एस्पेरान्तो

अन्तरराष्ट्रिय मानव निर्मित भाषा

एस्पेरान्तो (अङ्ग्रेजी: Esperanto) सबैभन्दा व्यापक रूपमा प्रयोगमा आएको अप्राकृतिक भाषा हो जुन साजिलैसङ्ग सिक्न सकिने तरिकाले बनाइएको छ। यो भाषा पोल्याण्डका लेइजेर लुद्भिक जामेनहोफले बनाएका हुन्। संसारको विभिन्न भागमा बस्ने मान्छे एक अर्कोसँग सजिलै कुरा गरुन्, सबैले सिक्न सक्ने भाषा होस् भनेर उनले एस्पेरान्तो बनाएका हुन्।

एस्पेरान्तो
Esperanto
एस्पेरान्तोको झण्डा
उच्चारण/esperanto/
सृजनाकर्ता
मातृभाषी वक्ता१ लाखदेखि २० लाख (अनुमानित संख्या)
उद्देश्य
अन्तर्राष्ट्रिय दोस्रो भाषा
  • एस्पेरान्तो
ल्याटिन (एस्पेरान्तो शैली)
सरकारी दर्जा
आधिकारिक भाषा
कुनै
नियामक संस्थाएस्पेरान्तो प्रज्ञा-प्रतिष्ठान (Akademio de Esperanto)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१eo
आइएसओ ६३९-२epo
आइएसओ ६३९-३epo

सन् १८८७ मा जामेनहोफ भाषाको पहिलो किताब लेख्दा, आफैलाई "दोक्तोरो एस्पेरान्तो" भन्ने नाम दिए। त्यस नामको मतलब "आशा गर्ने डक्टर" हो। त्यो नाम पछि भाषाको नाम पनि भयो। किताबको नाम अन्तर्राष्ट्रिय भाषा :− परिचय तथा पूर्ण पाठ्यपुस्तक (Lingvo internacia: antaǔparolo kaj plena lernolibro) थियो।

एस्पेरान्तोको प्रयोग

हालसम्म कुनै देशले पनि एस्पेरान्तोलाई आफ्नो आधिकारिक भाषा नबनाए पनि यो भाषाका प्रयोगकर्ताहरू एक लाख देखि २० लाख सम्म भएको अनुमान छ र करिब एक हजार व्यक्तिहरूले यसलाई आफ्नो मातृभाषाको रूपमा प्रयोग गर्दै आएका छन्। हाल यो भाषालाई अन्तर्राष्ट्रिय सञ्चार तथा भ्रमणको लागि ज्यादा प्रोयग गरेको पाइन्छ।

एस्पेरान्तो भाषामा किताब तथा पत्रिका प्रकाशित हुने गर्दछन्। यस भाषाको विकाषको लागि विभिन्न सम्मेलनहरू पनि हुने गर्दछन्। तीमध्ये सबभन्दा ठूलो बैठक हरेक वर्ष फरक फरक देशमा हुने "विश्व एस्पेरान्तो कङ्ग्रेस" (Universala Kongreso de Esperanto) हो जसमा ६० देशबाट आएको २,००० जना सहभागी हुन्छन्।

एस्पेरान्तो विकिपिडिया पनि छ।

भाषागत विशेषता

एस्पेरान्तोमा शब्द धेरै भाषाबाट आउँछन्। तीमध्ये प्रयाजसो ल्याटिन भाषा र अरू दक्षिण युरोपेली भाषाबाट आउँछन्। त्यसैले कुनै युरोपेली भाषा जानेको व्यक्तिलाई यो भाषा सिक्न निकै सजिलो पर्दछ।

एस्पेरान्तोको वर्णमालामा २८ वटा अक्षर हुन्छ। कुनै अक्षर टोपी लगाउँछन्। एस्पेरान्तो भाषामा Q, W, X, Y अक्षर हुँदैन्। हरेक अक्षरको स्थिर उच्चारण हुन्छ। त्यसकरणले, एस्पेरान्तोमा अन्य युरोपेली भाषाहरूमा जस्तो हिज्जे सिक्नु पर्दैन। यो भाषा जसरी बोलिन्छ, त्यसरी नै लेखिन्छ।

अक्षरउच्चरणटिप्पणी
A
B
Cत्स
Ĉटोपी लगाएको C
D
E
Fउच्चारण नेपाली शैलीले (दुइटा ओठले) होईन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले)।
G
Ĝटोपी लगाएको G।
H
Ĥटोपी लगाएको H। उच्चरण नेपाली ख त होइन; उर्दू खुदाको ख हो।
I
J
Ĵटोपी लगाएको J। उच्चारण अङ्ग्रेजी pleasureको s वा रुसी Ж जस्तो।
K
L
M
Nन (वा ञ वा ङ)न्क वा न्गको सत्तमा, ङ्क र ङ्ग भन्न हुन्छ। न्च वा न्जको सत्तामा ञ्च र ञ्जभन्न हुन्छ।
O
P
R
S
Ŝटोपी लगाएको S। दन्त्य स त होइन; तालव्य श (अङ्ग्रेजी sh) हो।
T
U
Ǔउल्टो थोपी लगाएको U
Vउच्चारण नेपाली शैलीले (दुइटा ओठले) होइन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले)।
Zअङ्ग्रेजी z हो।

उदाहरणको लागी, Mi lernas Esperantonको उच्चारण मी लेर्नास एस्पेरान्तोन हुन्छ। त्यसको अर्थ म एस्पेरान्तो सिक्छु भनेर हो।

Esperanto estas pli facila ol la anglaको उच्चारण एस्पेरान्तो एस्तास प्ली फात्सीला ओल ला आङ्ग्ला हुन्छ। त्यसको अर्थ अङ्ग्रेजीभन्दा एस्पेरान्तो सजिलो हुन्छ भनेर हो।

वाह्य सूत्र

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड