संयुक्त राष्ट्रसङ्घका महासचिव

महासचिव संयुक्त राष्ट्रसंघको सबैभन्दा प्रमुख अधिकारी हुन्छ । यसको नियुक्ति सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ वर्षको लागि गरिन्छ । महासचिव पुन: अथवा दोश्रो पटक पनि निर्वाचित हुन सक्दछ । संयुक्त राष्ट्रसंघ अधिकारपत्रको अनुसार, महासचिवले आफ्नै रोहवारमा आफ्नो सहयोगी दक्ष, योग्य र सत्यपरायण कर्मचारीको अन्तर्राष्ट्रिय समूह बनाउँछ । संयुक्त राष्ट्रसंघको वर्तमान महासचिव एन्टोनियो गुटेरेस हुन् । उनी पोर्चुगलका हुन्, उनले आफ्नो पदको जिम्मेवारी १ जनवरी २०१७ देखि सम्हाल्दै आएका छन् । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ ।

संयुक्त राष्ट्रसंघको महासचिव
संयुक्त राष्ट्रसंघको प्रतिक
बहालवाला
पोर्तगाल एन्टोनियो गुट्रेस
१ जनवरी २०१७ देखि
निवाससटन प्लेस, म्यानह्याटन, न्यू योर्क,संयुक्त राज्य अमेरिका
मनोनयनकर्तासंयुक्त राष्ट्र सुरक्षा परिषद
नियुक्तिकर्तासंयुक्त राष्ट्र महासभा
अवधिपाँच वर्ष
प्रथम पदाधिकारी
  • संयुक्त अधिराज्य ग्ल्याडवाइन जेव (तत्कालिन महासचिब)
    २४ अक्टोबर १९४५ देखि १ फेब्रुअरी १९४६ सम्म
  • नर्वे ट्रेग्भी लाई
    २ फेब्रुअरी १९४६ देखि १० नोभेम्बर १९५२ सम्म
गठनसंयुक्त राष्ट्र सङ्घ बडापत्र, २६ जुन १९४५
वेबसाइटआधिकारिक वेबसाइट

कुन क्षेत्रबाट कति महासचिब

संयुक्त राष्ट्र क्षेत्रीय सङ्गठनमहासचिबनियम
दक्षिणी युरोप र अन्य
पूर्वी युरोपियन समुह
ल्याटिन अमेरिका र क्यारिबियन समुह
एसिया-प्रशान्त समुह
अफ्रिकन समुह
कुन क्षेत्रबाट महासचिबहरु भएका छन्

संयुक्त राष्ट्र संघका महासचिब

क्रम संख्याचित्रमहासचिबपदमा बहाल मितिदेशसंयुक्त राष्ट्रिय क्षेत्रीय सङ्घपद त्याग गर्नुका कारणसन्दर्भ
ग्ल्याडवाइन जेव२४ अक्टोबर १९४५ देखि
१ फेब्रुअरी १९४६
 संयुक्त अधिराज्यदक्षिणी युरोप र अन्यनयाँ महासचिबको निर्वाचन सम्म पदमा बहाल[१]
दोश्रो विश्व युद्ध पश्चात अगस्त १९४५ मा उनलाई नयाँ संयुक्त राष्ट्र को गठन गर्नका लागि तैयारी समितिको कार्यवाहक सचिव नियुक्त गरियो । अक्टोबर १९४५ देखि फेब्रुअरी १९४६ सम्म वहाँले संयुक्त राष्ट्र संघको कार्यवाहक महासचिवको रूपमा कार्य सम्भाल्नु भएको थियो ।
ट्रेग्भी लाई२ फेब्रुअरी १९४६ देखि
१० नोभेम्बर १९५२
 नर्वेदक्षिणी युरोप र अन्यराजिनामा[२]
ट्रेग्भी लाई विदेश मंत्री र भुतपूर्व श्रमिक नेता थिए, वहाँले सोभियत संघको रिक्त पदलाई भर्ने सिफारिस गर्नुभएको थियो । कोरियाई युद्ध मा संयुक्त राष्ट्र को भागिदारी पश्चात, सन् १९५१ मा सोभियत संघले ट्रेग्भी लाईको पुनर्नियुक्तिमा भिटोको प्रयोग गर्यो । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रको महासभामा ट्रिग्वे लीको पुनर्नियुक्तिको पक्षमा भोट हाल्यो त्यसको काराण ट्रेग्भी लाई ५ का बिरुद्ध ४५ मतले विजयी भए र महासचिवको पदमा पुनर्नियुक्त भए । सोभियत संघको लगातार अनबनका कारण वहाँले सन् १९५२ मा आफ्नो पदबाट राजिनामा दिए ।[३]
rowspan="2"ड्याग ह्यामरसोल्ड१० अप्रिल १९५३ देखि
१८ सेप्टेम्बर १९६१
 स्विडेनदक्षिणी युरोप र अन्यहवाईजहाज दुर्घटनामा मृत्यु उत्तरी रोडेसिया (अहिले जाम्बिया), कंगो शान्ति अभियानमा जाने क्रममा[४]
उम्मेदवारहरूको एउटा लामो शृङ्खला पछि जब कुनै पनि प्रतिनिधिको टुंगो लाग्न सकेन त्यस समयमा संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रूपमा महासचिब नियुक्त गरिएको थियो , तर पछि उनी सन् १९५७ मा निर्विरोध महासचिबमा नियुक्त भए । सोभियत सङ्घ वहाँकै नेतृत्वमा कंगो समस्या निराकरण गर्ने समयमा रिसाएको थियो र वहाँलाई सुझाव दिएको थियो कि यस समस्यालाई सुल्झाउन त्रिकोणीय उम्मेदवारको गठन गरिनुपर्छ । यसको बिरोध पश्चिमी देशले गर्दा सोभियत संघले यस सुझावलाई मन्जुरी दिएको थियो । ड्याग ह्यामरसोल्डको मृत्यु हवाई दुर्घटनामा भएको थियो जति बेला वहाँ कंगो मा शान्ति अभियानमा लागि अरेका थिए ।[३] संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोन एफ क्यानेडी ले ड्याग ह्यामरसोल्ड "शताब्दि पुरुष" भनेका थिए ।[५]
यु थाँट३० नोभेम्बर १९६१ देखि
३१ डिसेम्बर १९७१
 बर्माएसियालीतेश्रो चुनावमा उम्मेदवार नहुने घोषणा[६]
ड्याग ह्यामरसोल्डको स्थानमा नयाँ महासचिवको नियुक्तिको लागि सबैभान्दा बढी जोर गैर यूरोपीयन र गैर अमेरिकनलाई हटाएर विकासशिल देशहरूको प्रतिनिधि माथि थियो । त्यसको फलस्वरूप यु थाँट महासचिब पदमा निर्वाचित भए । यु थाँट मात्रै ड्याग ह्यामरसोल्ड को स्थानमा नयाँ महासचिब मात्रै नभएर वहाँ महासचिब पदमा नियुक्त हुने पहिलो एसियाली महासचिब पनि हुन् भएको थियो । पाँच वर्ष उनको कार्यकाल सकिए पश्चात उनलाई पुन: सर्वसम्मतिमा महासचिब बनाइयो । यसै प्रकार वहाँ सन् १९६६ मा पुन: दोश्रो कार्यकालको लागि निर्वाचित भए ।[३]
कर्ट वॉल्डहाइम१ जनवरी १९७२ देखि
३१ डिसेम्बर १९८१
 अस्ट्रियादक्षिणी युरोप र अन्यचीनले तेश्रो पटक निर्वाचनमा भाग लिंदा भिटोको प्रयोग गर्यो[७]
कर्ट वॉल्डहाइम महासचिव बन्नका लागि एउटा प्रभावाशाली तर विचारशाली अभियानको सुरुवात गर्नु भयो । तेश्रो चरणमा चाइना तथा संयुक्त अधिराज्यको प्रारम्भिक भिटो प्रयोग गरेपनि वहाँ महासचिब बनेका थिए । सन् १९७६ मा चाइनाले वहाँको प्रतिनियुक्तिको विरोध गरेको थियो,तर दोश्रो चरणको मत पत्रको कारण चाइना शान्त भएको थियो । सन् १९८० मा वहाँको तेश्रो कार्यकालको चुनावमा चाइनाले पुन: भिटोको प्रयोग गर्यो र त्यसको फलस्वरूप: वहाँ निर्वाचित हुन सक्नुभएन ।[३]
ज्याभियर पेरिज डी कुईलर१ जनवरी १९८२ देखि
३१ डिसेम्बर १९९१
 पेरुल्याटिन अमेरिका र क्यारिबियनतेश्रो कार्याकालको लागि अस्विकार[८]
पाँच हफ्ताको लगातार चुनावी गतिरोध पछि तान्जानियाको सलीम अहमद सलीम को बिरुद्ध जेवियर पेरिज डी कुईलर निर्वाचित भएका थिए । जेवियर पेरिज डी कुईलर यस पदमा निर्वाचित हुने पहिलो अमेरिकन महादेशको निवासी थिए । वहाँ सन् १९८६ मा पुन: चुनिएका थिए ।[३]
बुत्रोस बुत्रोस-घाली१ जनवरी १९९२ देखि
३१ डिसेम्बर १९९६
 मिश्रअफ्रिकनसंयुक्त राज्य अमेरिकाले वहाँको दोश्रो कार्यकालमा भिटोको प्रयोग गरेको थियो[९]
"गुटनिरपेक्ष आन्दोलन" मा १०२ राष्ट्रको सदस्यले अघिल्लो महासचिब अफ्रिकाबाट हुनुपर्छ भने मत जाहेर गरे । महासभामामा बहुमतका कारण तथा चाइनाको समर्थनको फलस्वरूप गुटनिरपेक्ष आन्दोलनसँग आबद्ध रहेका सदस्य राष्ट्रले अने कुनै पनि बिपक्षी उम्मेदवारलाई उठ्न नदिन पर्याप्त भोट थियो । सुरक्षा परिषदद्वारा गरिएको जनमत संग्रहमा पाँच वटा नाम नखोलिएको भोट संगै बुत्रोस बुत्रोस-घाली ११ मतले बिजयी भए । सन् १९९६ मा संयुक्त राज्य अमेरिकाले बुत्रोस बुत्रोस-घालीको पुनर्नियुक्तिको बिरुद्ध भिटोको प्रयोग गर्यो र भन्यो कि वहाँले संयुक्त राष्ट्रका लागि आवश्यक सुधार लागु गर्न विफल रहे ।[३]
कोफी अन्नान१ जनवरी १९९७ देखि
३१ डिसेम्बर २००६
 घानाअफ्रिकनदुई कार्यकाल पश्चात राजिनामा[१०]
सन् १९९६ डिसेम्बर १३ का दिन संयुक्त राष्ट्र सुरक्षा परिषदले कोफी अन्नानको नाम सिफारिश गर्यो जसले गर्दा वहाँलाई पुर्व महासचिव डा बुत्रोस बुत्रोस-घालीलप स्थान लिन सकोस । बुत्रोस बुत्रोस-घालीलाई दोश्रो कार्यकालमा संयुक्त राज्य अमेरिकाको भिटोको सामना गर्नु परेको थियो । चार दिन पश्चात महासभाको चुनावमा वहाँले आफ्नो पहिलो कार्यकाल १ जनवरी १९९७ देखि सुभारम्भ गर्नुभयो ।[[११][१२][१३]
वान कि मुन१ जनवरी २००७ देखि
३१ डिसेम्बर २०१६
 दक्षिण कोरियाएसिया-प्रशान्तदुई कार्यकाल[१४]
वान कि मुन संयुक्त राष्ट्रको आठौँ महासचिव हुन् । सन् २००६ अक्टोबर १३ मा वहाँ संयुक्त राष्ट्र महासभाद्वारा आठौँ महासचिव चुनिएका थिए । वहाँको कार्यकालको एक अवधि सकिए पश्चात वहाँ पुन: सन् २०११ मा आगामी अवधिका लागि चुनिए । महासचिब बन्नु भन्दा पुर्व वहाँ दक्षिण कोरियाका विदेश मामिलाका मंत्रालयमा एउटा राजनयिक हुनुहुन्थे । वहाँ जनवरी २००४ देखि नोभेम्बर २००६ सम्म कोरिया गणराज्यका विदेश मंत्री थिए ।[१५]
एन्टोनियो गुटेरेस
(born 1949)
१ जनवरी २०१७ –
हालसम्म
 पोर्चुगलपश्चिम युरोप तथा अन्यपदासिन
गुट्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रूपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रूपमा कार्यरत रहेका थिए ।

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड