरू अमेरिका
२७@jaydencroesजेडन क्रोइस२२.२९७२.३सामाजिक सञ्जाल व्यक्तित्व अरुबा
२८@itsjojosiwaजोजो सिवा२१.६६९७.३गायक, अभिनेत्री, नर्तक, र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
२९@lizzzaलिजा कोशी२१.५२००.३अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
३०@avneetkaur_13अभनित कौर२१.२५०९.९सामाजिक सञ्जाल व्यक्तित्व भारत
३१@jiffpomजिफ पोम२०.९५०८.३सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
३२@justmaikoमाइकल लि२०.३५४०.४सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
३३@gima_ashiगरिमा चौरासिया२०.२५८८.३सामाजिक सञ्जाल व्यक्तित्व भारत
३४@cznburakबुराक ओज्देमिर२०.१३४६.७सामाजिक सञ्जाल व्यक्तित्व तुर्की
३५@savv.labrantसाभानाह लेब्रान्ट२०.०१२८१.१सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
३६@lilhuddyचेस हडसन१९.७१०२८.१सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
३७@laurengodwinलरेन गुडविन१९.२१८०२.२सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
३८@avaniअभयानी ग्रेस१९.०११५८.६सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
३९@jasonderuloजेसन डेरुलो१९.०२३७.०गायक, गीतकार, र नर्तक अमेरिका
४०@jasoncoffeeजेसन कफी१८.५९६५.०सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
४१@selenagomezसेलेना गोमेज१८.४३३.५गायक, अभिनेत्री, र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
४२@piyanka_mongiaप्रियङ्का मोङ्गिया१८.२३५१.०सामाजिक सञ्जाल व्यक्तित्व भारत
४३@camerondallasकामेरून डालस१८.१३०८.३अभिनेता र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
४४@oye_indoriओइ इन्दुरी१७.८५७५.१सामाजिक सञ्जाल व्यक्तित्व भारत
४५@daniellecohnडेनियल ओहन१७.६२०८५.५गायक, नर्तक, अभिनेत्री, र सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
४६@cutybeautykhanब्युटि खान१७.६४८०.८सामाजिक सञ्जाल व्यक्तित्व भारत
४७@joshrichardsजोश रिचर्ड्स१७.४९६३.८सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
४८@joealbaneseजो अल्बानिस१७.४६८२.६सामाजिक सञ्जाल व्यक्तित्व अमेरिका
४९@luckydancer5454लक्की डान्सर१७.२७१३.५सामाजिक सञ्जाल व्यक्तित्व भारत
५०@theshilpashettyशिल्पा शेट्टी१७.२२१३.४अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व भारत
१३ मे २०२० (2020-05-13) अनुसार

प्रतिक्रिया

सन् २०१८ मा, टिकटक एप्पलको अनुप्रयोग भण्डारमा संसारको सबैभन्दा अभिभरण गरिएको अनुप्रयोग बन्न सफल भएको थियो जसमा यसलाई उक्त समयमा १० करोड भन्दा बढी पटक अभिभारण गरिएको थियो। [६१] अध्ययनले, केवल एक वर्षमा चीनमा छोटा श्रव्य दृश्यहरूको सङ्ख्या व्यापक रूपमा वृद्धि हुँदै लगभग करोडको हाराहारी पुगेको देखाएको थियो। [६२]

साइबर अपराध

बालबालिकाहरूका लागि लोकप्रिय नभएको र यौन दुराचारीद्वारा प्रयोग गर्ने सम्भाव्यता रहेको हुँदा[६३] अन्य मञ्चहरू जस्तै, धेरै देशहरूमा पत्रकारहरूले अनुप्रयोगको बारेमा गोपनीयता चिन्ता उठाएका थिए।.[६३][६४][६५][६६] धेरै प्रयोगकर्ताहरूले टिकटकमा जातिय विभेद सहित स्थानीय साइबर धमकी दिएको जनाएका छन्।[६७] डिसेम्बर २०१९ मा, जर्मनेली अङ्कीय अधिकार समूहको एक प्रतिवेदन पश्चात्, टिकटकले साइबर धम्की सीमित गर्ने प्रयोजनमा असक्षम प्रयोगकर्ताहरू र समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक, र पारलैङ्गिक प्रयोगकर्ताहरूको श्रव्य दृश्यहरूलाई उपेक्षा गरेको स्वीकार गरेको थियो।[६८][६९] टिकटक मध्यस्थकर्ताहरूलाई "असामान्य शरीर आकार," "कुरूप अनुहार[७०][७१]," "धेरै चाउरी परेको अनुहार," वा "फोहोर वस्ती, ग्रामीण क्षेत्र" र "जीर्ण आवास" भएका प्रयोगकर्ताहरूलाई दमन गर्न आग्रह गरिएको थियो। [७२][७३]

लत प्रतिको चिन्ता

यसका अतिरिक्त, केही प्रयोगकर्ताहरूले यसलाई चलाउन कठिन भएको भन्दै प्रयोग रोक्न सक्दछन्।[७४] अप्रिल २०१८ मा, दोउयिनमा एक लत-घटाउने सुविधा थपिएको थियो। यसले प्रयोगकर्ताहरूलाई प्रत्येक ९० मिनेटमा विश्राम लिन प्रोत्साहित गरेको थियो।[७४] पछि सन् २०१८ मा उक्त सुविधा टिकटकको आधिकारिक अनुप्रयोगमा पनि थपिएको थियो। टिकटकले केही शीर्ष प्रभावकर्ताहरूको उपयोग गर्दै दर्शकहरूलाई अनुप्रयोग प्रयोग गर्न रोक्न र एक विश्राम लिन प्रोत्साहित गरेको थियो।[७५]

प्रयोगकर्ताहरूले छोटो वा १५ सेकेन्डको श्रव्य दृश्यहरू बारम्बार हेर्दछन् र सोही माथि गरिएको एक अध्ययनहरू, यसले ध्यान अवधिमा कमी ल्याउन सक्ने निष्कर्ष लिकालेका छन्।[७६] धेरै टिकटकका दर्शकहरूमा साना उमेरका बालबालिकाहरू पनि समावेश छन्, जहाँ उनीहरूको दिमाग विकासशील अवस्थामा जुन एक चिन्ताको विषय हो।[७७][७८]

प्रयोगकर्ताको गोपनियतामा चासो

गोपनीयता चिन्ता पनि अनुप्रयोगको सन्दर्भमा ल्याइएको छ। यसको गोपनीयता नीतिमा, यसले प्रयोग जानकारी, इन्टरनेट सौजन्यविधि ठेगानाहरू, प्रयोगकर्ताको मोबाइल सञ्चालन, अद्वितीय उपकरण पहिचानकर्ता, कुञ्जी ढाँचा, र स्थान आँकडाहरूलाई यसले अन्य आँकडा बीचमा सङ्कलन र सूचीबद्ध गर्दछ।[७९][८०] वेब विकासकर्ता तलाल हज बकरी र टमी म्यस्कले अनुप्रयोगका प्रयोगकर्ताहरूद्वारा एचटिटिपी मार्फत श्रव्य दृश्य तथा अन्य सामग्री साझा गर्न अनुमति दिनाले प्रयोगकर्ताहरूको आँकडाको गोपनीयतालाई जोखिममा राख्ने दावी गरेका छन्।[८१][८२] जनवरी २०२० मा, चेक पोइन्ट नामक एक संस्थाको एक अनुसन्धानले टिकटकमा एउटा सुरक्षा त्रुटि पत्ता लगाएको खुलासा गरेको थियो[८३] जसले ह्याकरहरूलाई संक्षिप्त सन्देश सेवा प्रयोग गरेर प्रयोगकर्ता खाताहरूमा पहुँच गर्न सक्दछन्।[७७]

फेब्रुअरीमा, रेडेटका प्रमुख कार्यकारी अधिकृत स्टीभ हफम्यानले अनुप्रयोगको आलोचना गरेका थिए।[८४] उनको भनाई अनुसार," म उक्त अनुप्रयोगलाई मौलिक रूपमा परजीवी ठान्दछु, औँठाछाप प्रविधि उनीहरूले प्रयोग गर्ने कुरा वास्तवमै भयानक छ, र म‌ैले मेरो मोबाइलमा त्यस्तो अनुप्रयोग स्थापना गर्ने छैन"।[८५][८६] हफम्यानको टिप्पणीलाई जवाफ दिँदै टिकटकले "यी सबै कुराहरू कुनै प्रमाण नभएको र आधारहीन भएको आरोप लगाइएको थियो।[८७][८८]

मे २०२० मा, नेदरल्यान्डेली आँकडा संरक्षण प्राधिकरणले बालबालिकाहरूका लागि गोपनीयता सुरक्षाको सम्बन्धमा टिकटक माथि अनुसन्धान गर्ने घोषणा गरेको थियो।[८१] जुन २०२० मा युरोपेली आँकडअ संरक्षण विभागले, टिकटकको प्रयोगकर्ता गोपनीयता र सुरक्षा अभ्यासहरू जाँच्नका लागि कार्यदल गठन गर्ने घोषण गरेको थियो।[८९][९०][९१]

राष्ट्रिय सुरक्षा चिन्ता

जनवरी २०१९ मा, एक थिङ्क ट्याङ्क नामक एक अमेरिकी संस्थानको अनुसन्धानले टिकटकलाई "ह्वावेको समान समस्या" भनेर वर्णन गरेको छ जसले पश्चिमाहरूलाई राष्ट्रिय सुरक्षा खतरामा पार्न सक्ने बताएको थियो।[९२]यसमा सशस्त्र सेनाका कर्मचारी र यसको चिनियाँ मूल कम्पनीलाई स्थान, तस्वीर र अन्य विभिन्न आँकडा पुर्‍याउने कथित क्षमता समावेश छ जसले कानुनी रूपमा चिनियाँ इन्टरनेट सुरक्षा कानून अन्तर्गत चीन सरकारसँग आँकडा साझा गर्न असमर्थ छ।[९३]पर्यवेक्षकहरूले बाइटडान्सका संस्थापक तथा कार्यकारी झाङ यिमिङले सन् २०१८ मा एउटा चिठ्ठी पठाएको टिप्पणी गरेका थिए जसमा उनले आफ्नो कम्पनीले चीनको साम्यवादी दलसँग "अझ बढी गहन सहयोगको अपेक्षा गर्दै आफ्नो नीतिहरू लाई बढावा दिन प्रोत्साहित गर्नेछ।[९४][९५] टिकटकको मूल कम्पनी बाइटडान्सले टिकटक चीनमा उपलब्ध नभएको र यसको आँकडा चीन बाहिर भण्डार गरिएको दावी गरेको थियो।[९६][९७] यसको गोपनीयता नीतिले चिनियाँ अधिकारीहरूसँग कुनै पनि जानकारी साझा गर्ने अधिकार सुरक्षित गरेको पनि कम्पनीले बताएको थियो।[९८]

राष्ट्रिय सुरक्षा, नियन्त्रण पद्धति, र प्रतिक्रिया विरोधी अनुपालनको प्रतिक्रियामा, अक्टोबर २०१९ मा, व्यवस्थापिकाका सदस्य मार्को रूबियोको संयुक्त राज्य अमेरिकामा विदेशी लगानी समिति अन्तर्गत टिकटक र यसको अभिभावक कम्पनी बाइटडान्समा अनुसन्धान सुरु गर्न आग्रह गरेका थिए।[९९] सोही महिना व्यवस्थापिकाका अर्का सदस्य टम कटन र चक शुमरले राष्ट्रिय गुप्तचर संस्थाका निर्देशकलाईएउटा संयुक्त पत्र पठाउँदै टिकटक र यसको मूल कम्पनीको सुरक्षामा समीक्षा गर्न अनुरोध गरेका थिए।[१००][१०१] बेलायती सूचना आयुक्तले प्रयोगकर्ताका कलिला प्रयोगकर्ताको सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएको छ कि छैन भनेर छानबिन सुरु गरेको खुलासा गरेका थिए।[१०२]

नोभेम्बर २०१९ मा, संयुक्त राज्य अमेरिकाको विदेशी लगानी समितिले टिकटकले गरेको म्युजिकल्लीको अधिग्रहणमा एक अनुसन्धान सुरु गरेको बताएको थियो।[१०३]स‍ोही महिना, व्यवस्थापकीय सदस्य चक शुमरको अनुरोध पछि अमेरिकी सेनाका सचिव रायन म्याकार्तीले टिकटकलाई भर्ती उपकरणको रूपमा प्रयोग गर्ने जोखिमहरू आँकलन गर्न सहमत भएका थिए।[१०४][१०५][१०६] अमेरिकी रक्षा दलले टिकटकको प्रयोगमा बन्देज लगाएसँगै अस्ट्रेलियाले पनि सो कदमको अनुसरण गरेको थियो।[१०७]

नियन्त्रण पद्धति

३ जुलाई २०१८ मा, इन्डोनेसियामा टिकटक प्रतिबन्धित भएपछि इन्डोनेसियाली सरकारले "अश्‍लील, अनुपयुक्त र ईश्वरनिन्दा लगायतका सामग्रीहरूको प्रचार गर्ने आरोप लगाएको थियो।[१०८] त्यसको लगत्तै पछि, टिकटकले इन्डोनेसियामा टिकटकका सामग्रीमा नियन्त्रण गर्नका लागि २० कर्मचारीलाई सपथ दिएको थियो र प्रतिबन्धको २० दिन पश्चाथ् टिकटक माथि लागेको प्रतिबन्ध हटाइएको थियो।[९२][१०९][११०][१११]

नोभेम्बर २०१८ मा, बङ्गलादेश सरकारले टिकटक अनुप्रयोगको इन्टरनेट पहुँच रोकेको थियो, यद्यपि टिकटक प्रतिबन्धको कारणसँग कुनै सम्बन्ध रहेको थिएन।[१०९][११२]

सन् २०१८ मा पनि, दोउयिनलाई "अस्वीकार्य" सामग्री, जस्तै किशोरावस्थाको गर्भधारण चित्रण गर्ने श्रव्य दृश्यहरू प्रदर्शन भएको भन्दै चिनियाँ सञ्चार माध्यम वाचडग्सले दोउयिनलाई हपारेको थियो।[१०८]

जनवरी २०१९ मा, चिनियाँ सरकारले दोउयिन जस्ता अनुप्रयोगहरू मार्फत साझा गरिएको सामग्रीको लागि बाइटडान्स जस्ता उत्तरदायी विकासकर्तालाई कडा निगरानी गर्ने र १०० प्रकारका सामग्रीहरू सूचीबद्ध गर्दै त्यसलाई नियन्त्रण गर्ने जनाएको थियो।[११३] चिनियाँ साम्यवादी दललाई प्रतिकूल पार्ने केही सामग्रीहरू सन् २०१९ हङकङको विरोधमा सम्बन्धित सामग्री जस्तो चीन बाहिरका प्रयोगकर्ताहरूको लागि पहिले नै सीमित गरिएको बताएको छ।[१११] टिकटकले चीनमा मानवअधिकार सम्बन्धी श्रव्य दृश्यहरू अवरुद्ध गरेको छ , विशेष गरी ती शिनज्याङ पुन: शिक्षा शिविर र जातीय तथा धार्मिक अल्पसङ्ख्यक समुदायका दुर्व्यवहार, र उनीहरूद्वारा सार्वजनिक गरिने प्रयोगकर्ताहरूको खाता अक्षम गर्ने जस्ता क्रियाहरू समावेश छ।[११४] टिकटकको नीतिले राजनीतिक दृष्टिकोणमा विवाद र हमला गर्न सक्ने भन्दै भ्लादिमिर पुतिन , डोनाल्ड ट्रम्प , बराक ओबामा र महात्मा गान्धी जस्ता विदेशी नेताहरूको विशिष्ट सूचीसँग सम्बन्धित सामग्रीमा पनि प्रतिबन्ध लगाएको छ।[११५] यसका नीतिहरूले रेसेप तैयिप एर्दगानको आलोचनात्मक सामग्री र कुर्द मानिने सामग्री पनि प्रतिबन्धित गरेको छ।[११६][११७] टिकटकलाई नागरिकता संशोधन ऐनको समर्थन गर्ने र हिन्दू-मुस्लिम एकता प्रवर्धन गर्नेहरूको समर्थन गर्ने प्रयोगकर्ताहरूलाई नियन्त्रण गरिएको जनाइएको थियो।[११८][११९]

फेब्रुअरी २०१९ मा, धेरै भारतीय राजनीतिज्ञहरूले यौन स्पष्ट सामग्री, साइबर हमला, र भ्रामक बारेमा चिन्ता देखाए पछि टिकटकलाई प्रतिबन्ध वा अझ कडा नियमन गर्न आग्रह गरेका थिए र उनीहरूले यसलाई "सांस्कृतिक पतन हुने संज्ञा दिएका थिए। [१२०][१२१][१२२]समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक, र पारलैङ्गिक व्यक्तिहरू प्रति भेदभाव सामाजिक-राजनितीक रूपमा आदर्श मानिएको देशहरूमाटिकटक मध्यस्थकर्ताहरूले यस्तो सामग्रीहरूलाई प्रतिबन्ध गरेका छन्।[१२३] उसका दर्शकहरूलाई हेर्न सहज वा हेर्दा रमाईलो र मनोरञ्जन प्राप्त गर्नका लागि टिकटकले अनुकुल वातावरण सृजना गर्न काम गरेको छ।[११६][१२४]

प्रचार प्रसार

अनुप्रयोगमा इस्लामी राज्यको बारेमा प्रचार प्रसार गर्न जिम्मेवार भएको भन्दै, सन् २०१९ मा, टिकटकले करिब दुई दर्जन खाताहरू हटाएको थियो।[१२५][१२६]

प्रतिबन्धित देशहरू

चीन

१ अप्रिल २०१८ मा, सिसिटिभी समाचारमा उल्लेख भए अनुसार टिकटक जस्तै ख्वाइसो र तोउतियाओ जस्तै अन्य सानो श्रव्य दृश्य साझेदारी मञ्चमा, बालिका गर्भवती महिला, किशोरी आमाहरूको दृश्यहरू उक्त साझेदारी भएको भेट्टाएको थियो।[१२७] ४ अप्रिल मा, चीनको आकाशवाणी तथा दूरदर्शन प्रशासनले उक्त वेबसाइटहरूका प्रमुख व्यक्तित्वसँग गम्भीर रूपमा अन्तर्वार्ता लिएको बताएको थियो।[१२८]सामान्य प्रशासनले उक्त दुई वेबसाइटहरूलाई तुरुन्तै सञ्चित कार्यक्रमहरूको एक विस्तृत सूची पेश गर्न आदेश दिएको थियो, र तुरुन्तै अश्‍लील, हिंस्रक, र हानिकारक मानिने श्रव्य दृश्यहरू मञ्चमा उर्ध्वभरण गर्नका लागि रोक लगाएको थियो। सामग्री उर्ध्वभरण गर्न नयाँ खाताहरूको नियमन, विस्तृत रूपमा अवस्थित खाताहरूको अनुसन्धान, र बन्द प्रकार्य अपनाउनका लागि पनि आदेश दिइएको थियो। [१२७] चीनको आकाशवाणी तथा दूरदर्शन प्रशासनले गैरकानूनी र हानिकारक श्रब्य दृश्यहरू प्रसारण गर्ने वेबसाइटहरूलाई समीक्षकहरू राख्नका लागि प्रोत्साहित गरेको थियो भने यसले अनावश्यक कार्यक्रमहरू प्रसारण गर्न अनुमति छैन भनेर सुनिश्चित गर्नका लागि पनि आग्रह गरेको थियो। सोही समय, दुई वेबसाइटहरू, तोउतियाओ र ख्वाइसोलाई आकाशवाणी, चलचित्र तथा दूरदर्शनको राज्य प्रशासनद्वारा प्रस्ताव गरिए अनुसार सबैले माफी माग्दै, र नयाँ प्रयोगकर्ताहरूलाई श्रव्य दृश्य उर्ध्वभरण गर्नबाट निलम्बन गरेका थिए।[१२९][१३०] ५ अप्रिलमा व्यापक रूपमा आलोचित भएका उक्त सेवाहरूको आधिकारिक अनुप्रयोगलाई एन्ड्रोइड अनुप्रयोग भण्डारबाट हटाइएको थियो।

१० अप्रिल २०१८ मा, प्रशासनले तोउतियाओको दृश्य सेवालाई स्थायी रूपमा अर्थ बन्द गर्न आदेश दिएको थियो। सोही दिन, प्रयोगकर्ताहरूको एक ठूलो सङ्ख्या दोउयिनमा आकर्षित भएका थिए र यसले छिटो श्रव्य दृश्य साझेदारी क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको छ।[१३१] दोउयिनका (टिकटक) अधिकारीका अनुसार "प्रयोगकर्ताहरूलाई राम्रो सेवा प्रदान गर्न", दोउयिनले चौतर्फी रूपमा आफ्नो प्रणालीमा विकास तथा प्रवर्द्धन गर्नेछ र त्यसपछि यसले प्रत्यक्ष प्रसारण र टिप्पणी कार्यहरूलाई निलम्बन गर्दै, र सेवालाई नयाँ स्वरूपमा ल्याउनेछ। आधिकारिक परिचयका अनुसार प्रणालीको वृद्धिले "सामग्री समीक्षा मानकलाई अझ सुधार गर्दछ र समीक्षा प्रक्रियालाई अनुकूलन गर्दछ। यसले मञ्चका सामग्रीहरूको व्यवस्थापनलाई सुदृढ पार्नेछ"।

१८ अप्रिल २०१८ मा, बेइजिङको उद्योग तथा वाणिज्य विभागको हयदियान शाखाले दोउयिनको मुख्य निकाय बेइजिङ विबाओ दृश्य प्रविधि कम्पनी लिमिटेडसँग (चिनियाँको अनुवादित शीर्षक) (चिनियाँ: 北京微博视觉科技有限公司) अन्तर्वार्ता लिएको थियो। अन्तर्वार्तामा, दोउयिनका प्रमुख व्यक्तिले अनुसन्धान फिर्ता गरेका थिए र मञ्चको शङ्कास्पद उल्लङ्घनको सामग्री हटाइएको र विभिन्न निशेधित कुञ्जीहरूलाई प्रतिबन्ध लगाइएको जानकारी दिएका थिए।हयदियान जिल्ला औद्योगिक तथा वाणिज्य शाखाले उद्यमलाई प्रशासनिक अनुस्मारक जारी गर्दै केहि सुझावहरू दिएको थियो। [१३२]

१४ अगस्ट २०१८ मा, इन्टरनेट श्रव्य दृश्य कार्यक्रम सेवा प्रबन्धनको नियमन नगरेको भन्दैआकाशवाणी र दूरदर्शनको राज्य प्रशासनले एक सन्देश जारी गर्दै बेइजिङको सांस्कृतिक बजार प्रशासनिक प्रवर्तन निगमले दोउयिनको स्वामित्वमा रहेको बेइजिङ विबाओ दृश्य प्रविधि कम्पनी लिमिटेडलाई चेतावनी दिँदै जरिवाना तिर्न आवश्यक रहेको बताएको थियो।

इन्डोनेसिया

३ जुलाई २०१८ मा, टिकटकलाई इन्डोनेसियामा प्रतिबन्ध गरिएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसमा धेरै नराम्रा सामग्री रहेको जसले बालबालिकाहरूलाई हानि गर्ने भन्दै प्रतिबन्ध गरिएको बताएको थियो।[१३३][१३४][१३५] प्रतिबन्धको २० दिन पश्चात् वा जुलाई १० मा टिकटक माथि लागेको प्रतिबन्ध हटाइएको थियो।[१३६][१३७]

भारत

३ अप्रिल २०१९ मा, मद्रास उच्च न्यायलयले एक जनहितकारी कानूनको सुनुवाइमा भारत सरकारलाई "यसले अश्‍लील सामग्रीलाई प्रोत्साहित" र "अनुचित सामग्री" देखाउँने भन्दै अनुप्रयोग प्रतिबन्धित गर्न आग्रह गरेको थियो। अदालतले बालबालिकाहरूका लागि अनुप्रयोग प्रयोग गर्दा यौन शोषणमा पर्नेमा समेत ध्यानाकर्षण गरेको थियो।[१३८] अदालतले यसका अतिरिक्त उक्त अनुप्रयोगबाट ती मध्ये कुनै पनि श्रव्य दृश्यहरू प्रसारण नगर्न अपिल गरेको थियो। टिकटकका प्रवक्ताले, स्थानीय कानूनको पालना गरेको र उनीहरूले कारबाही गर्नु अघि अदालतको आदेशको प्रतिक्षा गरिरहेको बताएका थिए।[१३९] १७ अप्रिलमा, दुबै गुगल र एप्पलले आ-आफ्नो अनुप्रयोग भण्डारबाट टिकटकलाई हटाएका थिए। अदालतले यस प्रतिबन्धमाथि पुनर्विचार गर्न अस्वीकार गरेपछि कम्पनीले उनीहरूको सामग्री नीति र दिशानिर्देशनहरूलाई उल्लङ्घन गर्ने ६० लाख भन्दा बढी श्रव्य दृश्यहरू हटाएको कुरा उल्लेख गरेको थियो। [१४०]

२५ अप्रिल २०१९ मा, टिकटक विकासकर्ता बाइटडान्सको आग्रह पछि, तमिलनाडुको अदालतले अनुप्रयोग भण्डार र गुगल खेल भण्डारबाट अनुप्रयोग अभिभारण गर्न निषेध गर्ने आफ्नो आदेशलाई उल्टाउँदा यस माथि लागेको प्रतिबन्ध हटेको थियो। [१४१] भारतमा टिकटक प्रतिबन्धले अनुप्रयोगले १ करोड ५० लाख नयाँ प्रयोगकर्ताहरू गुमाएको थियो। [१४२][१४३][१४४][१४५] यद्यपि सन् २०२० सम्ममा भारतीय प्रयोगकर्ताहरूको सङ्ख्या बढेको छ र टिकटकका भारतीय प्रमुख निखिल गान्धीले सन् २०२० को अन्त्यसम्ममा टिकटकमा भारतीय प्रयोगकर्ताहरूको सङ्ख्यामा कम्तिमा ५०% बढ्ने अपेक्षा गरेका छन्।[१४६]

भारतको सम्प्रभुत्ता र सुरक्षाको निम्ति खतरा भएको भन्दै भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले चीनसँग सम्बन्धित वा चिनियाँ कम्पनीको स्वामित्वमा रहेका विभिन्न ५८ वटा अनुप्रयोगहरूलाई प्रतिबन्ध गर्ने घोषणा गरेको थियो। [१४७][१४८][१४९]

अमेरिका

नोभेम्बर २०१९ मा, ट्रम्प प्रशासनले टिकटकको मूल कम्पनी बाइटडान्सले म्युजिकल्ली माथि सन् २०१७ मा, गरेको अधिग्रहणको बारेमा कम्पनीको राष्ट्रिय सुरक्षा समीक्षा गर्ने घोषण गरेको थियो। [१५०] १७ डिसेम्बर २०१९ मा, अमेरिकी नौसेनाले सरकारी मोबाइल उपकरणहरूमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको थियो।[१५१] यसले चीनका लागि गोप्य सूचना सङ्कलन गर्न सक्ने चिन्ताका कारण प्रतिबन्ध लगाइएको अमेरिकी सेनाले जनाएको थियो।[१५२] जनवरी २०२० मा, अमेरिकी सेनाले पनि सरकारले वितरण गरेको मोबाइल फोनमा टिकटकको स्थापना गर्न प्रतिबन्ध गरेको घोषणा गरेको थियो।[१५३]

कानुनी मुद्दाहरू

थङ्सिनद्वारा मुद्दा दर्ता

थङ्सिनको विच्याट मञ्चले दोउयिन श्रव्य दृश्यहरू प्रतिबन्ध गरेको आरोप लगाइएको थियो।[१५४][१५५] अप्रिल २०१८ मा, दोउयिनले थङ्सिन विरुद्ध मुद्दा दायर गरेको थियो यसको विच्याट मञ्च गलत र हानिकारक जानकारी फैलाएको दावी गरेको थियो र यसका साथै यसले १० लाख युवान क्षतिपूर्ति र माफी माग्न लगाएको थियो।[१५६] जुन २०१८ मा, थङ्सिनले तोतियाओ र दोउयिनको विरूद्ध बेइजिङ अदालतमा मुद्दा दायर गर्दै उनीहरूले बारम्बार थङ्सिनलाई नकारात्मक समाचारका साथ बदनाम गरेको छ र यसको प्रतिष्ठामा क्षति पुर्‍याएको दावी गरेको थियो र यसले पनि दोउयिनलाई क्षतिपूर्ती र माफी माग्न भनेको थियो। यसको जवाफमा, तोउतियाओले भोलिपल्ट थङ्सिनको विरुद्ध अन्यायपूर्ण प्रतिस्पर्धा गरेको आरोप लगाएको र ९ करोड आर्थिक क्षति भएको भन्दै गुनासो गरेको थियो।[१५७]

अमेरिकी बालबालिका अनलाइन गोपनियता ऐन अन्तर्गत जरिवाना

२७ फेब्रुअरी २०१९ मा, संयुक्त राज्य अमेरिकाको सङ्घीय व्यापार आयोगलेले बालबालिकाको अनलाइन गोपनीयता सुरक्षा ऐनको उल्लङ्घन गरेको र १३ वर्ष मुनिका बालबालिकाहरूको सूचना सङ्कलन गरेकोमा अभिभावक कम्पनी बाइटडन्सलाई ५७ लाख अमेरिकी डलर जरिवाना लगाएको थियो।[१५८] बाइटडन्सले यसको जवाफमा बालबालिका मैत्री शैली अपनाउँदै श्रब्य दृश्य उर्ध्वभरण गर्न, प्रयोगकर्ता खाताहरू निर्माण गर्न र प्रत्यक्ष सन्देश पठाउन र अन्यको श्रव्य दृश्यमा टिप्पणी गर्न रोकेको थियो। तथापि, यसले अझै पनि सामग्रीको अवलोकन र कैदलाई अनुमति दिएको थियो।[१५९] मे २०२० मा, एउटा वकिलको समूहले सङ्घीय व्यापार आयोगमा उजुरी दायर गरेको थियो र टिकटकले फेब्रुअरी २०१९ को सहमतिको उल्लङ्घन गरेको जनाएको थियो।[१६०][१६१][१६२][१६३]

टिकटक विरुद्ध प्रतिनिधि मुद्दा

नोभेम्बर २०१८ मा, यसको विरुद्ध क्यालिफोर्नियामा प्रतिनिधि मुद्दा दायर गरिएको थियो र टिकटकले अमेरिकी व्यक्तिहरूको व्यक्तिगत पहिचान योग्य जानकारी चीनमा अवस्थित थङ्सिन र अलीबाबाको स्वामित्वमा रहेको सर्भरमा हस्तान्तरण गरेको छ दावी गरेको थियो।[१६४][१६५][१६६] मुद्दामा टिकटकको अभिभावक कम्पनी बाइटडनन्सलाई उनीहरूको अनुमति बिना प्रयोगकर्ता सामग्री प्रयोग गरेको आरोप लगाएको थियो। मुद्दामा चिनियाँ प्रविधि कम्पनी बायदुलाई जानकारी पठाइएको पनि आरोप लगाइएको थियो।[१६७]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड