युइएफए युरो २०२०

१६औँ युरोपेली फुटबल च्याम्पियनसिप


युइएफए युरो २०२० च्याम्पियनसिप, सामान्यतः २०२० युइएफए युरोपेली च्याम्पियनसिप, युइएफए युरो २०२० वा सोझै युरो २०२०, १६औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता थियो।[१] मूल रूपमा यो प्रतियोगिता युरोपका ११ वटा सहरहरूमा सन् २०२० जुन १२ देखि जुलाई १२ सम्म आयोजना गर्न निर्धारित गरिएको थियो। युरोपमा कोरोना भाइरस प्रकोपको कारण यो प्रतियोगितालाई सन् २०२१ जुन ११ देखि जुलाई ११ सम्म हुने गरि पुनः अनुसूचित गरिएको थियो।[२] प्रतियोगिताको नाम भने युइएफए युरो २०२० नै राखिएको छ।[३]

युइएफए युरो २०२०
युइएफए युरो २०२० को आधिकारिक लोगो
बाँच्नुहोस्। वास्तविकताको लागि।
प्रतियोगिता विवरण
आयोजक राष्ट्र
मितिसन् २०२१ जुन ११ – जुलाई ११
टोलीहरू२४
स्थान(हरू)११ (११ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता इटाली (२औँ उपाधि)
उप-विजेता इङ्ल्यान्ड
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू५१
गोल सङ्ख्या१४२ (२.७८ प्रति खेल)
उपस्थिति१,०९९,२७८ (२१,५५४ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)चेक गणतन्त्र प्याट्रिक सिक
पोर्तगाल क्रिस्टियानो रोनाल्डो
(प्रत्येकको ५ गोल)
उत्कृष्ट खेलाडी(हरू)इटाली जानलुइजी दानारुम्मा
उत्कृष्ट युवा खेलाडीस्पेन पेद्री
२०२४
तथ्याङ्कहरू सन् २०२१ जुन २९ सम्म अद्यावधिक गरिएको छ।

युइएफएको अध्यक्ष मिसेल प्लातिनीले सन् २०१२ मा युरोपेली च्याम्पियनसिप प्रतियोगिताको ६०औँ जन्मदिनको खुसीयाली मनाउनको लागि प्रतियोगितालाई युरोपका विभिन्न देशहरूमा मनोरम प्रतियोगिताको रूपमा आयोजन गरिने बताएका थिए।[४] फ्रान्समा आयोजित सन् २०१६ प्रतियोगिताको उपाधि विजेता पोर्चुगल भने यो प्रतियोगिताको राउन्ड अफ १६ मा बेल्जियमसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो।[५] प्रतियोगिताको फाइनल खेलमा अतिरिक्त समयसम्म १-१ को बराबरीपछि इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै दोस्रो युरोपेली च्याम्पियनसिप उपाधि जितेको हो।[६]

प्रतियोगिता आयोजनाको लागि छनौट भएका रङ्गशालाहरू मध्ये लन्डनमा रहेको वेम्बली रङ्गशालालाई दोस्रो पटक यस प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल आयोजना गर्नको लागि निर्धारित गरिएको छ। यो रङ्गशालाको पूर्व स्वरूपमा सन् १९९६ प्रतियोगिताको फाइनल खेलको आयोजना गरिसकेको छ। प्रतियोगिताको उद्घाटन खेल रोमको स्तादियो ओलिम्पिको[७] रङ्गशालालाई छानिएको थियो जसमा टर्की र आयोजक इटालीबीच खेल खेलिएको थियो।

मूल रूपले १३ स्थानहरूमा खेल आयोजना गर्ने भनिएको थियो तर सन् २०१७ डिसेम्बरमा युरो स्टेडियमको निर्माणमा ढिलाइको कारण ब्रसेल्स र सन् २०२१ अप्रिलमा खेल हेर्नको लागि दर्शकलाई प्रवेश दिने वा नदिने अन्यौलको कारण डबलिनलाई आयोजक सहरको सूचीबाट हटाइएको थियो। खेलमा दर्शकहरूलाई अनुमति दिनको लागि स्पेनले आफ्नो आयोजन सहर बिलबाओबाट सेभिले परिवर्तन गरेको थियो।[८] भिडियो सहायक रेफरी (भिएआर) प्रणालीले यस प्रतियोगिताको युरोपेली च्याम्पियनसिपमा प्रवेश गर्नेछ।[९]

बोलपत्र प्रक्रिया

युरोपका केही देशहरूले यस प्रतियोगिताको आयोजना गर्न बोलपत्रमा चासो देखाएका थिए[१०][११][१२][१३][१४][१५][१६][१७] जसको कारण युइएफएका तत्कालीन अध्यक्ष मिसेल प्लातिनीले सन् २०१२ जुन ३० को दिन, युइएफए युरो २०१२ फाइनलभन्दा एक दिन अघि एक पत्रकार सम्मेलनमा सन् २०२० को प्रतियोगिता एउटा आयोजक देशको सट्टा (वा संयुक्त रूपमा विभिन्न देशहरूद्वारा आयोजन) प्रतियोगितालाई युरोप महादेशका १२ वा १३ वटा सहरहरूमा आयोजना गर्न सकिने सुझाव दिएका थिए।[१८]त्यस समयमा, युइएफएले पहिले नै युइएफए युरोपेली १७ वर्ष मुनिको च्याम्पियनसिपको उत्कृष्ट चरणको खेल आयोजनाको लागि त्यस्तै प्रणालीको प्रयोग गरेको थियो, जहाँ सात समूहहरूको खेल आयोजना प्रत्येक फरक देशले आयोजन गरेको थियो।

छनौट

  प्रतियोगिताको लागि छनौट भएका राष्ट्रहरू
  छनौट हुन नसकेका राष्ट्रहरू

प्रतियोगिताको प्रवेशको लागि कुनै स्वचालित स्थान थिएन। सबै ५५ युइएफए राष्ट्रिय टोलीहरू जसमा प्रारम्भिक चरणको छनौट प्रतियोगिताको लागि छानिएका १२ राष्ट्रिय टोलीहरू समेतले मुख्य फाइनल प्रतियोगिताको लागि निर्धारण गरिएको २४ स्थानका लागि छनौट चरणको खेलमा भाग लिनुपरेको थियो।[१९][२०] छनौट चरणका खेलहरू अगावै युइएफएद्वारा सन् २०१४ सेप्टेम्बरमा आयोजक सहरहरूमाथि निर्णय गरिसकेकोले आयोजक सहरका राष्ट्रिय टोलीहरू प्रतियोगिताको फाइनल खेलहरू खेल्न अयोग्य हुन सक्ने सम्भावना थियो।

सन् २०१८ डिसेम्बर २ को दिन छनौट चिठ्ठा आयरल्यान्डको राजधानी डबलिनमा रहेको डबलिन सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो।[२१]

छनौट भएका टोलीहरू

यस प्रतियोगितामा सहभागी हुनको लागि छनौट भएका २४ राष्ट्रिय फुटबल टोलीहरू मध्ये १९ वटा टोलीहरूले सन् २०१६ संस्करणको प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका थिए। छनौट भएका टोलीहरू मध्ये बेल्जियमइटालीले छनौट प्रतियोगिताको १० मध्ये १० वटै खेल जितेका थिए,[२२][२३] गत वर्षको युरोपेली च्याम्पियनसिप विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्स, सहित जर्मनीले कीर्तिमानी १३औँ पटक युरोपेली च्याम्पियनसिप प्रतियोगितामा छनौट भएको हो।[२४] फिनल्यान्डउत्तर म्यासेडोनियाले कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन नपाएकोमा पहिलो पटक युरोपेली च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन पाएको छ।[२५][२६] प्रतियोगिताको सह-आयोजक स्कटल्यान्डले सन् १९९८ फिफा विश्वकप र सन् १९९६ युरो कप पछि पहिलो पटक कुनै प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भइरहेको छ।[२७] नेदरल्यान्डडेनमार्क दुवै टोलीले सन् २०१६ को युरो कपमा सहभागिता जनाए पछि पूर्वागमन गरेको छ भने डच टोलीले सन् २०१४ फिफा विश्वकपमा सहभागिता जनाए पछि पहिलो पटक कुनै प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भइरहेको छ।[२८][२९] पहिलो पटक, अस्ट्रेलिया, हङ्गेरी, स्लोभाकियावेल्स फुटबल टोलीहरूले लगातार युरोपेली च्याम्पियनसिप प्रतियोगितामा सहभागिता जनाइरहेको छ।[३०][३१] सन् २००४ युरो कपको विजेता टोली ग्रिस, एउटा मात्र पूर्व विजेता टोली हो जसले यस वर्षको प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न सकेन् र लगातार दोस्रो पटक युरोपेली च्याम्पियनसिप प्रतियोगितामा तथा तेस्रो प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन पाएको छैन।[३२] सन् २०१६ युरो कपमा सहभागिता जनाएको अल्बानिया, आइसल्यान्ड, उत्तर आयरल्यान्ड, गणतन्त्र आयरल्यान्डरोमानियाले यस पटकको प्रतियोगितामा आफ्नो स्थान पक्का गर्न असफल भएको थियो।[३३]

११ वटा आयोजक राष्ट्रहरू मध्ये सात वटा राष्ट्रिय फुटबल टोलीले यस वर्षको प्रतियोगिताको लागि सोझै छनौट भएको थियो भने हङ्गेरी र स्कटल्यान्डले प्ले-अफको माध्यमद्वारा छनौट भएको थियो। रोमानिया प्ले-अफको सेमी-फाइनलमा पराजित भएर बाहिरिएको थियो भने[३४] अजरबैजान छनौट खेलको समूह चरणबाट बाहिरिएको थियो।[३५] आयोजकको रूपमा छनौट भएको गणतन्त्र आयरल्यान्ड प्ले-अफको सेमी-फाइनल खेलमा बाहिरिए पछि[३४] उसको आयोजन अधिकार खोसिएको थियो।

टोली[upper-alpha १]छनौट माध्यमछनौट मितिपछिल्लो प्रतियोगितामा सहभागिता[upper-alpha २]
 बेल्जियमयुइएफए युरो २०२० छनौट समूह I विजेता१० अक्टोबर २०१९५ (१९७२, १९८०, १९८४, २०००, २०१६)
 इटालीयुइएफए युरो २०२० छनौट समूह J विजेता१२ अक्टोबर २०१९९ (१९६८, १९८०, १९८८, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
 रुस[upper-alpha ३]युइएफए युरो २०२० छनौट समूह I उप-विजेता१३ अक्टोबर २०१९११ (१९६०, १९६४, १९६८, १९७२, १९८८, १९९२, १९९६, २००४, २००८, २०१२, २०१६)
 पोल्यान्डयुइएफए युरो २०२० छनौट समूह G विजेता१३ अक्टोबर २०१९३ (२००८, २०१२, २०१६)
 युक्रेनयुइएफए युरो २०२० छनौट समूह B विजेता१४ अक्टोबर २०१९२ (२०१२, २०१६)
 स्पेनयुइएफए युरो २०२० छनौट समूह F विजेता१५ अक्टोबर २०१९१० (१९६४, १९८०, १९८४, १९८८, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
 फ्रान्सयुइएफए युरो २०२० छनौट समूह H विजेता१४ नोभेम्बर २०१९९ (१९६०, १९८४, १९९२, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
 टर्कीयुइएफए युरो २०२० छनौट समूह H उप-विजेता१४ नोभेम्बर २०१९४ (१९९६, २०००, २००८, २०१६)
 इङ्ल्यान्डयुइएफए युरो २०२० छनौट समूह A विजेता१४ नोभेम्बर २०१९९ (१९६८, १९८०, १९८८, १९९२, १९९६, २०००, २००४, २०१२, २०१६)
 चेक गणतन्त्र[upper-alpha ४]युइएफए युरो २०२० छनौट समूह A उप-विजेता१४ नोभेम्बर २०१९९ (१९६०, १९७६, १९८०, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
 फिनल्यान्डयुइएफए युरो २०२० छनौट समूह J उप-विजेता१५ नोभेम्बर २०१९० (पदार्पण)
 स्विडेनयुइएफए युरो २०२० छनौट समूह F उप-विजेता१५ नोभेम्बर २०१९६ (१९९२, २०००, २००४, २००८, २०१२, २०१६)
 क्रोएसियायुइएफए युरो २०२० छनौट समूह E विजेता१६ नोभेम्बर २०१९५ (१९९६, २००४, २००८, २०१२, २०१६)
 अस्ट्रियायुइएफए युरो २०२० छनौट समूह G उप-विजेता१६ नोभेम्बर २०१९२ (२००८, २०१६)
 नेदरल्यान्डयुइएफए युरो २०२० छनौट समूह C उप-विजेता१६ नोभेम्बर २०१९९ (१९७६, १९८०, १९८८, १९९२, १९९६, २०००, २००४, २००८, २०१२)
 जर्मनी[upper-alpha ५]युइएफए युरो २०२० समूह चरण C विजेता१६ नोभेम्बर २०१९१२ (१९७२, १९७६, १९८०, १९८४, १९८८, १९९२, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
 पोर्तगालयुइएफए युरो २०२० समूह चरण B उप-विजेता१७ नोभेम्बर २०१९७ (१९८४, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
 स्विट्जरल्यान्डयुइएफए युरो २०२० समूह चरण D विजेता१८ नोभेम्बर २०१९४ (१९९६, २००४, २००८, २०१६)
 डेनमार्कयुइएफए युरो २०२० छनौट समूह D उप-विजेता१८ नोभेम्बर २०१९८ (१९६४, १९८४, १९८८, १९९२, १९९६, २०००, २००४, २०१२)
 वेल्सयुइएफए युरो २०२० छनौट समूह E उप-विजेता१९ नोभेम्बर २०१९१ (२०१६)
 म्यासेडोनियायुइएफए युरो २०२० प्ले-अफ मार्ग D विजेता१२ नोभेम्बर २०२०० (पदार्पण)
 हङ्गेरीयुइएफए युरो २०२० प्ले-अफ मार्ग A विजेता१२ नोभेम्बर २०२०३ (१९६४, १९७२, २०१६)
 स्लोभाकियायुइएफए युरो २०२० प्ले-अफ मार्ग B विजेता१२ नोभेम्बर २०२०१ (२०१६)
 स्कटल्यान्डयुइएफए युरो २०२० प्ले-अफ मार्ग C विजेता१२ नोभेम्बर २०२०२ (१९९२, १९९६)

स्थानहरू

सन् २०१४ सेप्टेम्बर १९ मा युइएफएद्वारा प्रतियोगिताको लागि १३ वटा स्थानहरू छनौट गरि घोषणा गरिएको थियो।[३६] यद्यपि, युइएफए कार्यकारी समितिले सन् २०१७ डिसेम्बर ७ मा युरोस्टेडियमको निर्माणमा ढिलाइको कारण ब्रसेल्सलाई आयोजक सहरको सूचीबाट हटाएको थियो। योजना अनुरूप ब्रसेल्समा हुने भनिएको चार खेलहरू (तीन समूह चरण, एउटा राउन्ड अफ १६) लन्डनको वेम्बली रङ्गशालामा सारिएको थियो।[७]सन् २०२१ अप्रिल २३ मा युइएफएले कोरोना भाइरस प्रकोप तथा खेल हेर्न दर्शकहरूलाई प्रवेश सम्बन्धमा अन्यौलको कारण, डबलिनको अभिभा रङ्गशालालाई प्रतियोगिता आयोजकको रूपमा हटाएको थियो। त्यहाँ हुने भनिएको चार खेलहरू मध्ये तीन समूह चरणका खेलहरू सेन्ट पिटर्सबर्गको क्रेस्तोभस्की रङ्गशालामा र राउन्ड अफ १६ को एउटा खेल लन्डनको वेम्बली रङ्गशालामा सारिएको थियो। यसै प्रकार युइएफएले स्पेनलाई आयोजना गर्न दिइएको चार खेलहरू सेभिलेको ला कार्तुजा रङ्गशालाबाट सारेर बिलबाओको सान मामेस रङ्गशालालाई दिने घोषणा गरेको थियो।[८]

सन् २०१७ डिसेम्बर ७ मा प्रतियोगिताको उद्घाटन खेल रोमको स्तादियो ओलिम्पिकोमा हुने घोषणा गरिएको थियो जसले आम्स्टर्डम, ग्लासगो र सेन्ट पिटर्सबर्गलाई उछिन्न सफल भएको थियो। युइएफएले उद्घाटन खेलको लागि रोम चयन भएको खण्डमा सो खेलमा अनिवार्य रूपमा इटालीले खेल्ने पूर्व घोषणा गरेको थियो।[७][३७]

चयन गरिएका एघार सहर र देशहरू मध्ये सात सहर र छ देशहरूले यो भन्दा पहिले युरोपेली च्याम्पियनसिप फाइनल खेलको आयोजना गरेको छैन। सन् १९६४ मा स्पेनले युरोपेली नेसन्स कपको आयोजना गर्दा सेभिलेमा खेल आयोजना गरिएको थिएन, र अजरबैजान, डेनमार्क, हङ्गेरी, रोमानिया, रुस वा स्कटल्यान्डमध्ये कुनै पनि देशले यो प्रतियोगिताको आयोजना गरेको थिएन। चयन गरिएका एघार रङ्गशालाहरू मध्ये स्तादियो ओलिम्पिकोले (१९६८ र १९८०) र जोहान क्रुफ एरिनाले (२०००) को युरोपेली च्याम्पियनसिप खेलको आयोजना गरिसकेको छ। मूल वेम्बली रङ्गशालाले सन् १९९६ को युरो कपको खेल र फाइनलको आयोजना गरिसकेको छ, तर वर्तमान वेम्बली रङ्गशालालाई छुट्टै रङ्गशालाको रूपमा वर्गीकृत गरिएको छ।

लन्डन रोम म्युनिख
वेम्बली रङ्गशालास्तादियो ओलिम्पिकोआलियान्ज अरिना
क्षमता: ९०,०००क्षमता: ७०,६३४क्षमता: ७०,०००
बाकु सेन्ट पिटर्सबर्ग बुडापेस्ट
ओलम्पिक रङ्गशालाक्रेस्तोभस्की रङ्गशालापुस्कास अरिना
क्षमता: ६८,७००क्षमता: ६८,१३४क्षमता: ६७,२१५
सेभिले बुखारेस्ट आम्स्टर्डम ग्लासगो कोपनहेगन
ला कार्तुजाअरिना नेस्योनलजोहान क्रुफ अरिनाहाम्पडेन पार्कपार्केन रङ्गशाला
क्षमता: ६०,०००क्षमता: ५५,६००क्षमता: ५४,९९०क्षमता: ५१,८६६क्षमता: ३८,०६५

प्रत्येक सहरले तीन समूह चरणका खेलहरू र एउटा राउन्ड अफ १६ वा क्वार्टर फाइनल खेलको आयोजना गर्नेछ तर सेन्ट पिटर्सबर्गले छ वटा समूह चरणका खेलहरूको आयोजना गर्नेछ भने लन्डनले दुई वटा राउन्ड अफ १६ खेलको आयोजना गर्नेछ। एघार वटै रङ्गशालामा हुने खेलहरूको विवरण यस प्रकार रहेको छ:


समूह चरण

युइएफएले सन् २०१८ मे २४ मा प्रतियोगिताको मूल समय तालिका कार्यक्रमको घोषणा गरेको थियो, जसमा उद्घाटन खेल र क्वार्टर फाइनलपछिका खेलहरूको खेल समय मात्र समावेश गरिएको थियो।[३८][३९] बाँकी समूह चरण र राउन्ड अफ १६ का खेलहरूको अन्तिम चिठ्ठापछि सन् २०१९ नोभेम्बर ३० मा घोषित गरिएको थियो।[४०]सन् २०२० जुन १७ मा, युइएफएले सन् २०२१ मा हुने प्रतियोगिताको लागि संशोधित खेल तालिका घोषणा गरेको थियो।[४१][४२]सबै खेलको लागि तय गरिएको मिति, खेल खेलिने समय र स्थान एक समान राखिएता पनि हप्ताको समान दिनमा सबै खेलहरू अनुकूलित गर्नको लागि एक दिन आगाडि सारिएको थियो (उदाहरणको लागि शुक्रबार नै खेल हुनको लागि उद्घाटन खेल १२ देखि ११ जुन राखियो)।सन् २०२१ अप्रिल २३ मा युइएफएले प्रतियोगिताको लागि सूचिकृत गरिएको रङ्गशालालाई हटाएपछि त्यसलाई अर्कोसँग परिवर्तित गरेर संशोधित आयोजन तालिका सार्वजनिक गरेको थियो।[४३]

'समय तालिका केन्द्रीय युरोपेली ग्रीष्म समय (युटिसी+२)' अनुसार युइएफएद्वारा जारी गरिएको थियो।

टाइब्रेकर

समूह क

Posटोलीखेलविजयीबराबरीपराजितसगोलविगोलगोलअन्तरअङ्कछनोट
1  इटाली (H)+७नकआउट चरणमा प्रवेश
2  वेल्स+१[क]
3  स्विट्जरल्यान्ड−१[क]
4  टर्की−७
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
Notes:
टर्की  ०–३  इटाली
विवरण
स्तादियो ओलिम्पिको, रोम
दर्शक उपस्थिति: १२,९१६[४४]
रेफ्री: डेनी माकेली (नेदरल्यान्ड)
वेल्स  १–१  स्विट्जरल्यान्ड
विवरण
  • एम्बोलो  ४९'
ओलम्पिक रङ्गशाला, बाकु
दर्शक उपस्थिति: ८,७८२[४५]
रेफ्री: क्लेमाँ तुर्पेँ (फ्रान्स)

टर्की  ०-२  वेल्स
विवरण
  • रामजी  ४२'
  • रोबर्ट्स  ९०+५'
ओलम्पिक रङ्गशाला, बाकु
दर्शक उपस्थिति: १९,७६२[४६]
रेफ्री: आर्तुर सोआरेस दियास (पोर्चुगल)
इटाली  ३-०  स्विट्जरल्यान्ड
विवरण
स्तादियो ओलिम्पिको, रोम
दर्शक उपस्थिति: १२,४४५[४७]
रेफ्री: सेर्गेई कारासेभ (रूस)

स्विट्जरल्यान्ड  ३-१  टर्की
  • सेफेरोभिच  ६'
  • सचिरी  २६'६८'
विवरण
  • काहभेजी  ६२'
ओलम्पिक रङ्गशाला, बाकु
दर्शक उपस्थिति: १७,१३८[४८]
रेफ्री: स्लाभको भिन्चिच (स्लेभोनिया)
इटाली  १-०  वेल्स
  • पेस्सिना  ३९'
विवरण
स्तादियो ओलिम्पिको, रोम
दर्शक उपस्थिति: ११,५४१[४९]
रेफ्री: ओभिदिउ हातेगान (रोमानिया)

समूह ख

Posटोलीखेलविजयीबराबरीपराजितसगोलविगोलगोलअन्तरअङ्कछनोट
1  बेल्जियम+६नकआउट चरणमा प्रवेश
2  डेनमार्क (H)+१[क]
3  फिनल्यान्ड−२[क]
4  रुस (H)−५[क]
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
Notes:
डेनमार्क  ०–१  फिनल्यान्ड
विवरण
  • पोहयानपालो  ६०'
पार्केन रङ्गशाला, कोपनहेगन
दर्शक उपस्थिति: १३,७९०[५०]
रेफ्री: Anthony Taylor (England)
बेल्जियम  ३–०  रुस
विवरण
क्रेस्तोभस्की रङ्गशाला, सेन्ट पिटर्सबर्ग
दर्शक उपस्थिति: २६,२६४[५१]
रेफ्री: Antonio Mateu Lahoz (Spain)

फिनल्यान्ड  ०–१  रुस
विवरण
  • मिरानचुक  ४५+२'
क्रेस्तोभस्की रङ्गशाला, सेन्ट पिटर्सबर्ग
दर्शक उपस्थिति: २४,५४०[५२]
रेफ्री: Danny Makkelie (Netherlands)
डेनमार्क  १-२  बेल्जियम
विवरण
पार्केन रङ्गशाला, कोपनहेगन
दर्शक उपस्थिति: २३,३९५[५३]
रेफ्री: Björn Kuipers (Netherlands)

रुस  १-४  डेनमार्क
विवरण
  • तामस्क  ३८'
  • पाउलसेन  ५९'
  • क्रिस्टेसन  ७९'
  • मेइला  ८२'
पार्केन रङ्गशाला, कोपनहेगन
दर्शक उपस्थिति: २३,६४४[५४]
रेफ्री: Clément Turpin (France)
फिनल्यान्ड  ०-२  बेल्जियम
विवरण
क्रेस्तोभस्की रङ्गशाला, सेन्ट पिटर्सबर्ग
दर्शक उपस्थिति: १८,५४५[५५]
रेफ्री: Felix Brych (Germany)

समूह ग

Posटोलीखेलविजयीबराबरीपराजितसगोलविगोलगोलअन्तरअङ्कछनोट
1  नेदरल्यान्ड (H)+६नकआउट चरणमा प्रवेश
2  अस्ट्रिया+१
3  युक्रेन−१
4  म्यासेडोनिया−६
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
अस्ट्रिया  ३–१  म्यासेडोनिया
  • लाइनर  १८'
  • ग्रेगोरिच  ७८'
  • आर्नोतोभिच  ८९'
विवरण
  • पान्देभ  २८'
आरेना नास्योनाल, बुखारेस्ट
दर्शक उपस्थिति: ९,०८२[५६]
रेफ्री: आन्द्रेआस एक्सबर्ग (स्विडेन)
नेदरल्यान्ड  ३–२  युक्रेन
  • विनाल्दुम  ५२'
  • वेगहोर्स्ट  ५८'
  • डमफ्रिस  ८५'
विवरण
  • यार्मोलेन्का  ७५'
  • यारेमचुक  ७९'
योहान क्रुएफ आरेना, आम्स्टर्डम
दर्शक उपस्थिति: १५,८३७[५७]
रेफ्री: फेलिक्स ब्रिथ (जर्मनी)

युक्रेन  २–१  म्यासेडोनिया
  • यार्मोलेन्का  २९'
  • यारेमचुक  ३४'
विवरण
  • आलिओस्की  ५७'
आरेना नास्योनाल, बुखारेस्ट
दर्शक उपस्थिति: १०,००१[५८]
रेफ्री: फेर्नान्दो रापालिनी (अर्जेन्टिना)
नेदरल्यान्ड  २–०  अस्ट्रिया
  • डेपाई  ११' (पेन)
  • डमफ्रिस  ६७'
विवरण
योहान क्रुएफ आरेना, आम्स्टर्डम
दर्शक उपस्थिति: १५,२४३[५९]
रेफ्री: ओरेल ग्रिनफेल्द (इजरायल)

म्यासेडोनिया  ०-२  नेदरल्यान्ड
विवरण
  • डेपाई  २४'
  • विनाल्मदुम  ५०'५८'
योहान क्रुएफ आरेना, आम्स्टर्डम
दर्शक उपस्थिति: १५,२२७[६०]
रेफ्री: इस्तभान कोभाच (रोमानिया)
युक्रेन  ०-१  अस्ट्रिया
विवरण
  • बम्गार्टनर  २१'
आरेना नास्योनाल, बुखारेस्ट
दर्शक उपस्थिति: १०,४७२[६१]
रेफ्री: जुनेइत चाकिर (टर्की)

समूह घ

Posटोलीखेलविजयीबराबरीपराजितसगोलविगोलगोलअन्तरअङ्कछनोट
1  इङ्ल्यान्ड (H)+२नकआउट चरणमा प्रवेश
2  क्रोएसिया+१[क]
3  चेक गणतन्त्र+१[क]
4  स्कटल्यान्ड (H)−४
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
Notes:
इङ्ल्यान्ड  १-०  क्रोएसिया
विवरण
वेम्बली रङ्गशाला, लन्डन
दर्शक उपस्थिति: १८,४९७[६२]
रेफ्री: Daniele Orsato (Italy)
स्कटल्यान्ड  ०-२  चेक गणतन्त्र
विवरण
  • सिक  ४२'५२'
हाम्पडेन पार्क, ग्लासगो
दर्शक उपस्थिति: ९,८४७[६३]
रेफ्री: Daniel Siebert (Germany)

क्रोएसिया  १-१  चेक गणतन्त्र
  • पेरिसिच  ४७'
विवरण
हाम्पडेन पार्क, ग्लासगो
दर्शक उपस्थिति: ५,६०७[६४]
रेफ्री: Carlos del Cerro Grande (Spain)
इङ्ल्यान्ड  ०-०  स्कटल्यान्ड
विवरण
वेम्बली रङ्गशाला, लन्डन
दर्शक उपस्थिति: २०,३०६[६५]
रेफ्री: Antonio Mateu Lahoz (Spain)

क्रोएसिया  ३-१  स्कटल्यान्ड
विवरण
  • म्याकग्रेगर  ४२'
हाम्पडेन पार्क, ग्लासगो
दर्शक उपस्थिति: ९,८९६[६६]
रेफ्री: Fernando Rapallini (Argentina)
चेक गणतन्त्र  ०-१  इङ्ल्यान्ड
विवरण
वेम्बली रङ्गशाला, लन्डन
दर्शक उपस्थिति: १९,१०४[६७]
रेफ्री: Artur Soares Dias (Portugal)

समूह ङ

Posटोलीखेलविजयीबराबरीपराजितसगोलविगोलगोलअन्तरअङ्कछनोट
1  स्विडेन+२नकआउट चरणमा प्रवेश
2  स्पेन (H)+५
3  स्लोभाकिया−५
4  पोल्यान्ड−२
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
पोल्यान्ड  १–२  स्लोभाकिया
  • लिनेटी  ४६'
विवरण
  • स्टान्सी  १८' (आ. गो.)
  • स्क्रिनियार  ६९'
क्रेस्तोभस्की रङ्गशाला, सेन्ट पिटर्सबर्ग
दर्शक उपस्थिति: १२,८६२[६८]
रेफ्री: Ovidiu Hațegan (Romania)
स्पेन  ०–०  स्विडेन
विवरण
ला कार्तुजा, सेभिले
दर्शक उपस्थिति: १०,५५९[६९]
रेफ्री: Slavko Vinčić (Slovenia)

स्विडेन  १–०  स्लोभाकिया
  • फोर्सबारी  ७७' (पेन)
विवरण
क्रेस्तोभस्की रङ्गशाला, सेन्ट पिटर्सबर्ग
दर्शक उपस्थिति: ११,५२५[७०]
रेफ्री: Daniel Siebert (Germany)
स्पेन  १–१  पोल्यान्ड
  • मोराता  २५'
विवरण
ला कार्तुजा, सेभिले
दर्शक उपस्थिति: ११,७४२[७१]
रेफ्री: Daniele Orsato (Italy)

स्लोभाकिया  ०-५  स्पेन
विवरण
  • दुब्राउका  ३०' (आ. गो.)
  • लापोर्त  ४५+३'
  • सराबिया  ५६'
  • तोरेस  ६७'
  • कका  ७१' (आ. गो.)
ला कार्तुजा, सेभिले
दर्शक उपस्थिति: ११,२०४[७२]
रेफ्री: Björn Kuipers (Netherlands)
स्विडेन  ३-२  पोल्यान्ड
  • फोर्सबारी  २'५९'
  • क्लाइसन  ९०+४'
विवरण
क्रेस्तोभस्की रङ्गशाला, सेन्ट पिटर्सबर्ग
दर्शक उपस्थिति: १४,२५२[७३]
रेफ्री: Michael Oliver (England)

समूह च

Posटोलीखेलविजयीबराबरीपराजितसगोलविगोलगोलअन्तरअङ्कछनोट
1  फ्रान्स+१नकआउट चरणमा प्रवेश
2  जर्मनी (H)+१[क]
3  पोर्तगाल+१[क]
4  हङ्गेरी (H)−३
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
Notes:
हङ्गेरी  ०-३  पोर्तगाल
विवरण
पुस्कास अरिना, बुडापेस्ट
दर्शक उपस्थिति: ५५,६६२[७४]
रेफ्री: Cüneyt Çakır (Turkey)
फ्रान्स  १–०  जर्मनी
विवरण
आलियान्ज अरिना, म्युनिख
दर्शक उपस्थिति: १३,०००[७५]
रेफ्री: Carlos del Cerro Grande (Spain)

हङ्गेरी  १–१  फ्रान्स
  • फियोला  ४५+२'
विवरण
पुस्कास अरिना, बुडापेस्ट
दर्शक उपस्थिति: ५५,९९८[७६]
रेफ्री: Michael Oliver (England)
पोर्तगाल  २-४  जर्मनी
विवरण
  • डियाज  ३५' (आ. गो.)
  • गुरेरो  ३९' (आ. गो.)
  • हाभर्ज  ५१'
  • गोसेन्स  ६०'
आलियान्ज अरिना, म्युनिख
दर्शक उपस्थिति: १२,९२६[७७]
रेफ्री: Anthony Taylor (England)

पोर्तगाल  २-२  फ्रान्स
विवरण
पुस्कास अरिना, बुडापेस्ट
दर्शक उपस्थिति: ५४,८८६[७८]
रेफ्री: Antonio Mateu Lahoz (Spain)
जर्मनी  २-२  हङ्गेरी
  • हाभर्ज  ६६'
  • गोरेत्स्का  ८४'
विवरण
  • सलाई  ११'
  • सेफर  ६८'
आलियान्ज अरिना, म्युनिख
दर्शक उपस्थिति: १२,४१३[७९]
रेफ्री: Sergei Karasev (Russia)

तेस्रो स्थानमा रहेका टोलीहरूको क्रमाङ्क

Posसमूहटोलीखेलविजयीबराबरीपराजितसगोलविगोलगोलअन्तरअङ्कछनोट
1  पोर्तगाल+१नकआउट चरणमा प्रवेश
2  चेक गणतन्त्र+१
3  स्विट्जरल्यान्ड−१
4  युक्रेन−१
5  फिनल्यान्ड−२
6  स्लोभाकिया−५
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: १) अङ्क; २) गोल भिन्नता; ३) समर्थन गोल; ४) विजयी; ५) कुल अनुशासन अङ्क; ६) युरोपेली छनौट सम्पूर्ण वरीयता।

नकआउट चरण


बाकस

 
राउन्ड अफ १६क्वार्टर-फाइनलसेमी-फाइनलफाइनल
 
              
 
सन् २०२१ जुन २६ – लन्डन
 
 
 इटाली (अ.स)
 
सन् २०२१ जुलाई २ – म्युनिख
 
 अस्ट्रिया
 
 बेल्जियम
 
सन् २०२१ जुन २७ – सेभिले
 
 इटाली
 
 बेल्जियम
 
सन् २०२१ जुलाई ६ – लन्डन
 
 पोर्तगाल
 
 इटाली (पे.)१ (४)
 
सन् २०२१ जुन २८ – बुखारेस्ट
 
 स्पेन१ (२)
 
 फ्रान्स३ (४)
 
सन् २०२१ जुलाई २ – सेन्ट पिटर्सबर्ग
 
 स्विट्जरल्यान्ड (पे.)३ (५)
 
 स्विट्जरल्यान्ड१ (१)
 
सन् २०२१ जुन २८ – कोपनहेगन
 
 स्पेन (पे.)१ (३)
 
 क्रोएसिया
 
सन् २०२१ जुलाई ११ – लन्डन
 
 स्पेन (अ.स)
 
 इटाली (पे.)१ (३)
 
सन् २०२१ जुन २९ – ग्लासगो
 
 इङ्ल्यान्ड१ (२)
 
 स्विडेन
 
सन् २०२१ जुलाई ३ – रोम
 
 युक्रेन (अ.स)
 
 युक्रेन
 
सन् २०२१ जुन २९ – लन्डन
 
 इङ्ल्यान्ड
 
 इङ्ल्यान्ड
 
सन् २०२१ जुलाई ७ – लन्डन
 
 जर्मनी
 
 इङ्ल्यान्ड (अ.स)
 
सन् २०२१ जुन २७ – बुडापेस्ट
 
 डेनमार्क
 
 नेदरल्यान्ड
 
सन् २०२१ जुलाई ३ – बाकु
 
 चेक गणतन्त्र
 
 चेक गणतन्त्र
 
सन् २०२१ जुन २६ – आम्स्टर्डम
 
 डेनमार्क
 
 वेल्स
 
 
 डेनमार्क
 

राउन्ड अफ १६

वेल्स  ०-४  डेनमार्क
विवरण
  • दोलबर्ग  २७'४८'
  • मेइला  ८८'
  • ब्रेथवेट  ९०+४'
जोहान क्रुफ अरिना, आम्स्टर्डम
दर्शक उपस्थिति: १४,६४५[८०]
रेफ्री: Daniel Siebert (Germany)

इटाली  २-१ (अ.स.)  अस्ट्रिया
  • केजा  ९५'
  • पेस्सिना  १०५'
विवरण
  • कलाइचिच  ११४'
वेम्बली रङ्गशाला, लन्डन
दर्शक उपस्थिति: १८,९१०[८१]
रेफ्री: Anthony Taylor (England)

नेदरल्यान्ड  ०-२  चेक गणतन्त्र
विवरण
  • होल्स  ६८'
  • सिक  ८०'
पुस्कास अरिना, बुडापेस्ट
दर्शक उपस्थिति: ५२,८३४[८२]
रेफ्री: Sergei Karasev (Russia)

बेल्जियम  १-०  पोर्तगाल
विवरण
ला कार्तुजा, सेभिले
दर्शक उपस्थिति: ११,५०४[८३]
रेफ्री: Felix Brych (Germany)

क्रोएसिया  ३-५ (अ.स.)  स्पेन
  • पेद्री  २०' (आ. गो.)
  • ओरसिच  ८५'
  • पिसालिच  ९०+२'
विवरण
  • सराबिया  ३८'
  • आपिलिक्वेता  ५७'
  • एफ तोरेस  ७७'
  • मोराता  १००'
  • ओयारसाबाल  १०३'
पार्केन रङ्गशाला, कोपनहेगन
दर्शक उपस्थिति: २२,७७१[८४]
रेफ्री: Cüneyt Çakır (Turkey)

फ्रान्स  ३-३ (अ.स.)  स्विट्जरल्यान्ड
विवरण
  • सेफेरोभिच  १५'८१'
  • गाभ्रानोभिच  ९०'
पेनाल्टी-सुटआउट
४–५
  • गाभ्रानोभिच
  • सेयार
  • एकान्जी
  • वारगास
  • मेहमेदी
अरिना नेस्योनल, बुखारेस्ट
दर्शक उपस्थिति: 22,642[८५]
रेफ्री: Fernando Rapallini (Argentina)

इङ्ल्यान्ड  ०-२  जर्मनी
विवरण
वेम्बली रङ्गशाला, लन्डन
दर्शक उपस्थिति: ४१,९७३[८६]
रेफ्री: Danny Makkelie (Netherlands)

स्विडेन  १–२ (अ.स.)  युक्रेन
  • फोर्सबारी  ४३'
विवरण
  • जिनचेन्को  २७'
  • दोभबिक  १२०+१'
हाम्पडेन पार्क, ग्लासगो
दर्शक उपस्थिति: ९,२२१[८७]
रेफ्री: Daniele Orsato (Italy)

क्वार्टर-फाइनल

स्विट्जरल्यान्ड  १-१ (अ.स.)  स्पेन
  • सचिरी  ६८'
विवरण
  • जाकरिया  ८' (आ. गो.)
पेनाल्टी-सुटआउट
  • गाभ्रानोभिच
  • सेयार
  • एकान्जी
  • वारगास
१-३
  • बुसकेत्स
  • ओल्मो
  • रोद्री
  • जेरार्द
  • ओयारसाबाल
क्रेस्तोभस्की रङ्गशाला, सेन्ट पिटर्सबर्ग
दर्शक उपस्थिति: २४,७६४[८८]
रेफ्री: माइकल ओलिभर (इङ्ल्यान्ड)

बेल्जियम  १-२  इटाली
विवरण
आलियान्ज अरिना, म्युनिख
दर्शक उपस्थिति: १२,९८४[८९]
रेफ्री: Slavko Vinčić (Slovenia)

चेक गणतन्त्र  १-२  डेनमार्क
  • सिक  ४९'
विवरण
  • डिलेनी  ५'
  • दोलबर्ग  ४२'
ओलम्पिक रङ्गशाला, बाकु
दर्शक उपस्थिति: १६,३०६[९०]
रेफ्री: Björn Kuipers (Netherlands)

युक्रेन  ०-४  इङ्ल्यान्ड
विवरण
स्तादियो ओलिम्पिको, रोम
दर्शक उपस्थिति: ११,८८०[९१]
रेफ्री: Felix Brych (Germany)

सेमी-फाइनल

इटाली  १-१ (अ.स.)  स्पेन
  • किएजा  ६०'
विवरण
  • मोराता  ८०'
पेनाल्टी-सुटआउट
  • लोकातेल्ली
  • बेलोती
  • बोनुची
  • बेर्नारदेस्की
  • जोर्जिङ्गो
४-२
  • ओल्मो
  • जेरार्द
  • थियागो
  • मोराता
वेम्बली रङ्गशाला, लन्डन
दर्शक उपस्थिति: ५७,८११[९२]
रेफ्री: Felix Brych (Germany)

इङ्ल्यान्ड  २-१  डेनमार्क
  • ख्या  ३९' (आ. गो.)
  • केन  १०४'
विवरण
  • दाम्सगो  ३०'
वेम्बली रङ्गशाला, लन्डन
दर्शक उपस्थिति: ६४,९५०[९३]
रेफ्री: Danny Makkelie (Netherlands)

फाइनल

इटाली  १-१ (अ.स.)  इङ्ल्यान्ड
  • बोनुची  ६७'
विवरण
  • सा  २'
पेनाल्टी-सुटआउट
  • बेरार्दी
  • बेलोती
  • बोनुची
  • बेर्नारदेस्की
  • जोर्जिङ्गो
३-२
वेम्बली रङ्गशाला, लन्डन
दर्शक उपस्थिति: ६७,१७३[९४]
रेफ्री: बियान कोपर्स (नेदरल्यान्ड)

तथ्याङ्क

गोल गर्ने खेलाडीहरू

युइएफए युरो २०२० तथ्याङ्क

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड