पेले

ब्राजिली फुटबल खेलाडी (सन् १९४०–२०२२)

एद्सो अरान्तेस दो नासिमेन्तो (ब्राजिली पोर्तुगाली: [ˈɛdsõ(w) aˈɾɐ̃tʃiz du nasiˈmẽtu]; सन् १९४० अक्टोबर २३ – सन् २०२२ डिसेम्बर २९), आफ्नो उपनाम पेले (पोर्तुगाली उच्चारण: [peˈlɛ])को नामले चर्चित एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी थिए जो अग्रपङ्क्ति स्थानबाट खेल्ने गरेका थिए। फिफाद्वारा पेलेलाई 'महानतम्' तथा सबै समयका महान खेलाडीहरू मध्ये एक मानिएको थियो।[१][२] उनी २०औँ शताब्दीको सबैभन्दा सफल र लोकप्रिय खेल व्यक्तित्वहरू मध्ये एक थिए। सन् १९९९ मा उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिले 'एथलिट अफ द सेन्चुरी' घोषित गरेको थियो र टाइमद्वारा उनलाई २०औँ शताब्दीका '१०० सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू'को सूचीमा समावेश गरिएको थियो। सन् २००० मा पेलेलाई इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटिस्टिक्सद्वारा 'शताब्दी विश्व खेलाडी'को रूपमा मतदान गरिएको थियो भने फिफाले उनलाई 'फिफा शताब्दी खेलाडी'का दुई संयुक्त विजेताहरू मध्ये एक घोषणा गरेको थियो। पेलेले आफ्नो जीवनकालमा १,३६३ खेलहरूमा १,२७९ गोल गरेर गिनिज वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराएका थिए।

पेले
सन् १९९५ मा पेले
जन्मएद्सो अरान्तेस दो नासिमेन्तो
(१९४०-१०-२३)२३ अक्टोबर १९४०
त्रेस कोरासोइस, मिनस एराइस, ब्राजिल
मृत्यु२९ डिसेम्बर २०२२(2022-12-29) (उमेर ८२)
साओ पाउलो, साओ पाउलो, ब्राजिल
पेशा
  • फुटबल खेलाडी
  • मानवतावादी
उचाइ१.७३ मी
जीवनसाथी
Rosemeri dos Reis Cholbi
(
वि १९६६; सवि १९८२)
Assíria Lemos Seixas
(
वि १९९४; सवि २००८)
Marcia Aoki
(
वि २०१६)
सन्तान७, एडिन्हो सहित

फुटबल करियर
खेल्ने स्थान(हरू)अग्रपङ्क्ति, आक्रामक मध्यपङ्क्ति
युवा करियर
१९५३–१९५६बाउरु
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
१९५६–१९७४सान्तोस फुटबल क्लब६३६(६१८)
१९७५–१९७७न्युयोर्क कोसमोस६४(३७)
जम्मा७००(६५५)
अन्तर्राष्ट्रिय करियर
१९५७–१९७१ब्राजिल९२(७७)
सम्मान
पुरुष फुटबल
 ब्राजिलको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
विजेता१९५८ स्विडेन
विजेता१९६२ चिली
विजेता१९७० मेक्सिको
दक्षिण अमेरिकी च्याम्पियनसिप
उप-विजेता१९५९ अर्जेन्टिना
*क्लब घरेलु लिग उपस्थिति र गोल
खेलकुद मन्त्री
कार्यकाल
सन् १९९५ जनवरी १ – सन् १९९८ अप्रिल ३०
राष्ट्रपतिफेर्नान्दो हेनरिक कार्दोसो
पूर्वाधिकारी'पद स्थापना'
उतराधिकारीराफाएल ग्रेसा (खेलकुद तथा पर्यटन मन्त्रीको रूपमा)
हस्ताक्षर

पेलेले १५ वर्षको उमेरमा सान्तोस फुटबल क्लब र १६ वर्षको उमेरमा ब्राजिल राष्ट्रिय फुटबल टोलीबाट खेल्न थालेका थिए। आफ्नो अन्तर्राष्ट्रिय करियरको समयमा उनले तीनवटा फिफा विश्वकप जितेका थिए। उनी १९५८,१९६२, तथा १९७० मा आयोजित फिफा विश्वकप जितेर कीर्तिमान बनाएका थिए।यसो गर्ने उनी एकमात्र फुटबल खेलाडी छन्। सन् १९५८ विश्वकप प्रतियोगितापछि उनलाई 'ओ रे' (राजा) उपनाम दिइएको थियो। पेलेले ९२ खेलमा ७७ गोलसहित ब्राजिलका लागि संयुक्त सर्वाधिक गोलकर्ता हुन्। क्लब स्तरमा, उनले ६५९ खेलहरूमा ६४३ गोल गरेका थिए भने सान्तोस फुटबल क्लबका सबै समयका शीर्ष गोलकर्ता थिए। आफ्नो देश ब्राजिलमा, फुटबल खेलमा उनको उपलब्धि र योगदानका कारण पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फुटबल खेलबाट सेवानिवृत भएपछि उनलाई फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको थियो।उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ। गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य रहेका थिए। उनले आफ्नो एक हजारौँ गोललाई ब्राजिलका गरीब बालबालिकाहरूका निम्ति समर्पित गरेका थिए।

प्रारम्भिक जीवन


फुटबल करियर

सन्दर्भ सूची

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड