मारियो गोट्जे

जर्मनेली फुटबल खेलाडी

मारियो गोट्जे (जर्मनेली उच्चारण: [ˈɡœtsə]; जन्म: ३ जुन १९९२) जर्मनी राष्ट्रिय फुटबल टिम र फुटबल क्लब बोरूसिया डर्टमन्डका आक्रामक मिडफिल्डर हुन् । नम्बर १० मा आफ्नो दमदार भूमिकाको अलावा, गोट्जे बैकल्पिक ९ (फल्स नाइन) का रूपमा र बायाँ वा दायाँ विङ्गरका रूपमा पनि खेल्न सक्षम मानिन्छन् ।

मारियो गोट्जे
व्यक्तिगत जानकारी
पुरा नाममारियो गोट्जे
उचाइ१.७६ मिटर (५ फिट ९ इन्च)[१]
खेल्ने स्थान(हरू)मिड फिल्डर[२]
क्लब जानकारी
वर्तमान टोली
बोरूसिया डर्टमन्ड
सङ्ख्या१०
युवा करियर
१९९५-१९९८एससी रोन्सबर्ग
१९९८-२००१एफसी इन्ट्याच्ट होमब्रच
२००१-२००९बोरूसिया डर्टमन्ड
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००९-२०१३बोरूसिया डर्टमन्ड८३(२२)
२०१३-२०१६बायर्न म्युनिख७३(२२)
२०१६-बोरूसिया डर्टमन्ड६०(१०)
अन्तर्राष्ट्रिय करियर
२०१०-जर्मनी६३(१७)
*क्लब घरेलु लिग उपस्थिति र गोल

२००९ देखि २०१३ सम्म बोरूसिया डर्टमन्डका लागि खेलेका उनले २०१०-११ बुन्डेसलिगा, २०११-१२ डिएफबी पोकल जिताएका थिए भने २०१३ युइएफए च्याम्पियन्स लिग फाइनल सम्म टोलीलाई पुर्याएका थिए । अप्रिल २०१३ मा, €३७ मिलियन मा उनी बायर्न म्युनिख हानिएका थिए । यसले उनलाई मेसुट ओजिल पछीका सबभन्दा महँगा जर्मन फुटबलर बनायो ।[३]

राष्ट्रिय टोलीमा मात्र १८ वर्षको उमेरमा सन् २०१० मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका गोट्जेले २ प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका छन् । उनी जर्मन टोलीका सदस्य थिए जुन टोलीले यूइएफए यूरो २०१२मा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो भने २०१४ फिफा विश्वकप फाइनलमा उनले निर्णायक गोल गरेका थिए ।[४]

क्लब करियर

अन्तराष्ट्रिय करियर

२०१४ फिफा विश्वकप

२०१४ फिफा विश्वकप फाइनलमा गोट्जेले जर्मनीका लागि निर्णायक गोल गर्दा एजीक्वील ग्यारे (देब्रे), मार्टीन डेमिचेलिस (बिच) र अर्जेन्टिनी गोलरक्षक सर्जियो रोमेरो २०१४ फिफा विश्वकप आफ्नो हातबाट चिप्लिएको महसुस गर्दै

खेल्ने तरिका

गोट्जे दाया विङ्ग, बाया विङ्ग, आक्रामक मध्यपंक्ति जहाँबाट पनि खेल्न सक्ने क्षमतावान खेलाडी हुन् । गोट्जेलाई विश्वका उत्कृष्ट युवा फुटबलरहरूमा गनिन्छ जसमा तीव्र वेग, तकनिकी कौसल, ड्रिब्लिङ कला, र प्लेमेकरको भुमिका राम्रोसँग निभाउन सक्ने खुबी छ । बोरूसिया डर्टमन्डमा जर्जेन क्लोपको प्रशिक्षणमा उनी टोलीको ४-२-३-१ संरचनामा फरक फरक भुमिकामा मैदानमा उत्रन्थे । जापानी प्लेमेकर सिन्जी कगावाको डर्टमन्ड सँगको करार अवधि सकिएपछी क्लोपले गोट्जेलाई २०१२-१३ सिजनका लागि आक्रामक मध्यपंक्ति को कमान सम्हाल्ने अवसर दिएका थिए । गोट्जेको प्रतिभालाई जोएचिम लो ले जर्मनी राष्ट्रिय टिममा फल्स ९ का रूपमा प्रयोग गरेका थिए ।

जर्मन फुटबल लेजेन्ड फ्रान्ज बेकेनबउरले गोट्जेलाई “जर्मन मेस्सी"को नाम दिएका थिए । सन् २०१० मा जर्मन फुटबल संघका तत्कालिन प्रबन्ध निर्देशक म्याथीअस सामरले भनेका थिए : "गोट्जे जर्मनीले पाएको हालसम्मकै उत्कृष्ट खेलाडी हुन्"।

फुटबल बाहिर

जर्मनीको मेम्मीनगेनमा जन्मिएका गोट्जेका पिता जर्जेन गोट्जे डर्टमन्ड प्राविधिक विश्वविद्यालय का प्राध्यापक हुन् ।[५][६] मारियो गोट्जेका दाजु फाबियन गोट्जे पनि फुटबलर हुन् ।[७] उनका भाइ फेलिक्स गोट्जे बायर्न म्युनिख यू-१७ टिमबाट खेल्दछन् ।[८] गोट्जेको प्रेमिका एन क्याथरिन ब्रोमेल हुन् । [९] गोट्जे क्रिष्टियन धर्मावलम्बी हुन् ।[१०][११][१२]

करियर तथ्याङ्क

क्लब

क्लब प्रदर्शनलिगकपमहादेशियअन्यजम्माRef.
क्लबलिगसिजनउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोल
जर्मनीलिगडिएफबी-पोकलयूरोपअन्यजम्मा
बोरूसिया डर्टमन्डबुन्डेस लिगा२००९-१०[१३]
२०१०-११३३४१[१४]
२०११-१२१७२६[१५]
२०१२-१३२८१०११४४१६[१६]
जम्मा८३२२२३११६३१
बायर्न म्युनिख२०१३-१४२७१०११४४१५[१७][१८]
२०१४-१५२९१०४४१५[१९]
जम्मा५६१९२१८८३०
करियर जम्मा१३९४११६४४११२०४६१

अन्तराष्ट्रिय

सेप्टेम्बर २०१५ सम्म

जर्मनी राष्ट्रिय टिम
वर्षउपस्थितिगोल
२०१०
२०११११
२०१२
२०१३
२०१४१५
२०१५
जम्मा४६१६

अन्तराष्ट्रिय गोल

गोलमितिस्थानविपक्षीस्कोरनतिजाप्रतिस्पर्धा
१.१० अगस्ट २०११मर्सिडिज-बेन्ज एरिना, स्टुटगार्ट, जर्मनी  ब्राजिल–०३–२मैत्रीपुर्ण
२.२ सेप्टेम्बर २०११भेल्टीन्स-एरिना, गेल्सेनकिर्चेन, जर्मनी  अस्ट्रिया–२६–२यूइएफए यूरो २०१२छनौट
३.७ सेप्टेम्बर २०१२एडब्लुडी-एरिना, हेनोभर, जर्मनी  फरोइ टापु–०३–०२०१४ फिफा विश्वकप छनौट
४.२२ मार्च २०१३एस्टाना एरिना, एस्टाना, काजख्स्तान  कजाख्स्तान–०३–०२०१४ फिफा विश्वकप छनौट
५.२६ मार्च २०१३फ्रान्केनस्टेडीयन, नुरेमबर्ग, जर्मनी  कजाख्स्तान–०४–१२०१४ फिफा विश्वकप छनौट
६.१५ अक्टोबर २०१३फ्रेन्ड्स एरिना, सोल्ना, स्विडेन  स्विडेन–२५–३२०१४ फिफा विश्वकप छनौट
७.५ मार्च २०१४मर्सिडीज-बेन्ज एरिना, स्टुटगार्ट, जर्मनी  चिली–०१–०मैत्रीपुर्ण
८.6 June 2014Coface Arena, Mainz, Germany  आर्मेनिया5–16–1Friendly
९.6–1
१०.21 June 2014Castelão, Fortaleza, Brazil  घाना1–02–22014 FIFA World Cup
११.13 July 2014Estádio do Maracanã, Rio de Janeiro, Brazil  अर्जेन्टिना1–01–02014 FIFA World Cup Final
१२.3 September 2014Esprit Arena, Düsseldorf, Germany  अर्जेन्टिना2–42–4Friendly
१३.14 November 2014Frankenstadion, Nuremberg, Germany  जिब्राल्टार3–04–0UEFA Euro 2016 qualifying
१४.10 June 2015RheinEnergieStadion, Cologne, Germany  संयुक्त राज्य अमेरिका1–01–2Friendly
१५.4 September 2015Commerzbank-Arena, Frankfurt, Germany  पोल्यान्ड2–03–1यूइएफए यूरो २०१६ छनौट
१६.3–1

सम्मान

क्लब

बोरूसिया डर्टमन्ड[२०]
  • बुन्डेस लिगा: २०१०-११, २०११-१२
  • डिएफबी-पोकल: २०११-१२
  • यूइएफए च्याम्पियन्स लिग दोस्रो स्थान: २०१२-१३
बायर्न म्युनिख[२०]

अन्तराष्ट्रिय

जर्मनी

व्यक्तिगत

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड