जनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूची

यो जनसङ्ख्या अनुसार देश तथा शासित क्षेत्रहरूको सूची हो। यसमा सार्वभौम राज्य, बसोबास भएका शासित क्षेत्र र, केही अवस्थामा, सार्वभौम राष्ट्रहरूको शासित क्षेत्रहरूलाई देशहरूको समावेश छन्। यस सूचीमा संयुक्त अधिराज्यलाई एकल देशको रूपमा लिइएको छ भने नेदरल्यान्डद्वारा आश्रित देशहरूलाई छुट्टै मानिएको छ। यसबाहेक, यो सूचीमा आइएसओ ३१६६-१ मा फेला नपरेको सीमित पहिचान भएका निश्चित राज्यहरू समावेश छन्। साथै यस सूचीमा विश्वको जनसङ्ख्याको तुलनामा प्रत्येक देशको जनसङ्ख्या प्रतिशतले दिइएको छ। सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार हाल विश्वको कुल जनसङ्ख्या ८.०८ अरब रहेको छ।[१]

सन् २०१८ मा विश्वको जनसङ्ख्याको मानचित्र; प्रत्येक वर्गले ५,००,००० मानिसहरूको प्रतिनिधित्व गर्दछ

विधि

यस तालिकामा प्रयोग गरिएका तथ्याङ्कहरू उपलब्ध भएको ठाउँमा राष्ट्रिय जनगणना प्राधिकरणले गरेको सबैभन्दा अद्यावधिक अनुमान वा प्रक्षेपणमा आधारित छ भने अद्यावधिक गरिएको राष्ट्रिय तथ्याङ्क उपलब्ध नभएमा, संयुक्त राष्ट्रको आर्थिक तथा सामाजिक मामिला विभागको जनसङ्ख्या विभागद्वारा यस सूचीमा सन् २०२१ को अनुमानित तथ्याङ्क प्रस्तुत गरिएको छ।[२]

सङ्कलित तथ्याङ्कहरू हरेक देशमा एकै पटक वा एकै तहको यथार्थताको हिसाबले सङ्कलन नगरिएकाले गर्दा सङ्ख्यात्मक तुलनाले भ्रामक निष्कर्ष निकाल्न सक्छ। यसबाहेक, सबै देशका मानिसहरूको सङ्ख्या जोडनु विश्वको कुल सङ्ख्या बराबर नहुन सक्छ।[३]

संयुक्त अधिराज्यका देशहरू जस्ता सार्वभौम राष्ट्रहरूको अभिन्न भागको रूपमा क्षेत्रहरूलाई सम्बन्धित सार्वभौम राष्ट्रहरूको भागको रूपमा गनिन्छ। युरोपेली सङ्घ जस्ता अन्य संस्थाहरू समावेश गरिएको छैन। सार्वभौम राज्यहरूको रूपमा स्वीकृत प्राप्त नगरेका र स्थायी जनसङ्ख्या नभएका स्वतन्त्र क्षेत्रहरूलाई समेत यस सूचीमा समावेश गरिएको छैन भने विभिन्न देशहरूले कुमेरू महादेशका ठाउँहरूलाई दावी गरेका छन् भने उक्त क्षेत्रमा बस्ने मानिसहरूको सङ्ख्या यस सूचीमा समावेश छैन।

जनसङ्ख्या अनुसार सार्वभौम राज्य र आश्रित क्षेत्रहरू

पुनश्च: संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रहरू र दुई पर्यवेक्षक राष्ट्रहरूलाई संयुक्त राष्ट्रसङ्घको साधारण सभामा सङ्ख्या दर्जा दिइएको छ। सार्वभौम राज्यहरूको भाग भएका आश्रित क्षेत्रहरू र आश्रित देशहरूलाई छड्केमा देखाइएको छ भने सङ्ख्याको दर्जा दिइएको छैन। यसबाहेक, सीमित मान्यता भएका सार्वभौम राष्ट्रहरूलाई सङ्ख्याको दर्जा दिइएको छैन।

टिप्पणी

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड