अफ्रिकी सङ्घ
अफ्रिकी सङ्घ एक महादेशीय सङ्घ हो जसमा ५५ सदस्य राष्ट्रहरू छन् जुन अफ्रिका महादेशमा अवस्थित छन्। १ सेप्टेम्बर १९९९ मा लिबियाको सिर्तेमा जारी सिर्ते घोषणापत्रमा अफ्रिकी सङ्घको स्थापनाका लागि आह्वान गर्दै यसको घोषणा गरिएको थियो। यसको स्थापना २६ मे २००१ मा अदिस अबाबा, इथियोपियामा भएको थियो र ९ जुलाई २००२ मा दक्षिण अफ्रिकाको डरबनमा सुरु भएको थियो। अफ्रिकी सङ्घको उद्देश्य २५ मे १९६३ मा अदिस अबाबामा ३२ हस्ताक्षरकर्ता सरकारहरूद्वारा स्थापित अफ्रिकी एकता सङ्गठनलाई प्रतिस्थापन गर्नु थियो। अफ्रिकी एकता सङ्गठनको ९ जुलाई २००२ मा भङ्ग गरिएको थियो।[४] अफ्रिकी सङ्घको सबैभन्दा महत्त्वपूर्ण निर्णयहरू अफ्रिकी सङ्घको विधानसभाद्वारा गरिन्छ जुन यसको सदस्य राष्ट्रहरूको राज्य र सरकार प्रमुखहरूको अर्ध-वार्षिक बैठकमा तय गरिन्छ।
अफ्रिकी सङ्घ
| |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
आदर्श वाक्य: "एकीकृत र बलियो अफ्रिका" | |||||||||||||
राष्ट्रिय गान: "आउनुहोस् हामी सबै एकजुट होऔँ र एकसाथ उत्सव मनाऔँ"[१] (धुन) | |||||||||||||
सदस्य राष्ट्रहरू निलम्बित राष्ट्रहरू | |||||||||||||
राजनीतिक केन्द्र |
| ||||||||||||
सबैभन्दा ठुलो महानगरीय क्षेत्र |
| ||||||||||||
कार्यकारी भाषाहरू |
| ||||||||||||
रैथाने(हरू) | अफ्रिकी | ||||||||||||
किसिम | महादेशीय सङ्घ | ||||||||||||
सदस्य | ५५ सदस्य राष्ट्रहरू | ||||||||||||
नेताहरू | |||||||||||||
• अध्यक्ष | म्याकि साल | ||||||||||||
• आयोगको अध्यक्ष | मौसा फाकी[२] | ||||||||||||
• संसदीय अध्यक्ष | रोजर नेक्दो दाङ | ||||||||||||
व्यवस्थापिका | पान-अफ्रिकी संसद् | ||||||||||||
स्थापना | |||||||||||||
• एकता सङ्गठनको बडापत्र | २५ मे १९६३ | ||||||||||||
• अबुजा सन्धि | ३ जुन १९९१ | ||||||||||||
• सिर्ते घोषणा | ९ सेप्टेम्बर १९९९ | ||||||||||||
• अफ्रिकी सङ्घको स्थापना | ९ जुलाई २००२ | ||||||||||||
• दक्षिण सुडानको स्वीकृति | ९ जुलाई २०११ | ||||||||||||
• मोरोक्कोको स्वीकृति | ३१ जनवरी २०१७ | ||||||||||||
• अफ्रिकी महादेश स्वतन्त्र व्यापार क्षेत्र | १ जनवरी २०२१ | ||||||||||||
क्षेत्रफल | |||||||||||||
• जम्मा | २,९९,२२,०५९ किमी२ (१,१५,५२,९७२ वर्ग माइल) | ||||||||||||
जनसङ्ख्या | |||||||||||||
• सन् २०२० अनुमानित | १,३२,१०,००,०००[note १] | ||||||||||||
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०१० लगत | ||||||||||||
• जम्मा | $७.५७३ खर्ब[३][note २] | ||||||||||||
• प्रति व्यक्ति | $५,७३३[३] | ||||||||||||
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२० लगत | ||||||||||||
• जम्मा | $२.५८७ खर्ब[३][note ३] | ||||||||||||
• प्रति व्यक्ति | $१,९५८[३] | ||||||||||||
मानव विकास सूचकाङ्क (सन् २०२०) | ०.५७७ मध्यम | ||||||||||||
इन्टरनेट डोमेन | डटअफ्रिका | ||||||||||||
वेबसाइट au |
अफ्रिकी सङ्घको सचिवालय, अफ्रिकी सङ्घ आयोग, अदिस अबाबामा आधारित छ। यसको सबैभन्दा ठूलो सहर नाइजेरियाको लागोस हो, जबकि सबैभन्दा ठूलो सहरी क्षेत्र कायरो, इजिप्ट हो। अफ्रिकी सङ्घमा १.३ अर्ब भन्दा बढी जनसङ्ख्या रहेको छ र यसको क्षेत्रफल लगभग २.९ करोड वर्ग किलोमिटर (१.१ करोड वर्ग माइल) रहेको छ। यसमा सहारा र नाइल नदी जस्ता लोकप्रिय विश्व स्थलहरू समावेश छन्।[५] प्राथमिक कामकाजी भाषाहरूमा अरबी, अङ्ग्रेजी, फ्रान्सेली, पोर्तुगाली, स्पेनी र किस्वाहिली हुन्।[६] अफ्रिकी सङ्घ भित्र, शान्ति र सुरक्षा परिषद् र पान-अफ्रिकी संसद जस्ता आधिकारिक निकायहरू छन्।
सदस्य राष्ट्रहरू
अफ्रिका र अफ्रिकी टापुहरूमा आधारित सबै संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू अफ्रिकी सङ्घका सदस्यहरू हुन्, जस्तै सहरावी अरब प्रजातान्त्रिक गणतन्त्र आंशिक रूपमा मान्यता प्राप्त राज्य हो। पश्चिमी सहारामाथि सार्वभौमिकताको दाबी गर्ने मोरोक्कोले सन् १९८४ मा सहरावी अरब प्रजातान्त्रिक गणतन्त्रलाई सदस्यको रूपमा स्वीकार गरेको कारण अफ्रिकी एकता सङ्गठनबाट पछि हटेको थियो।[७] ३० जनवरी २०१७ मा, यसले मोरोक्कोलाई सदस्य राष्ट्रको रूपमा पुन: प्रवेश गराएको थियो। सोमालिल्यान्ड सन् २००५ मा अफ्रिकी सङ्घमा सामेल हुनको लागि आवेदन दिएको थियो जुन अझै पनि विचाराधीन अवस्थामा रहेको छ। [८]
मालीलाई २०२० अगष्ट १९ मा अफ्रिकी सङ्घबाट निलम्बन गरिएको थियो।[९] ९ अक्टोबरमा, अफ्रिकी सङ्घको शान्ति र सुरक्षा परिषद्ले मालीमाथि लगाइएको निलम्बन फुकुवा गरेको थियो।[१०] नौ महिनाभित्र दोस्रो सैन्य कू पछि १ जुन २०२१ मा मालीलाई पुनः निलम्बित गरिएको थियो।[११]
२०२१ सेप्टेम्बर १० मा अफ्रिकी सङ्घले गिनीका राष्ट्रपति अल्फा कोन्देलाई सत्ताच्युत गरेपछि गिनीको सदस्यता पनि निलम्बन गरेको थियो।[१२]
सैन्य कूले प्रधानमन्त्री अब्दल्ला हम्दोकको नेतृत्वमा रहेको नागरिक सरकारलाई अपदस्थ गरेसँगै२०२१ अक्टोबर २७ मा अफ्रिकी सङ्घले सुडानको सदस्यता पनि निलम्बन गरेको थियो।[१३]
३१ जनवरी २०२२ मा भएको सैन्य कूपछि अफ्रिकी सङ्घले बुर्किना फासोको सदस्यता निलम्बन गरेको थियो।[१४]
- अल्जेरिया
- अङ्गोला
- बेनिन
- बोत्स्वाना
- बुर्किना फासो (निलम्बित)
- बुरुन्डी
- क्यामेरून
- केप भर्ड
- मध्य अफ्रिकी गणतन्त्र
- चाड
- कोमोरोस
- प्रजातान्त्रिक गणतन्त्र कङ्गो
- जिबुती
- मिस्र
- भूमध्यरेखीय गिनी
- इरित्रिया
- एस्वातिनी
- इथियोपिया
- गाबोन
- गाम्बिया
- घाना
- गिनी (निलम्बित)
- गिनी-बिसाउ
- आइभोरी कोस्ट
- केन्या
- लेसोथो
- लाइबेरिया
- लिबिया
- माडागास्कर
- मलावी
- माली (निलम्बित)
- मौरिटानिया
- मौरिसस
- मोरोक्को
- मोजाम्बिक
- नामिबिया
- नाइजर
- नाइजेरिया
- गणतन्त्र कङ्गो
- रुवान्डा
- सहारवी अरब लोकतान्त्रिक गणतन्त्र
- साओ तोमे र प्रिन्सिपी
- सेनेगल
- सेसेल्स
- सिएरा लियोन
- सोमालिया
- दक्षिण अफ्रिका
- दक्षिण सुडान
- सुडान (निलम्बित)
- तान्जानिया
- टोगो
- ट्युनिसिया
- युगान्डा
- जाम्बिया
- जिम्बाब्वे
पर्यवेक्षकहरू
टिप्पणीहरू
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
नोट: यो फाइल लगभग African_Union3.oggबाइट्स छ
- आधिकारिक वेबसाइट
- संयुक्त राष्ट्र सङ्घमा अफ्रिकी सङ्घ नियोग
- प्रथम अफ्रिकी सङ्घको सम्मेलन जुलाई २००२ दरबान, दक्षिण अफ्रिका
- दक्षिणी अफ्रिका क्षेत्रीय गरिबी सञ्जाल
- केन्द्र सरकार बहसमा पान-अफ्रिकी परिप्रेक्ष्यको पृष्ठभूमि
- बीबीसी प्रोफाइल: अफ्रिकी सङ्घ
- अफ्रिकी सङ्घ कर्लीमा
- अफ्रिका: स्वतन्त्रताको ५० औँ वर्षगाँठ रेडियो फ्रान्स