हसन रुहानी

हसन रुहानी (फारसी: حسن روحانی, Standard Persian pronunciation: [hæˈsæn-e ɾowhɒːˈniː] ( ); born Hassan Fereydoun (फारसी: حسن فریدون); १९४८ नोभेम्बर १२ ) [१] [२] ३ अगस्ट २०१३ देखि ३ अगस्ट २०२१ सम्म ईरानको सातौं राष्ट्रपति को रुपमा काम गरेका एक ईरानी राजनीतिज्ञ हुन्। उनी पेशाले एक वकील, [३] प्राज्ञिक, पूर्व कूटनीतिज्ञ र इस्लामी धर्मगुरु पनि हुन्। उनी १९९९ देखि ईरानको विज्ञहरुको सभाको सदस्य रहेका छन् [४] उनी १९९१ देखि २०२१ सम्म एक्सपेडिन्सी काउन्सिल [५] र १९८९ देखि २०२१ सम्म सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सदस्य पनि थिए। [६] [७]

Hujjat al-Islam
हसन रुहानी
حسن روحانی
२०१७ मा रुहानी
७औं इरानको राष्ट्रपति
कार्यकाल
३ अगस्ट २०१३ – ३ अगस्ट २०२१
सर्वोच्च नेताअली खामेनी
उपराष्ट्रपतिEshaq Jahangiri
पूर्वाधिकारीमोहम्मद अहमदिनेजाद
उतराधिकारीइब्राहिम रैसी
असंलग्न अभियान आन्दोलनका महासचिव
कार्यकाल
३ अगस्ट २०१३ – १७ सेप्टेम्बर २०१६
पूर्वाधिकारीमोहम्मद अहमदिनेजाद
उतराधिकारीनिकोलस मोदुरो

रुहानी ईरानको संसदको (मजलिस) को चौथो र पाँचौं कार्यकालका उपसभामुख र १९८९ देखि २००५ सम्म सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको सचिव थिए। [६] उत्तरार्द्ध ओहोदामा, उनी ईरानको परमाणु प्रविधिको वार्तामा ईयू तीन, ब्रिटेन, फ्रान्स, र जर्मनी संग देश को शीर्ष वार्ताकार थिए, र उनले एक शिया मुजतहिद (एक वरिष्ठ धर्मगुरु), [८] र आर्थिक व्यापार वार्ताकार को रूपमा पनि काम गरेका छन्। । [९] [१०] :138

रुहानी प्रायः एक मध्यमार्गी तथा सुधारवादी नेताको रूप मा वर्णन लिने गरिन्छ। घरेलु नीतिमा, उनले व्यक्तिगत स्वतन्त्रता, सूचनाको लागी स्वतन्त्र पहुँचको लागि प्रोत्साहन गरे , र महिलालाई विदेश मन्त्रालयको प्रवक्ता नियुक्त गरी महिला अधिकारमा सुधार गरे। उनले मेलमिलाप पत्र आदानप्रदान गरेर अन्य देशहरुसंग ईरान को कूटनीतिक सम्बन्ध पनि सुधार गरेका थिए। [११] [१२] [१३] रुहानीले २०१७ को चुनावमा २३,६३६,६५२ मत (५७.१%) को साथमा पुनः चुनाव जिते। [१४] उनी मोहम्मद खातमी र मोहम्मद अहमदिनेजाद पछि इरानको तेस्रो राष्ट्रपति बन्न सफल भए, जसलाई एक चुनावी जनादेशको साथमा राष्ट्रपति पदको जीत हासिल भयो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड