चगास रोग

चगास रोग, वा अमेरिकन ट्राइपानोसोमिआसिस(American trypanosomiasis), भनेको ट्रोपिकल परजीवी रोग हो जुन प्रोटोजोआn ट्राइपानोसामा क्रुजी (Trypanosoma cruzi)को कारणले हुन्छ।[१] यो प्राय: किसिङ बग्सनामले परिचित कीराहरूको माध्यबाट फैलिन्छ।[१] संक्रमणको क्रमसँगै लक्ष्णहरू फैलिन्छन्। प्रारम्भिक चरणमा, लक्षणहरू औसतन देखिदैनन् वा मध्यम हुन्छन् र निम्न शामिल हुन सक्छन्: ज्वरो, सुन्निएको लसीका ग्रन्थी (lymph nodes), टाउको दुख्ने, वा टोकेको ठाँउमा सुनिनु।[१] ८–१२ हप्तापछि, व्यक्तिहरू रोगको दीर्घकालीन स्थितिमा पुग्छन् र ६०–७०% मा यसले थप लक्षणहरू देखाँउदैन।[२][३] अन्य 30 देखि 40% मानिसहरूमा प्रारम्भिक संक्रमण भएको १० देखि ३० वर्षपछि थप लक्षणहरू विकास हुन्छन्।[३] यसमा हृदयको भेन्ट्रिकलहरू २०% देखि ३०% सम्म ठूलो हुन्छ र हृदयको गति रूक्छ।[१] १०% मानिसहरूमा भोजन नली ठूलो हुनसक्छ वा मलाशय ठूलो हुनसक्छ।[१]

चगास रोग
विभाग:Infectious diseases, parasitology Edit this on Wikidata

टि. क्रुजी सामान्यतया रगत-चुस्ने "किसिङ बग्स", ट्रिआटोमिनाइ (Triatominae)को उपपरिवारद्वारा मानव र अन्य स्तनधारी जनावरहरूमा फैलिन्छ।[४] यी कीराहरूलाई धेरै सङ्ख्याका स्थानीय नामहरूले चिनिन्छ साथै: अर्जेन्टिना, बोलिभिया, चिली र पाराग्वेमा भिन्चुका, ब्राजिलमा बार्बेइरो ( बार्बर), कोलम्बियामा पिटो , सेन्ट्रल अमेरिकामा चिन्चे , र भेनेजुएलामा चिपो । यो रोग रगत दिँदा, अंग प्रत्यारोपण गर्दा, परजीवी भएका खाना खाँदा, and आमाबाट गर्भको बच्चामाफैलिन सक्छ।[१] माइक्रोस्कोप प्रयोग गरी रगतमा भएका पारासाइट फेला पारेर प्रारम्भिक रोगको निदान गरिन्छ।[३] दीर्घकालीन रोगलाई रगतमा रोग-प्रतिकारक टि. क्रुजी फेला पारेर निदान गरिन्छ।[३]

निवारणमा प्राय: किसिङ बग्सलाई मार्ने र उनीहरूको टोकाइबाट बच्नु शामिल छन्।[१] अन्य निवारक प्रयासहरूमा ट्रान्सफ्युजनको लागि प्रयोग गरिने रगतको जाँच शामिल छ।[१] 2013 सम्ममा खोपको विकास भएको छैन।[१] प्रारम्भिक संक्रमणलाई बेन्सनिडाजोल (benznidazole) वा निफर्टिमक्स (nifurtimox)औषधिद्वारा उपचार गर्न सकिन्छ।[१] यदि पहिले नै दिएमा तिनीहरू निको हुन सक्छन् तर धेरै समयदेखि चगास रोग लागेको व्यक्तिमा कम प्रभावकारी हुन्छ।[१] दीर्घकालीन रोगमा प्रयोग गरेमा तिनीहरूले समाप्ति चरणको लक्षणहरूको विकासलाई ढिलो वा रोकथाम गर्न सक्छन्।[१] बेन्सनिडाजोल र निफर्टिमक्सले ४०% मानिसहरूमा[१] अस्थायी दुष्प्रभाव साथै छाला विकारहरू, दिमागमा विषाक्तता र पाचन प्रणालीमा पोलेको अनुभव हुनसक्छ।[२][५][६]

अहिले धेरै मेक्सिको, मध्य अमेरिका र दक्षिण अमेरिका मा ७ देखि ८ लाख मानिसहरूलाई चगास रोग लागेको भनी अनुमान गरिएको छ।[१] २००६ देखि प्रति वर्ष १२,५०० मृत्यु हुन्छ।[२] यो रोग लागेका धेरै मानिसहरू गरिब छन्[२] र रोग लागेका धेरै मानिसहरू आफूलाई रोग लागेको अनुभव गर्दैन।[७] ठूलो-परिमाणमा जनसङ्ख्या स्थानान्तरण हुनाले चगास रोगका मामिलाहरू फेला पर्ने क्षेत्रहरू वृद्धि भएका छन् यसमा हाल युरोपेली राष्ट्रहरू र संयुक्त राज्य अमेरिका समावेश छन्।[१] यी क्षेत्रहरूमा २०१४ देखि वृदधि भएको देखिन्छ।[८] यो रोगलाई १९०९ मा कार्लोस चगास (Carlos Chagas) द्वारा वर्णन गरिएको थियो र यो रोगलाई उहाँको नाम दिइएको थियो।[१] यसले १५० अन्य जनावरहरूभन्दा धेरैलाई प्रभाव पार्दछ।[२]

सन्दर्भहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड