दक्षिण सुडान

दक्षिण सुडान आधिकारिक रूपमा गणतन्त्र दक्षिण सुडान[१८] पूर्व/मध्य अफ्रिकाको एक भू-भूपरिवेष्ठित देश हो।[१९][२०] यसको सिमाना पूर्वमा इथियोपिया, उत्तरमा सुडान, पश्चिममा मध्य अफ्रिकी गणतन्त्र, दक्षिण-पश्चिममा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, दक्षिणमा युगान्डा र दक्षिणपूर्वमा केन्याद्वारा घेरिएको छ। यहाँको जनसङ्ख्या १.१०६ करोड रहेको छ। जसमध्ये ५ लाख २५ हजार ९५३ जना राजधानी र सबैभन्दा ठूलो सहर जुबामा बसोबास गर्छन्।

गणतन्त्र दक्षिण सुडान
दक्षिण सुडानको झन्डा
झन्डा
दक्षिण सुडानको निशान छाप
निशान छाप
आदर्श वाक्य: "न्याय, स्वतन्त्रता, समृद्धि"
राष्ट्रिय गान: "दक्षिण सुडान ओइ!"
दक्षिण सुडान गाढा हरियोमा, विवादित क्षेत्र हलुका हरियोमा
दक्षिण सुडान गाढा हरियोमा, विवादित क्षेत्र हलुका हरियोमा
 दक्षिण सुडान-अवस्थिति (dark blue) – अफ्रिका-এ (फिक्का निलो & dark grey) – अफ्रिकी सङ्घ-এ (फिक्का निलो)
 दक्षिण सुडान-अवस्थिति (dark blue)

– अफ्रिका-এ (फिक्का निलो & dark grey)
– अफ्रिकी सङ्घ-এ (फिक्का निलो)

राजधानी
र सबैभन्दा ठुलो सहर
जुबा
०४°५१′उ॰ ३१°३६′पू॰ / ४.८५०°N ३१.६००°E / 4.850; 31.600
आधिकारिक भाषाहरूअङ्ग्रेजी[१]
मान्यता प्राप्त राष्ट्रिय भाषाहरू
  • नुएर
  • मुर्ले
  • लुओ
  • दिन्का
  • मादी
  • जान्दे
र ६० अन्य भाषाहरू
[note १]
बोलिने भाषाहरू[७]
धर्म
(सन् २०२०)[८]
रैथाने(हरू)दक्षिण सुडानी
सरकारसङ्घीय राष्ट्रपतीय संवैधानिक गणतन्त्र[९]
साल्भा किर मायार्दित
• उपराष्ट्रपति
रियक माचर[१०]
• उपराष्ट्रपति
जेम्स वानी इग्गा[१०]
• उपरा
तबान दुङ गाई [१०]
• उपराष्ट्रपति
रेबेका न्यादेङ ले माबियोर[१०]
• उपराष्ट्रपति
हुसेन अब्देलबागी[१०]
व्यवस्थापिकासङ्क्रमणकालीन राष्ट्रिय संसद
राज्य परिषद्
सङ्क्रमणकालीन राष्ट्रिय व्यवस्थापिका–संसद्
स्थापित
• मिस्री अङ्ग्रेज सुडानको अन्त्य
१ जनवरी १९५६
• विस्तृत शान्ति सम्झौता
6 January 2005
• स्वाधिनता
९ जुलाई २००५
• सुडानबाट स्वतन्त्र
९ जुलाई २०११
१३ जुलाई २०११
क्षेत्रफल
• जम्मा
६,४४,३२९ किमी (२,४८,७७७ वर्ग माइल) (४१औँ)
जनसङ्ख्या
• सन् २०१९ अनुमानित
१,२७,७८,२५० (७५औँ)
• सन् २००८ जनगणना
८२,६०,४९० (विवादित)[११]
• घनत्व
१३.३३ /किमी2 (३४.५ /वर्ग माइल) (२१४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
• जम्मा
$१८.४३५ अर्ब[१२]
• प्रति व्यक्ति
$१,४२०[१२] (२२२औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
• जम्मा
$३.१९४ अर्ब[१२]
• प्रति व्यक्ति
$२३६[१२]
गिनी (सन् २०१६)४४.१[१३]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.४३३[१४]
न्यून · १८५औँ
मुद्रादक्षिण सुडानी पाउन्ड (SSP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य अफ्रिकी समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ[१५]
टेलिफोन कोड+२११[१६]
आइएसओ ३१६६ सङ्केतSS
इन्टरनेट डोमेनडटएसएस[१७]
  1. दर्ता गरिएको तर लागू नभएको।

यसले सन् २०११ मा गणतन्त्र सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो। यसले सन् २०२१ सम्म व्यापक मान्यता पाउँदै सबैभन्दा पछिल्लो सार्वभौम राज्य वा देश बनेको छ।[२१] देशमा श्वेत नाइल नदीद्वारा गठित र स्थानीय रूपमा बहर अल जबलको अर्थ "पर्वतीय नदी" भनेर चिनिने सुदको विशाल दलदल क्षेत्र समावेश छ। मोहम्मद अली वंशको अधीनमा रहेको मिस्रले सुडानलाई कब्जा गरेको थियो र सन् १९५६ मा सुडानी स्वतन्त्रता नभएसम्म मिस्री अङ्ग्रेज सुडान रूपमा शासित थियो।[२२] पहिलो सुडानी गृहयुद्धपछि सन् १९७२ मा दक्षिणी सुडान स्वायत्त क्षेत्र स्थापना गरियो र यो सन् १९८३ सम्म चल्यो। सन् १९८३ मा दोस्रो सुडानी गृहयुद्ध सुरु भएको थियो र सन् २००५ मा व्यापक शान्ति सम्झौतासँगै अन्त्य भएको थियो।[२३][२४] पछि सोही वर्ष दक्षिणी सुडानको स्वायत्त सरकार स्थापना हुँदा दक्षिणी स्वाधिनता पुनः स्थापित भएको थियो। जनवरी २०११ को जनमत सङ्ग्रहमा स्वतन्त्रताको लागि ९८.८३% समर्थन पछि दक्षिण सुडान ९ जुलाई २०११ मा स्वतन्त्र राज्य बनेको थियो। देशले जातीय हिंसाको सामना गर्नु परेको छ र व्याप्त मानव अधिकारको दुरुपयोग भएको गृहयुद्धमा फसेको छ। डिसेम्बर २०१३ देखि २०२० फेब्रुअरीसम्म विभिन्न जातीय नरसंहार र विभिन्न पार्टीहरूले पत्रकारहरूको हत्या गरेका थिए।[२५] जब प्रतिस्पर्धी लडाकू नेताहरू साल्भा किर मायार्दीत र रिएक मकरले एकता सम्झौता गर्दै गठबन्धनको सरकार गठन गरेका थिए जसले गर्दा शरणार्थीहरूलाई घर फर्कने बाटो खुलेको थियो।[२६]

दक्षिण सुडानी जनसङ्ख्या धेरै जसो निलोटिक जातिहरू मिलेर बनेको छ।[२७] अधिकांश बासिन्दाहरू इसाई धर्म वा विभिन्न आदिवासी धर्मको पालन गर्छन्। देश संयुक्त राष्ट्र सङ्घ[२८][२९][३०], अफ्रिकी सङ्घ,[३१] पूर्वी अफ्रिकी समुदाय, विकाससम्बन्धी अन्तर सरकारी प्राधिकरण र जेनेभा सम्मेलनको सदस्य राष्ट्र हो।[३२] सन् २०१९ सम्म, संयुक्त राष्ट्रसङ्घको विश्व शान्त सूचकाङ्कको नवीनतम प्रतिवेदन अनुसार दक्षिण सुडान तेस्रो सबैभन्दा कम स्थानमा रहेको छ। यो विश्व शान्ति सूचकाङ्कमा तेस्रो सबैभन्दा कम स्थानमा रहेको छ।[३३][३४]

शब्दको उत्पत्ति

सुडान नाम पश्चिमी अफ्रिकादेखि पूर्वी मध्य अफ्रिकासम्म फैलिएको सहाराको दक्षिणमा पर्ने भौगोलिक क्षेत्रलाई दिइएको नाम हो। यो नाम अरबी शब्द बिलाद अस-सुडान (بلاد السودان), वा "अश्वेतहरूको भूमि" बाट लिइएको हो।[३५]

टिप्पणी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड